काठमाडौं, २८ वैशाख । भारतीय सांसद भारतीय जनता पार्टीका सांसद किर्ती आजादको एक ट्वीट विवादमा तानिएपछि नेपालका राजनीतिक दलका नेताहरुको पनि प्रतिक्रिया आउन थालेको छ ।

सत्तारुढ एमालेका सांसद योगेश भट्टराईले मिथिला फिर्ता माग्नुपर्ने भारतीय जनता पार्टीका सांसदको ट्वीटलाई ‘दिमाग खुस्किएका’ हरुले गर्ने भनेर टिप्पणी गरेका छन् ।

आजादले गरेको ट्वीटको प्रतिक्रिया दिदै नेकपा एमाले सचिव एवं सांसद भट्टराईले भने, ‘जसको दिमाग खुस्केको हुन्छ, त्यसले मात्र यस्ता कुरा लेख्छ–बोल्छ । सद्देमानिसले यस्तो कुरा लेख्दैन–भन्दैन ।

जसले नेपालको इतिहास पढेको बुझेको छ्रैन, त्यसले यस्तो कुरा गर्छन । नेपाल भारत भन्दा धेरै पुरानो देश हो । यसको बारेमा थाह छै्रन भने पढे हुन्छ । हैन भने यस्ता कुुरा गर्नु हुँदैन ।

नेपाल भारतबीचको सम्बन्धमा भाँझो हाल्न चाहनेले हो यस्तो लेख्ने ।’ भाजपाका सांसद किर्ती आजदको अभिव्यक्तिप्रति कमल थापाको कडा आपत्ति
उनले मिथिला लगाएतका सबै भूमि नेपालका अभिन्न अंग भएकोले यसका कसैले बोल्न आबश्यक नरहेको बताए ।

कमल थापाकोे टिप्पणी

राप्रपाका अध्यक्ष कमल थापाले पनि उनकोे टिप्पणीप्रति कडा आलोचना गरेका छन् । अध्यक्ष थापाले उनले दिएको सो अभिव्यक्तिले मुलुकको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतामाति आँच पुग्ने भन्दै त्यसको घोर भत्र्सना गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!