युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

युद्ध अन्त्यको घोषणागर्दै दुई कोरिया

सोल, ४ असार । उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन् । यसै वर्षको अन्त्यतिर उसले युद्ध अन्त्यको घोषणा गर्ने भएको दक्षिण कोरियाली विदेशमन्त्रीले जानकारी दिनुभएको छ । उत्तर कोरियासँगको युद्ध अन्त्यको घोषणा गर्ने तयारी दक्षिणले गरेको जनाएको हो । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियाङ् ह्वाले सोमबार सोलमा आयोजित पत्रकार सम्मेलनमा सो जानका...
मोरङमा करेन्ट लागेर एकको मृत्यु

मोरङमा करेन्ट लागेर एकको मृत्यु

विराटनगर, ४ असार । करेन्ट लागेर आज मोरङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लेटाङ नगरपालिका–५ खेरुवाका ५० वर्षीय सूर्य राई रहेका छन् । विद्युतीय खम्बाबाट खेतमा झरेको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।
अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाउँछु: सभापति देउवा

अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाउँछु: सभापति देउवा

चितवन, ४ असार । नेपाली काँग्रेसका सभापति शेरवहादुर देउवाले पार्टीलाई एक बनाएर लैजाने संकल्प पूरा गर्ने बताउनुभएको छ । नेपाल दलित संघ चितवनले आज यहाँ आयोजना गरेको प्रदेश नं ३ स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले पार्टीभित्रका अन्तर्घातीलाई कारबाही गरेर पार्टीलाई एक बनाएर लैजाने बताउनुभएको हो । सभापति देउवाले पछिल्लो निर्वाचनमा अन्तर्घात धेरै भएका कारण सोचेजस्तो परिणाम आउन ...
हाडनाताका बलात्कारीलाई १५ वर्ष कैद

हाडनाताका बलात्कारीलाई १५ वर्ष कैद

धादिङ, ४ असार । गर्भवती एक किशोरीलाई बलात्कार गर्ने बेनिघाट रोराङ गाउँपालिका – ५ का २० वर्षीय कपिल सुनार विकलार्ई जिल्ला अदालतले आज १५ वर्ष कैद गरी दोषीबाट रु २५ हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ । किशोरीलाई रु दुई लाख ५० हजार तत्काल क्षतिपूर्ति भराइदिन महिला तथा बालबालिका कार्यालयलाई पनि जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले आदेश दिएको छ । अभियुक्त विकले गत साल चैत २५ गते पछिल्लो तीन पुस्...
डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि भोलि, ७ दिनमै काज किरिया सक्ने

डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि भोलि, ७ दिनमै काज किरिया सक्ने

काठमाडौं,  ४ असार । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि मंगलबार गरिने भएको छ । सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएका देवकोटाको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने र ७ दिनमा काजकिरिया सक्ने  बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) ले  विज्ञप्तिमार्फत जानकारी दिएको छ । देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार ...
व्यापार घाटा सन्तुलनमा ल्याउन चीनसँग छलफल हुने

व्यापार घाटा सन्तुलनमा ल्याउन चीनसँग छलफल हुने

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भ्रमणका क्रममा चीनसँग हुने सहमति र सम्झौता बृहत्तर राष्ट्रिय हितलाई केन्द्रविन्दुमा राखेर गरिने बताउनुभएको छ । मंगलबारदेखि हुन लागेको पाँचदिने चीन भ्रमणका विषयमा राष्ट्रियसभालाई जानकारी दिँदै उहाँले भन्नुभयो, “चीन भ्रमणका क्रममा हुने सहमति र सम्झौतामा राष्ट्रिय स्वाभिमानमा आँच आउने एउटा काम पनि हुनेछैन, यो भ्रमणले दुई देशबीचको हित र सम्बधल...
वैदेशिक रोजगारीमा जानेका लागि ‘शुभयात्रा’ एप्स

