ब्लड क्यान्सर पीडित बालकलाई बचाउन अभियान
इलाम, ११ वैशाख । इलाम नगरपालिका–४ बरबोटेका १४ वर्षीय बालक ऋतिक घिमिरेलाई ब्लड क्यान्सर भएपछि उपचारका लागि उनका परिवारले सहयोगको अपिल गरेका छन् ।
एक महिनादेखि ब्लड क्यान्सर पीडित बालक घिमिरेलाई उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका हुन् । एक महिनाअघि सामान्य बिरामी भएपछि उनलाई झापाको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा ब्लड क्यान्सरबाट पीडित बनेको पत्ता लागेको हो । ऋतिकको...





























