राप्रपा (प्रजातान्त्रिक) को बैठक काठमाडौँमा

राप्रपा (प्रजातान्त्रिक) को बैठक काठमाडौँमा

काठमाडौँ, १४ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्य समितिको बैठक यही वैशाख २५ देखि २७ गतेसम्म काठमाडौँमा बस्ने भएको छ । पार्टीको विधानअनुसार अध्यक्षले बैठक बोलाउने व्यवस्था भएकाले अध्यक्ष पशुपतिशम्शेर जबराले सो बैठक बोलाउनुभएको हो । पार्टीका पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश प्रमुख, जनवर्गीय संगठनका अध्यक्षलगायत करीब ३०० को सहभागिता हुने उक्त बैठकले राप्रपा प...
भोजपुरमा पनि एकसय रुपैयाँमा पढ्न पाईने स्कूल

भोजपुरमा पनि एकसय रुपैयाँमा पढ्न पाईने स्कूल

भोजपुर, १४ वैशाख।  कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले भोजपुरको सदरमुकाम नजिक पोखरेमा समता स्कूल सञ्चालनमा ल्याइने भएको छ । समता फाउण्डेसनमार्फत देशका ७५ जिल्लामा स्कूल स्थापना गर्ने उद्देश्यअनुरुप भोजपुरमा एक हप्ताभित्र पढाइ शुरु हुनेगरी समता स्कूल सञ्चालनमा ल्याइन लागेको समता फाउण्डेशनका संस्थापक उत्तम सञ्जेलले बताए । विद्यालयले नर्सरी, यूकेजी, एलकेजी र कक्षा १ सम्म भर्ना लिन...
इलामका एकसय २० जनामा मुटुको समस्या

इलामका एकसय २० जनामा मुटुको समस्या

मंगलबारे, इलाम १४ वैशाख । पछिल्लो समय इलाममा मुटु रोगीको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला अस्पताल इलाममा भर्खरै सम्पन्न मुटुरोग परीक्षण शिविरमा १२० जना मुटुसम्बन्धी बिरामी पाइएको हो । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको आयोजना तथा इलाम उद्योग वाणिज्य संघको स्थानीय व्यवस्थापनमा सञ्चालित शिविरमा मुटु परीक्षण गराएका एक हजार २७ मध्ये १२० मुटु रोगी भेटिएको अस्पतालले जनाएको छ । शिविरमा सेवाग्रा...
चरीकी ‘गर्लफ्रेन्ड’ खुश्वुको ओली र प्रचण्डसँग कनेक्सन

चरीकी ‘गर्लफ्रेन्ड’ खुश्वुको ओली र प्रचण्डसँग कनेक्सन

काठमाडौं, १४ वैशाख । डन दिनेश अधिकारी चरीसँगको प्रेम सम्बन्धका कारण चर्चामा रहने गरेकी २००६ मिस टिन खुश्वु ओली आजभोली काठमाडौंमा छिन् । बेलामौका बेलायत जान्छिन् । र, बालबालिकाका लागि सेल्टर भन्ने एनजिओ चलाउँछिन् । ०७१, २ साउनमा चरी इन्काउन्टरपछि बेलायत पुगेकी खुश्वु त्यति बेला ठूलो चर्चामा आइन् जतिबेला उनले चरीको गैरन्यायीक हत्या भएको शंखघोष गरिन् । ‘सेल्टर’ नामको एनजीओ चलाएकी खुश्वुले चरी हत्य...
डोल्पाका यार्सागुम्बा पाटन जेठ १ देखि खुला हुने

डोल्पाका यार्सागुम्बा पाटन जेठ १ देखि खुला हुने

त्रिपुराकोट, डोल्पा, १४ वैशाख । हिमाली जिल्ला डोल्पाका यार्सागुम्बा पाटन जेठ १ गतेदेखि प्रवेशका लागि खुला गरिने भएको छ । आउँदो जेठ १ गतेदेखि यार्सागुम्बा संकलनका लागि तोकिएको शुल्क उठाई प्रवेश इजाजत पत्र धमाधम वितरण शुरु गर्दै निकुञ्ज क्षेत्रमा पर्ने यार्सागुम्बा पाटन प्रवेशका लागि खुला गरिने शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ । अघिल्लो वर्षमा जेठ पहिलो र दोस्रो साताबीचको अवधिमा प्...
कक्षा १२ को परीक्षा आजदेखि सुरु