वैदेशिक रोजगारीमा जानेका लागि ‘शुभयात्रा’ एप्स

काठमाडौँ, ४ असार । वैदेशिक रोजगारीमा जानेका लागि लक्ष्य गरी ‘शुभयात्रा’ मोबाइल एप्स निर्माण गरिएको छ । सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार बनाउनका लागि युकेएड, आइएलओ, द एशिया फाउन्डेशन र पिएनसिसिआई नामक गैरसरकारी संस्थाको संयोजनमा उक्त एप्स बनाइएको हो । वैदेशिक रोजगारीमा भएको बढ्दो समस्या न्यूनीकरण गर्न उक्त एप्स बनाइएको पिएनसिसिआईका अध्यक्ष कुलप्रसाद कार्कीले बताउनुभयो । मोबाइल एप्स...
प्रधानमन्त्री ओली मङ्गलबारदेखि चीन भ्रमण गर्दै

प्रधानमन्त्री ओली मङ्गलबारदेखि चीन भ्रमण गर्दै

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको राज्य परिषद्का प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा मङ्गलबार बिहान चीनको औपचारिक भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, प्रधानमन्त्रीका प्रमुख...
वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको निधन

वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको निधन

काठमाडौँ, ४ असार । वरिष्ठ न्यूरो सर्जन डा उपेन्द्र देवकोटाको आज साँझ उपचारका क्रममा बाँसबारीस्थित नेशनल इन्स्टिच्यूट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्सेसमा निधन भएको छ । उहाँ सो इन्स्टिच्यूटका संस्थापक तथा प्रख्यात स्नायुरोग विशेषज्ञ हुनुहुन्थ्यो । पित्तथैलीको अर्बुदरोगका कारण करीब एक वर्षअघिदेखि पीडित डा देवकोटाको साँझ ५ः३५ बजे निधन भएको उहाँका भजिता वसन्त देवकोटाले जानकारी दिनुभयो । छ महिनाअघ...
चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

चीनबाट एक खर्ब सात अर्बको लगानी प्रतिबद्धता

काठमाडौँ, ४ असार । एक हजार ३५८ उद्योग स्थापनाका लागि चीनबाट रु एक खर्ब सात अर्ब १७ करोड ६४ लाख १० हजारबराबरको लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहतको उद्योग विभागका अनुसार हालसम्म चीनबाट एक हजार २९९ उद्योग स्थापनाका लागि रु ७९ अर्ब ४० करोड ५१ लाख ९० हजारबराबरको प्रतिबद्धता आएको छ । कृषि तथा वनजन्य उद्योग १००, निर्माण दश, ऊर्जासँग सम्बन्धित १८, सञ्चार प्र...
सामान्य अंकले बढ्यो धितोपत्र बजार

सामान्य अंकले बढ्यो धितोपत्र बजार

  काठमाडौँ, ४ असार । धितोपत्र बजार आज सामान्य अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से परिसूचक १.९२ बिन्दुले बढेर एक हजार २३५ बिन्दुमा पुगेको छ । यस्तै ‘क’ वर्गमा कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४२ बिन्दुले बढेको छ । आज कूल १५४ कम्पनीको चार लाख ८४ हजार ६४५ कित्ता शेयर रु १९ करोड ५२ लाख ३४ हजार १२६ मूल्यमा खरिद बिक्री भएको छ । स्टकका अनुसार आज पाँच उप...
ओली र प्रचण्ड तेस्रो पटक अध्यक्ष बन्न नपाउने !

ओली र प्रचण्ड तेस्रो पटक अध्यक्ष बन्न नपाउने !

काठमाडौं, ४ असार । नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का केन्द्रदेखि जिल्लासम्मका पदाधिकारीहरु एउटा पदमा लगातार दुई कार्यकालभन्दा बढी रहन नपाउने भएका छन् । केन्द्रीयदेखि जिल्ला अध्यक्षसम्म सबै बढीमा २ कार्यकालमात्र उम्मेदवार हुन पाउने व्यवस्था विधानमा गरिएको हो । साथै आरक्षण कोटामा एक व्यक्तिले दुई पटकभन्दा बढी प्रतिस्पर्धा गर्न पाउने छैनन् । तर लगातार दुई कार्यकालको अवधि भने कहिलेबाट गणना हुने...
टेलिभिजनलाई चाँडै सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गरिने

