अनलाइनखबर

काठमाडौं, २८, वैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा १२१ किलोको तीनवटा मालाको सम्मान दिइएको छ ।

Advertisement

उनलाई प्रदेशसभा २ सरकार, वीरगञ्ज उद्योग वाणिज्य संघ र जनकपुर उद्योग वाणिज्य संघले १२१ किलोको छु्ट्टाछुट्टै माला लगाएर सम्मान दिएका हुन् ।

मोदीलाई जनकपुरमा नागरिक अभनिन्दन पनि गरिएको छ ।

शुक्रबार जनकपुरको रंगभूमि मैदानमा आयोजित कार्यक्रममा जनकपुर उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उनलाई अभिनन्दनपत्र प्रदान गरेका हुन् ।

अभिनन्दन कार्यक्रममा संघीय सरकारका रक्षामन्त्री ईश्वर पोखरेलले भारतसँगको सम्बन्धका विषयमा नेपाल अतीतमुखी नभइ भविश्यमुखी भएर अघि बढ्न चाहेको बताएका छन् ।

उनले जनकपुर सहरले नेपाल र भारतबीचको मित्रताको उचाइ बढाउन भूमिका निर्वाह गरेको बताए । नेपाल र भारतको सम्बन्धको आधार भातृत्वको अनुभूति, राष्ट्रिय स्वाभिमानको सम्मान र आपसी समझदारी रहेको पनि रक्षामन्त्री पोखरेलले बताए ।

उनले नेपाल र भारतले एक अर्काको सामिप्यतालाई बोध गर्ने र एक अर्काको संवेदनशीलताप्रति सचेत रहेको पनि बताए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!