कक्षा १२ को परीक्षा आजदेखि सुरु

काठमाडौं, १४ वैशाख । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षाअन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा शुक्रबारबाट कक्षा १२ को परीक्षा सुरु हुँदै छ । परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले बताए । परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी हुँदै छन् । तीमध्ये २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार ९ सय ७५ छात्रा रहेको बोर्डले जनाएको छ । ‘प्रश्नपत्र परीक्षा...
अमेरिकामा नेपालीले पाएको टीपीएस सुविधा खारेज

अमेरिकामा नेपालीले पाएको टीपीएस सुविधा खारेज

काठमाडौं, १४ वैशाख  । अमेरिकाले नेपालीलाई दिएको  टेम्पोररी प्रोटेक्टेड स्टाटस् (टीपीएस) सुविधा खारेज भएको छ । यो निर्णयसँगै अमेरिकामा बस्दै आएका करिब ९ हजार नेपाली अब स्वदेश फर्काइने भएका छन् । अमेरिकाको डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटीका सचिव क्रिश्जेन एम नेलसनले एक विज्ञप्ति जारी गर्दै टीपीएस सुविधा खारेज भएको घोषणा गरेकी हुन् । उनले अमेरिकी कानून अनुसार, टीपीएस अन्त्य गर्न जरुरी रहेक...
शरणार्थी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

शरणार्थी समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

दमक, १४ वैशाख ।  पूर्वमा शरणागत जीवन बिताउदै आएका भुटानी शरणार्थीहरुको एक टोलीले नेपाल सरकारका अधिकारीहरुसंग भेट गरेर शरणार्थी समस्या समाधान गर्न आग्रह गरेका छन् । शरणार्थी व्यवस्थापनमा संलग्न शिविरका प्रतिनिधिमूलक एक टोलीले नेपाल सरकारका जिम्मेवार मन्त्रालय तथा विभिन्न राजनीतिक दलका प्रतिनिधहरुसंग भेटघाट गरेर शरणार्थी मामिलाका बारेमा ध्यानकर्षण गराएका हुन् । टोलीले दमकमा आज पत्रकार सम्मेलन गर...
२०७५ बैशाख १४ गते शुक्रबार/आजको राशिफल

२०७५ बैशाख १४ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल वैशाख १४ गते। शुक्रबार। इश्वी सन् २०१८ अप्रिल २७ तारिख। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– द्वादशी, ८:१२ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पहिलेको सफलताले हौसला जगाउनेछ भने पछिका लागि विशेष काममा जग बसाउने मौका छ। प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे फाइदा उठाउन सकिनेछ। परिश्रम परे पनि लक्ष्य प्राप्त...
धनकुटाका सीडीओ उप्रेतिसहित ६० सीडीओको सरुवा, खनाल आउँदै धनकुटा (पूर्ण बिवरणसहित)

धनकुटाका सीडीओ उप्रेतिसहित ६० सीडीओको सरुवा, खनाल आउँदै धनकुटा (पूर्ण बिवरणसहित)

धनकुटा, १३ बैशाख । गृह मन्त्रालयले धनकुटाका प्रमुख जिल्ला अधिकारी प्रेम प्रकाश उप्रेतिसहित ६० जना प्रजिअको सरुवा गरेको छ । २७ महिना अघि सीडीओ भएर धनकुटा आएका उप्रेति सरुवा भएर जिल्ला प्रशासन कार्यालय सुनसरी जाँने भएका हुन् । यता मनोहर खनाल धनकुटामा सीडीओ भएर आउँदैछन् । मध्यमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय हेटौडामा सह–क्षेत्रीय प्रशासक भएर बसेका खनाल धनकुटाको सीडीओ भएर आउँन लागेका हुन...
रेलले विद्यालय बसलाई ठक्कर दिँदा भारतमा सत्र बालबालिकाको मृत्यु

