नारायाणहिटी संग्राहलयमा राजमुकुट सार्वजनिक गर्ने तयारी
काठमाडौँ, १६ जेठ । सरकारले तीन महिनाभित्र नारायणहिटी दरबार संग्राहलयमा राजमुकुट सार्वजनिक गर्ने घोषणा गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा तत्कालीन राजाले लगाउने राजमुकुट नारायणहिटी दरबार संग्राहलयमा ३ महिनाभित्र सार्वजनिक गर्ने योजना रहेको बताएका हुन् ।
यसअघि पनि सरकारले राजमुकुट सार्वजनिक गर्ने प्रतिवद्धता पटक–पटक सार्वजनिक गर्दै आए...





