टेलिभिजनलाई चाँडै सार्वजनिक प्रसारण संस्थामा रुपान्तरण गरिने

काठमाडौँ, ४ असार । नेपाल टेलिभिजनका नवनियुक्त कार्यकारी अध्यक्ष डा महेन्द्र विष्टले संस्थालाई चाँडै सार्वजनिक प्रसारण संस्था (पिएसबी) मा रुपान्तरण गरिने बताउनुभएको छ । सिंहदरबारस्थित कार्यालयमा आज पदबहालीपछि आयोजित स्वागत कार्यक्रममा अध्यक्ष डा विष्टले विगतमा आफू पिएसबीको मागकर्ताका रुपमा रहेको र अहिले कार्यान्वयन गर्ने जिम्मेवारीमा आएको उल्लेख गर्दै राष्ट्रिय प्रसारणका रुपमा संस्थालाई प्रमाणित...
चिनियाँ लगानीकर्तासँग ‘ज्वाइन्ट भेन्चर’ निजी क्षेत्रको चाहना

चिनियाँ लगानीकर्तासँग ‘ज्वाइन्ट भेन्चर’ निजी क्षेत्रको चाहना

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण महत्वपूर्ण अवसर भएकाले त्यसलाई उपलब्धिमूलक बनाउनुपर्नेमा निजी क्षेत्रले विशेष जोड दिएको छ । नेपाल–चीन बीचको व्यापार सन्तुलन मिलाउन सरकारले महत्वपूर्ण योजना बनाएर देशलाई समृद्धिको बाटोमा अगाडि बढाउने विश्वास लिइएको हो । चालु आर्थिक वर्ष २०७४/७५ को को १० महिनामा रु एक खर्ब २७ अर्ब ५९ करोडको चीनबाट वस्तु आयात भएको छ, भने निर्यात रु दुई अ...
विराटनगरलाई बेलायतको भगिनी शहर बनाउने तयारी

विराटनगरलाई बेलायतको भगिनी शहर बनाउने तयारी

विराटनगर, ४ असार । नेपालका लागि बेलायती राजदूत रिचार्ड मोरिसले विराटनगर महानगरपालिकालाई बेलायतीको भगिनी शहर बनाउन प्रयास गर्ने बताएका छन् ।  विराटनगर महानगरपालिकाका प्रमुख भीमप्रसाद पराजुली र उपप्रमुख इन्दिरा कार्कीसँग आज भएको भेटघाटमा उनले सो कुरा बताएका हुन् । राजदूत मोरिसले नेपालमा नयाँ संरचनाअनुसार बनेको तीन तहको सरकारमा विराटनगर महानगरपालिकाको भूमिका एवं रणनीतिको बारेमा राखेको जिज्ञासामा प...
नोबेलको शिविरबाट महिनामै २० हजार बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

नोबेलको शिविरबाट महिनामै २० हजार बिरामीको निःशुल्क उपचार (फोटो फिचरसहित)

बिराटनगर, ४ असार । विराटनगर स्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले बिगत एक महिनाको अवधिमा स्वास्थ्य शिविरबाट २० हजार भन्दा बढी बिरामीको निःशुल्क उपचार गरेको छ । ०७५ जेठ महिनाको अवधिमा स्वास्थ्य शिविर मार्फत २० हजार ४ सय २५ जना बिरामीको निःशुल्क उपचार गरिएको नोबेल अस्पतालले जनाएको छ । जेठ १ देखि ३१ गतेसम्म पूर्वका बिभिन्न जिल्लामा २१ वटा स्वास्थ्य शिविर सञ्चालन गरेर गाउँ–गाउँका बिरामीको निःशुल्...
विश्वकपमा आफुले समर्थन गरेको टिमले गरेका हरेक गोलमा यी मोडलले ब्रा फुकाल्ने

