काठमाडौं, १६ जेठ । दक्षिण कोरियामा नेपाली कामदार भित्रिने रोजगार प्रणाली (ईपीएस) को कोटा सन् २०१९ का लागि १० हजार २०० तोकिएको राजदूत अर्जुनजंगबहादुर सिंहले जानकारी दिएका छन् ।

मंगलबार सोलमा आयोजित कार्यक्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

सिंहले अघिल्लो वर्षको तुलनामा कोटा बढेको बताए । यसै वर्ष नेपाल र कोरियाबीच ईपिएसको पुनः सम्झौता गरिने उनले जनाए ।२००७ सालबाट शुरु भएको ईपीएसको हरेक दुई वर्षमा सम्झौता नवीकरण हुने गरेको छ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!