- संगालोखबर सम्वाददाता

धनकुटा, २८ बैशाख । धनकुटा नगरपालिका–३ स्कुलडाँडामा आज यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाईते भएका छन् । धरानबाट संखुवासभाको आँखिभूइ जाँदै गरेको को.१ ख.२५३० नम्बरको बस बिहान करिव सभा ११ बजे पल्टिएको हो ।

दुर्घटनामा परी १७ जना घाईते भएको धनकुटाका प्रहरी प्रमुख एवं प्रहरी उपरीक्षक सुदिप राजभण्डारीले संगालोखबरलाई जानकारी दिएका छन् । घाईतेहरुको धनकुटा जिल्ला अस्पतालमा उपचार भईरहेको छ ।

बस सडकबाट करिव २० मिटर तल खसेको छ । दुर्घटनापश्चात चालक फरार छन् ।

बिपरित दिसाबाट आएको गाडीलाई ‘साईड’ दिने क्रममा बस सडकबाट तल पल्टिएको प्रहरीको अनुमान छ ।

अपडेट :

धनकुटामा बस दुर्घटना हुँदा १७ घाइते (घाइतेहरुको नामावलीसहित)

 

यसअघि प्रकाशित समाचार हेर्नुहोस्…

धनकुटाको स्कुलडाँडामा बस पल्टियो, घाईतेको उद्धार जारी

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!