विश्वकपमा आफुले समर्थन गरेको टिमले गरेका हरेक गोलमा यी मोडलले ब्रा फुकाल्ने

काठमाडौँ, ४ असार । विश्वकप हेर्न रुस पुगेका फ्यानहरुको भिडमा एक सुन्दरीले धेरैको ध्यानाकृष्ट गरेकी छन् । उनी हुन्, पेरुकी लोकप्रिय मोडल निशु कौशी जसलाई ‘पेरु टिमकी गर्लफ्रेन्ड’ भन्ने गरिन्छ । कौशीले आफ्नो टिमको प्रत्येक गोलमा लुगा फुकाल्ने घोषणा गरेर चर्चामा आएकी छन् । उनले अहिले मात्र यो शैली अपनाएकी होइनन् । तीन वर्षअघि कोपा अमेरिकामा पेरुले तेस्रो स्थानका लागि खेल्दा नै कौशी सुपर ...
राष्ट्रियसभाका सांसदको कार्यकाल टुङ्गियो

राष्ट्रियसभाका सांसदको कार्यकाल टुङ्गियो

  काठमाडौँ, ४ असार । राष्ट्रियसभाका सबै सदस्यहरुको गोलाप्रथाद्वारा पदावधि निर्धारण गरिएको छ । संघीय संसद् सचिवालयले नेपालको संविधानअनुसार, राष्ट्रियसभाका सदस्यहरुको पदावधि गोलाप्रथाद्वारा आज टुङ्गो लगाएको हो । संघीय संसद् भवन नयाँ बानेश्वरमा गरिएको गोलाप्रथाबाट छ वर्षको कार्यकाल प्राप्त गर्नेमा रमेशजङ्ग रायमाझी, जितेन्द्रनारायण देव, रामबहादुर थापा, गणेशप्रसाद तिमिल्सिना, खिमलाल भट्टराई,...
छोरी निशासँगको यो फोटोका कारण ट्रोल भइन् सन्नी लियोन

छोरी निशासँगको यो फोटोका कारण ट्रोल भइन् सन्नी लियोन

सन्नी लियोनका श्रीमान् डेनियल वेबरले आइतबार फादर्स डेको मौकामा आफ्नो, सन्नी र छोरी निशाको तस्बिर इन्टाग्राममा सेयर गरे । उक्त फोटोमा सन्नी र निशा नग्न देखिएका छन् भने ड्यानियलले पनि टिसर्ट लगाएका छैनन् । यो फोटो पोष्ट गरेर ड्यानियलले लेखे, ‘आज फादर्स डे हो । यो सबैभन्दा सर्वोत्तम प्रेम हो । धन्यवाद सन्नी लियोन, निशा कौरसँग भेट गराएकोमा र हामी दुबैलाई प्रेम गरेकोमा । तिमी सधैं उत्कृष्ट कुरा ...
७७ वटै जिल्लाका काङ्ग्रेस सभापति हेटौंडामा

७७ वटै जिल्लाका काङ्ग्रेस सभापति हेटौंडामा

काठमाडौं, ४ असार । मकवानपुरको हेटौंडामा भोलिबाट सुरु हुने नेपाली काङ्ग्रेसका जिल्ला सभापतिहरुको भेलाको तयारी पूरा भएको छ । भेला आयोजक समितिका सभापति एव् मकवानपुर कांग्रेसका जिल्ला सभापति इन्द्र बानियाँले तीनदिन सम्म चल्ने भेलाको सम्पूर्ण तयारी पूरा भएको बताए । भेलामा ७७ वटै जिल्लाका सभापति सहभागि हुनेछन् । भेलाका लागि टाढा–टाढाका जिल्लाका सभापतिहरु मकवानपुर आइसकेका छन् भने नजिकका जिल्लाका सभाप...
गृहमन्त्री थापाको कार्यकाल ६ वर्ष

गृहमन्त्री थापाको कार्यकाल ६ वर्ष

काठमाडौं,  ४ असार । गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ । राष्ट्रियसभा सदस्यको टुंगो लगाउन भएको गोलाप्रथाको क्रममा थापाको कार्यकाल ६ वर्ष हुने टुंगो लागेको हो । बादल माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् ।
आकाशबाट परेको धमिलो पानी खुवाउँदा काभ्रेमा गाइवस्तु मर्न थाले

