- संगालोखबर सम्वाददाता

धनकुटा, २८ बैशाख । धनकुटा नगरपालिका–३ स्कुलडाँडामा आज यात्रुबाहक बस दुर्घटना भएको छ । धरानबाट संखुवासभाको आँखिभूई जाँदै गरेको को.१ ख.२५३० नम्बरको बस बिहान करिव सभा ११ बजे पल्टिएको हो ।

दुर्घटनामा परी करिव १५ जना घाईते भएको घटनास्थलबाट प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिए ।

Advertisement
स्कुलडाँडामा पल्टिएको बस । तस्वीर: संगालोखबर

‘घाईतेको उद्धार गरेर अस्पताल पठाउँदैछौ ।’ एस्पी राजभण्डारीले संगालोकर्मीसँग भने ‘करिव १५ जना जति घाईते भएको अुनमान गरेका छौ, घाइतेको संख्या यकिन भईसकेको छैन ।’

घटनास्थलबाट घाईतेहरुलाई उद्धार गरेर धनकुटा जिल्ला अस्पताल ल्याईदैछ ।

बस सडकबाट करिव २० मिटर तल खसेको छ । घटनाको बिस्तृत विवरण आउँन वाँकी छ ।

अपडेट :

धनकुटामा बस दुर्घटना हुँदा १७ घाइते (घाइतेहरुको नामावलीसहित)

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!