काठमाडौँ, २८ वैशाख । नेपालको दुईदिने राजकीय भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौँ आइपुग्नुभएको छ ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले उहाँलाई स्वागत गर्नुभयो ।

काठमाडौँमा रहँदा भारतीय प्रधानमन्त्री मोदीले उच्चस्तरीय भेटवार्ता गर्नुहुनेछ भने शनिबार बिहान मुक्तिनाथको दर्शनका लागि जाने कार्यक्रम छ । काठमाडौँ महानगरपालिकाले उहाँलाई नागरिक अभिनन्दन गर्नेछ ।

भारतीय प्रधानमन्त्री मोदी एयर इन्डियाको विशेष विमानबाट धनुषाको जनकपुरका कार्यक्रम सकेर पूर्व निर्धारित समयभन्दा करीब दुई घण्टापछि काठमाडौँ आइपुग्नुभएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!