रेलले विद्यालय बसलाई ठक्कर दिँदा भारतमा सत्र बालबालिकाको मृत्यु

नयाँदिल्ली, १३ वैशाख।  भारतमा एउटा रेलले विद्यार्थी बोकेको एउटा बसलाई ठक्कर दिँदा कम्तीमा ११ बालबालिकाको मृत्यु भएको छ भने अरु सात जना घाइते भएका छन् । रेलको बाटो पार गर्न लागेको बसलाई रेलले ठक्कर दिएर बिहीबार सो दुर्घटना भएको प्रहरी अधिकारीहरुले जनाएका छन् । उत्तर प्रदेशको राजधानी लखनउबाट ३२३ किलोमिटर टाढा पर्ने कुशीनगर जिल्लाको बेहपुर्व भन्ने ठाँउमा दुर्घटना भएको हो । “आज विहान तिव्र गतिमा ...
निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा

निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा

काँकडभिट्टा, १३ वैशाख । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार चन्द्रगढी कारागारबाट मुक्त गरिएको हो । घटना विवरणअनुसार २०६४ जेठ २२ गते झापा जिल्लाको साविक टाघनडुब्बा वडा नं २ का गुलाम रसुल मियाँ मौलबीको घ...
कृषि विश्वविद्यालयका वैज्ञानिकले गरे नयाँ अनुसन्धान, बेमौसममा लैना भैँसी

कृषि विश्वविद्यालयका वैज्ञानिकले गरे नयाँ अनुसन्धान, बेमौसममा लैना भैँसी

चितवन, १३ वैशाख । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरका वैज्ञानिकले बेमौसममा पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धानमा सफलता प्राप्त गरेका छन् । उनीहरुले चैत, वैशाख, जेठ र असार महिनामा अक्सर कमै भैँसी ब्याउने भएकाले ती समय पनि लैना भैँसी तयार गर्ने प्रविधिको अनुसन्धान सफल बनाएका हुन् । चैतदेखि असार मध्यसम्म भैँसीमा गर्भधारणको हिसाबले बेमौसम मानिन्छ । विश्वविद्यालयको पशु प्रजनन प्रविध...
भोटखोलावासीलाई बैंकिङ कारोबार गर्न पाँच दिन पैदल

भोटखोलावासीलाई बैंकिङ कारोबार गर्न पाँच दिन पैदल

संखुवासभा, १३ वैशाख । भोटखोला गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे बैंकिङ कारोबार गर्न पाँच दिन हिँडेर सदरमुकाम खाँदबारी झर्नुभयो । गाउँपालिकाले छनोट गरेको योजनाको सम्झौता र बैंक खाता खोल्न उपभोक्ता समितिसहित तेम्बा खाँदबारी आउनुभएको हो । नजिकमा बैंक नहुँदा भोटखोलावासी पाँच दिन पैदल हिँडेर सदरमुकाम झर्छन् । बैंक अभाबकारण यहाँका अधिकांश गाउँ र नगरपालिकामा आर्थिक कारोबार गर्न मुस्किल भएको र आर्थिक का...
नोबेल अस्पतालबाट बार्षिक २१ करोड वरावरको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

नोबेल अस्पतालबाट बार्षिक २१ करोड वरावरको निःशुल्क उपचार (भिडियो रिपोर्टसहित)

बिराटनगर, १३ बैशाख । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक बर्षको अवधिमा करिव २१ करोड वरावरको निःशुल्क उपचार गरेको छ । ०७४ बैशाखदेखि चैत महिनासम्मको अवधिमा ५५ हजार ९ सय ५९ विरामीलाई २० करोड ८४ लाख ७१ हजार ९ सय ९० मुल्य वरावरको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । बिपन्न नागरिक औषधि उपचार कोष र आमा सुरक्षा कार्यक्रमसहित अस्पतालको तर्फबाट उक्त मुल्य वरावरको उपचार ...
एमाले–माओवादीले १० हजार युवालाई मार्क्सवाद पढाउने

