राजकीय भ्रमणका लागि ट्रम्पलाई सिंगापुरको आग्रह
सिंगापुर, २८ वैशाख । सिंगापुरका प्रधानमन्त्री लि सीन लुङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आगामी नोभेम्बरमा राजकीय भ्रमणमा आउनका लागि निम्ता दिनुभएको छ ।
ट्रम्पसँग भएको टेलिफोन वार्ताका क्रममा लुङले छैठौं आसियन – अमेरिका शिखर सम्मेलन र १३औं पूर्वी एसिया सम्मेलनको मौका पारेर राजकीय भ्रमणमा आउन आग्रह गर्नु भएको हो ।
दुई देशका शीर्ष नेताहरूका बीचमा भएको टेलिफोन कुराकानीका बारेमा सिंगापुरको व...






