आकाशबाट परेको धमिलो पानी खुवाउँदा काभ्रेमा गाइवस्तु मर्न थाले

काभ्रे, ४ असार । आकाशबाट परेको धमिलो पानी खुवाउँदा काभ्रेको मण्डनदेउपुरमा गाईभैंसिहरु मर्न थालेका छन् । केहि दिन अघि आकाशबाट परेको पानी नै धमिलो थियो । खानेपानीको समस्यामा रहेको मण्डनदेउपुर ५ का स्थानियहरुले वर्षायाममा परेको पानी संकलन गरि गाईवस्तुलाई खुवाउने गरेका थिए । सोहि क्रममा परेको धमिलो पानी पशुहरुलाई खुवाउँदा स्थानिय नारायण श्रेष्ठको एउटा भैंसि मरेको र अरु २ वटा पाडापाडीहरु विरामी परेक...
प्युठानमा प्रेम जोडीले प्रहरीकै अगाडि गरे आत्महत्या

प्युठानमा प्रेम जोडीले प्रहरीकै अगाडि गरे आत्महत्या

प्युठान, ४ असार । प्युठानमा एक प्रेमजाेडीले प्रहरी अगाडि अात्महत्या गरेका छन् । अाफ्नै सन्तानभित्रकाे हाडनातामा प्रेम सम्बन्ध राखेका झिमरुक गाउँपालिका–५ ओखरकोट नेपाने प्युठानका २३ बर्षका शिरबहादुर जिसी र १७ वर्षकी श्रृष्टि जिसीले  प्रहरीकै अगाडि आत्महत्या गरेका हुन् । शिरबहादुर र श्रृष्टि अाफ्नै सन्तानभित्रका हाडनातापर्ने अाफन्त हुन् । हाडनाताभित्रै प्रेमसम्बन्ध राखेकाे भन्दै अभिभावकहरूले प्रहर...
तेह्रथुममा बालिकालाई बलात्कार गरेको आरोपमा अहेव पक्राउ

तेह्रथुममा बालिकालाई बलात्कार गरेको आरोपमा अहेव पक्राउ

तेह्रथुम, ४ असार ।  बालिकालाई ललाई फकाई करणी गरेको आरोपमा तेह्रथुममा कार्यरत एक अहेब पक्राउ परेका छन् । करणी आरोपमा प्रहरीले सप्तरी स्थायी घर भई हाल जिल्लाको छथर गाउपालिका–२ स्थित हमरजुङ स्वास्थ्य चौकीमा कार्यरत अहेब सन्जिव यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेको हो । अहेब यादवले नाबालिकालाई ललाई फकाई करणी गरेको भन्दै बालिकाको परिवारले उजुरी दिएपछि प्रहरी चौकी शुक्रबारेले शनिबार यादवलाई पक्राउ ग...
जापानमा ६.१ रेक्टर स्केलको भूकम्प

जापानमा ६.१ रेक्टर स्केलको भूकम्प

काठमाडौं, ४ असार । जापानमा सोमबार बिहान भूकम्प गएको छ । ओसाका केन्द्र बिन्दु भएर ६.१ म्याग्नीच्युडकाे भूकम्प गएकाे हाे । बीबीसीले भूकम्पमा परी अहिलेसम्म ३ जनाको मृत्यु र दर्जनौं घाइते भएकाे जनाएकाे छ । भूकम्पबाट अाेसाका सँगै टाेकियाे, ह्याेगाेलगायतका स्थान प्रभावित भएकाे जनाएकाे छ । जापानको प्रकोप व्यवस्थापन विभागले ओसाका र यस नजिकका जिल्लाहरु होयोगो र क्योटोमा गरी ४० जना घाइते भएको ज...
बच्चाको ‘नाम’ के राख्ने, कसरी राख्ने ?

बच्चाको ‘नाम’ के राख्ने, कसरी राख्ने ?

‘ठूलो भएपछि आफ्नो नाम राख्नुपर्छ’, ‘धेरै पढेर आफ्नो नाम प्रशिद्ध बनाउनुपर्छ’, ‘नाम बदनाम हुने काम कहिल्यै गर्नु हुँदैन ।’ हामी बच्चालाई यसै भन्छौं । अर्थात उनीहरुलाई बुझाउँछौं कि, ‘नाम’ भन्ने कुरा सित्तिमिती चिज होइन । चानचुने कुरा होइन । भन्छौं, ‘तिमी जीवनभर जे गर्छौं, त्यसले तिम्रो नाम उँचो बनाउनुपर्छ ।’ आखिर नाममा के छ ? नाम भनेको उसलाई चिनाउने, इंगित गर्ने यस्तो सांकेतिक कुरा हो, जो उनको ...
झापाका तीन स्थानीय तहमा विद्युत् अवरुद्ध