एमाले–माओवादीले १० हजार युवालाई मार्क्सवाद पढाउने

काठमाडौं, १३ वैशाख । कार्ल मार्क्सको द्विशतवार्षिकी समारोह समितिले १० हजार युवालाई माक्र्सवाद पढाउने निर्णय गरेको छ। एमाले–माओवादी केन्द्रलगायत चार कम्युनिष्ट पार्टी सम्मिलित समितिले युवामा मार्क्सवादप्रति अभिरुची घट्दै गएकाले माक्र्सवाद पढाउने निर्णय गरेको हाे । यस्तै, माक्र्स जन्म द्विशतवार्षिकीलाई नेपालका सबै कम्युनिष्ट पार्टीले भव्य रुपमा मनाउने तयारी गरेका छन्। माक्र्स जयन्तीको द्विशतवार्ष...
प्रदेशसभा सदस्यद्वारा प्रदेश सरकारको आलोचना

प्रदेशसभा सदस्यद्वारा प्रदेश सरकारको आलोचना

महेन्द्रनगर, धनुषा, १३ वैशाख । प्रदेश नं २ को बुधबार बसेको प्रदेशसभा बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरियो । मुख्यमन्त्रीका तर्फबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र कानूनमन्त्रीको तर्फबाट प्रदेशको सा...
संसद्मा गठन हुने समिति संख्याबारे कांग्रेसको असहमति

संसद्मा गठन हुने समिति संख्याबारे कांग्रेसको असहमति

काठमाडौं, १३ वैशाख । सत्तापक्षले संसदीय समितिको संख्या बढाएर आफ्ना नेताको व्यवस्थापन गर्न लागेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले चर्को विरोध जनाएको छ । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभामा १० वटा समिति बनाउन सत्तापक्षले प्रस्ताव गरेपछि कांग्रेसले असहमति जनाएको हो । एक महिनाभित्र नियमावली मस्यौदामा सहमति जुटाउन गठित समितिको कार्यकाल सकिसके पनि संसदीय समितिको संख्या कति बनाउने र सांसद निलम्बन...
दुईदिने पूर्वाञ्चलस्तरीय टेबलटेनिस सम्पन्न

दुईदिने पूर्वाञ्चलस्तरीय टेबलटेनिस सम्पन्न

गाईघाट, उदयपुर, १३  वैशाख । सोमबारदेखि उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित कभर्डहलमा सञ्चालन भएको दुईदिने क्षेत्रीय पूर्वाञ्चलस्तरीय टेबलटेनिस खेल बुधबार सम्पन्न भएको छ । आयोजक पूर्वाञ्चल खेलकुद् विकास समितिका अनुसार खेलमा डबल इभेन्ट र सिंगल इभेन्टतर्फ दुवै खेलमा सुनसरीका खेलाडीहरु प्रथम भएका छन् । यस्तै, द्वितीयमा डबल इभेन्टतर्फ मोरङ, सिंगल इभेन्टतर्फ पनि सुनसरी नै प्रथम भएको पूर्वाञ्चल खेलक...
सवारी दुर्घटनामा एकजनाको मृत्यु

सवारी दुर्घटनामा एकजनाको मृत्यु

इनरुवा, १३ वैशाख । सुनसरीको दुहबी नगरपालिका–८ मा बुधबार सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी धरान–१५ का २९ वर्षीय राजिव भुजेल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको को ११ प ७०१४ नम्बरको मोटरसाइकल र बा ३ ख ७८७० नम्बरको माइक्रोबस एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भुजेलको मृत्यु भएको हो । माइक्रोबसको ठक्करबाट गम्भीर घाइते ...
३३ किलो सुन प्रकरणः यसरी मुछियो प्रहरी, एसपी र डिआइजी अनुसन्धानको घेरामा

३३ किलो सुन प्रकरणः यसरी मुछियो प्रहरी, एसपी र डिआइजी अनुसन्धानको घेरामा

काठमाडौँ, १३ वैशाख ।  फ्लाई दुबईको जहाजबाट ७ माघमा आएको साढे ३३ किलो सुन विमानस्थलको भन्सार र सुरक्षा संयन्त्र छलेर बाहिर आइपुग्यो । तस्करीको सुन विमानस्थलबाट बाहिर ल्याउने जिम्मा थाई एयरका प्राविधिक सानु बनले लिएका थिए । सानुले जसलाई सुन हस्तान्तरण गरेका थिए त्यो मान्छे अचानक बेपत्ता भयो । ऊ बानेश्वर पुग्नुपर्ने थियो । तर, सुन र मान्छे बेपत्ता भएपछि योजनाकार आत्तिए । यसरी मुछियो प्रहरी गोरे र...
विराटनगर नाकामा पनि रेलबाट कन्टेनर आउन थाल्यो

विराटनगर नाकामा पनि रेलबाट कन्टेनर आउन थाल्यो

वीरगन्ज, १३ वैशाख । अहिलेसम्म वीरगन्ज नाका मात्र तेस्रो मुलुकसँगको व्यापारका लागि भारतीय रेल्वे सञ्जालमार्फत समुद्री बन्दरगाहबाट जोडिएकोमा बुधबारदेखि विराटनगर नाकामा पनि उक्त सुविधा सुरु भएको छ । नेपालका लागि विदेशबाट आयातित मालसामान बोकेका कन्टेनर लिएर बुधबार एक समारोह बीच कोलकाताबाट पहिलो र्याक (कन्टेनरबाहक रेल) विराटनगर नाकाका लागि हिँडेको छ । विराटनगर नजिकै सीमापारी रहेको बथानाहा रेल्वे स्...
बंगलादेश–भारत–नेपाल सीधा बससेवा सुरु

बंगलादेश–भारत–नेपाल सीधा बससेवा सुरु

झापा, १३ वैशाख । बंगलादेश–भारत–नेपालबीच सीधा बससेवाको परीक्षणका क्रममा बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस मंगलबार नेपाल प्रवेश गरेका छन् । ढाकाबाट हिँडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेका हुन् । नेपाल प्रवेशपछि बसमा सवार तीन देशका अधिकारीलाई काँकडभिट्टास्थित अध्यागमन कार्यालयमा स्वागत गरिएको छ । मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्याल, मेचीनगर न...
विराटनगरमा अध्यागमन कार्यालय स्थापना हुनुपर्ने

विराटनगरमा अध्यागमन कार्यालय स्थापना हुनुपर्ने

विराटनगर, १३ वैशाख ।  प्रदेश नं १ को बुधबार बसेको प्रदेशसभा बैठकमा सदस्यले अध्यागमन कार्यालय स्थापना, नदी कटान नियन्त्रण, पर्यटकीय क्षेत्रको घोषणा, आदिवासी जनजातिको मुख्य पर्वमा सार्वजनिक बिदा दिनुपर्ने सम्बन्धमा प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले मोरङको बक्राहा, लोहन्द्रा र चिसाङ खोलाले मानवबस्तीलगायत खेतीयोग्य जमिन कटान गर्ने भएकाले तटबन्ध निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ ...
२०७५ बैशाख १३ गते बिहीबार/आजको राशिफल

२०७५ बैशाख १३ गते बिहीबार/आजको राशिफल

वि.सं. २०७५ साल वैशाख १३ गते। बिहीबार। इश्वी सन् २०१८ अप्रिल २६ तारिख। नेपाल संवत् ११३८ बछलाथ्व। वैशाख शुक्लपक्ष। तिथि– एकादशी, ९:४५ बजेउप्रान्त द्वादशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) अप्ठ्यारा परिस्थितिसँग सम्झौता गरे पनि लक्ष्य प्राप्त गर्न सफल भइनेछ। अस्वस्थताले आफूलाई कमजोर भएको अनुभूति हुनेछ। काममा केही अलमल तथा ढिलासुस्ती हुन सक्छ। तापनि, लगनशीलताले परिस्थित...
पुनः निर्माणका लागि सबैको साझा मत आवश्यक: मन्त्री अधिकारी

पुनः निर्माणका लागि सबैको साझा मत आवश्यक: मन्त्री अधिकारी

काठमाडौँ, १२ वैशाख । संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले जातीय र पार्टीगत रुपमा नभई सबैलाई विपत आइपर्ने हुनाले पुनः निर्माणका लागि सबैले साझा मत लिएर अघि बढ्नुपर्ने बताउनुभएको छ । काठमाडौँ महानगरपालिकाले २०७२ सालको महाभूकम्पमा परी ज्यान गुमाउनेको सम्झनामा आज यहाँ आयोजना गरेको दीप प्रज्वलन कार्यक्रममा मन्त्री अधिकारीले विपत पछिको पुनः निर्माण सबैको दायित्व रहेको बताउनुभएक...
बौद्ध सम्मेलनको तयारीबारे मन्त्री पोखरेलद्वारा जानकारी

बौद्ध सम्मेलनको तयारीबारे मन्त्री पोखरेलद्वारा जानकारी

बुटवल, १२ वैशाख। रक्षामन्त्री ईश्वर पोखरेलले बुद्ध जन्मस्थल लुम्बिनी सिंगो नेपाली जनताको साझा गौरव गर्ने ठाउँ भएकाले लुम्बिनीमा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्ध जयन्तीलाई भव्यरुपले सफल पार्न तयारीमा लाग्न सबैसँग आग्रह गर्नुभएको छ । बुद्ध जन्मस्थल लुम्बिनीमा २५६२ औं बुद्ध जयन्ती तथा अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनका लागि नेपाली सेनाले करिब एक महिनाको अवधिमा निर्माण गरेको तीन हजारभ...
भूकम्पमा निधन भएकाको संझना गर्दै सिधुवामा दिप प्रज्वलन

भूकम्पमा निधन भएकाको संझना गर्दै सिधुवामा दिप प्रज्वलन

सिधुवा, १२ बैशाख । २०७२ सालमा गएको शक्तिसाली भूकम्पमा ज्यान गुमाएकाहरुको संझनामा आज साँझ धनकुटाको सिधुवा बजारमा दिप प्रज्वलन गरिएको छ । छजोर बैंक तथा बित्तिय सस्था कर्मचारी समुहको आयोजनामा दिप प्रज्वलन गरी मृतकहरुप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । छथर जोरपाटी गाउँपालिका–६ का वडाध्यक्ष दीलबहादुर थापासहित आयोजक सस्थाका प्रतिनिधि र स्थानीयबासी पनि दिप प्रज्वलनमा सहभागि थिए । तीन बर्ष अघि आजकै ...
माइभ्याली गोल्डकप: त्रिभुवन आर्मी सेमिफाइनलमा

माइभ्याली गोल्डकप: त्रिभुवन आर्मी सेमिफाइनलमा

मंगलबारे, इलाम, १२ वैशाख ।  विभागीय टोली त्रिभुवन आर्मी क्लब इलाममा जारी चौथो अन्तरर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । सिक्कम युनाइटेड भारतलाई ३–१ को गोल अन्तरले हराउँदै आर्मी सेमिफाइनलमा पुगेको हो । खेलको १५ औँ मिनेटमा आर्मीका दिनेश हेम्जनले पहिलो गोल गरे । त्यस्तै खेलको ७१ मिनेटमा फ्रि किकको सदुपयोग गर्दै सिक्किमका तर्फबाट इन्द्रजितले हेडमा...
चौध किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

चौध किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिक पक्राउ

काठमाडौँ, १२ वैशाख । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले १४ किलो सुन कारोबारमा संलग्न चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । ब्यूरोबाट खटिएको टोलीले विसं २०७४ भदौ १४ मा टोखा नगरपालिका–११ सामाखुशीमा फेला परेको सुन कारोबारीमा संलग्न चिनियाँ नागरिक ४० वर्षीय जेड हङलाई मंगलबार त्रिभुवन विमानस्थलबाट पक्राउ गरी आज सार्वजनिक गरेको हो । सोही समयमा उक्त सुन सामाखुशीमा सिन्धुपाल्चोकका पेम्बा दोर्जे ...
चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ

चार करोड हिनामिना गरेको आरोपमा लेखा अधिकृत पक्राउ

गाईघाट, उदयपुर, १२ वैशाख । कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकाललाई रु चार करोड रकम हिनामिना गरेको आरोपमा आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । कटारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्रकुमार श्रेष्ठका अनुसार ढकालले नगरपालिकाअन्तर्गत वितरण हुने सामाजिक सुरक्षा भत्ताका लागि विनियोजन भएको रु चार करोड हिनामिना गरेको आरोपमा आजै साँझ अख्तियारको टोलीले पक्राउ गरेको हो । उहाँले भन्...
error: Content is protected !!