झापाका तीन स्थानीय तहमा विद्युत् अवरुद्ध

झापा, ४ असार । वर्षासँगै आएको हावाहुरीका कारण पाँच दिनयता झापाका तीन स्थानीय तहमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिल्लाको भद्रपुर नगरपालिका, कचनकवल गाउँपालिका र हल्दिबारी गाउँपालिकामा विद्युत् सेवा अवरुद्ध भएको नेपाल विद्युत् प्राधिकरण सवस्टेशन भद्रपुरका प्रमुख रामउद्धार साहले जानकारी दिनुभयो । “वर्षा र हावाहुरीले पोल भत्किँदा र तार चुडिँदा विद्युत् प्रसारणमा समस्या आएको छ”, प्रमुख साहले भन्नु...
नारायणगढ-मुग्लिन सडकमा दुर्घटना कम गर्न ‘राडार गन’ प्रयोग

नारायणगढ-मुग्लिन सडकमा दुर्घटना कम गर्न ‘राडार गन’ प्रयोग

चितवन, ४ असार । चितवनको नारायणगढ मुग्लिन सडक चौडा भएसँगै तीव्र गतिमा सवारी चलाउने र ओभटेक बढी हुन थालेपछि प्रहरीले कारबाही अभियान शुरु गरेको छ । तीव्र गति र ओभरटेकका कारण सवारी दुर्घटना बढ्न थालेको भन्दै गति मापन गर्ने ‘राडार गन’ कै प्रयोग गरेर कारबाही अभियान थालिएको चितवनका प्रहरी उपरीक्षक सुशीलसिंह राठोरले जानकारी दिनुभयो । उहाँको अनुसार आइतबार प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतको नेतृत्...
श्रीमानको यौनाङ्ग काट्न श्रीमतीले दिइन् ‘सुपारी’

श्रीमानको यौनाङ्ग काट्न श्रीमतीले दिइन् ‘सुपारी’

काठमाडौँ, ४ असार । भारतको मध्य प्रदेशको जबलपुरमा जून १२ तारिखमा भएको स्टेट हेल्थ डिपार्टमेन्टका उप–निर्देशक डा. शफतुल्ला खानको हत्याबारे नयाँ खुलासा भएको छ । एसपी शशिकान्त शुक्लाका अनुसार डाक्टरको हत्याको षड्यन्त्र उनकी श्रीमती आयशाले चार व्यक्तिसँग मिलेर रचेकी थिइन् । यद्यपी, आयशाले आफ्नो बचाउ गर्दै श्रीमानको हत्या योजना नबुनेको बताएकी छिन् । श्रीमतीका अनुसार श्रीमानको अनेकौं महिलासँग सम्बन्ध...
प्रधानमन्त्रीले चीन भ्रमणको बारेमा आज संसदमा जानकारी दिँदै

प्रधानमन्त्रीले चीन भ्रमणको बारेमा आज संसदमा जानकारी दिँदै

काठमाडौँ, ४ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदै छन् । अपराह्न ४ बजे बस्ने संसद बैठकमा सम्बोधन गर्दै ओलीले चीन भ्रमणबारे जानकारी दिनेछन् । ओली मंगलबार जम्बो प्रतिनिधिमण्डलसहित चीनको ६ दिने औपचारिक भ्रमणमा जाँदैछन् । स्रोतका अनुसार भ्रमण टोलीमा एक सय २० सदस्य रहनेछन् ।ओलीले चीन भ्रमणका एजेण्डा र नेपालको तयारीबारे संसदमा जानकारी गराउने छन् । चीनसँग ऊ...
महानिरीक्षक खनाल अमेरिका प्रस्थान

महानिरीक्षक खनाल अमेरिका प्रस्थान

काठमाडौँ, ४ असार । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनाल अमेरिका प्रस्थान गर्नुभएको छ । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा आयोजना हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखको द्धितीय सम्मेलन–२०१८ मा भाग लिन आइतबार राति उहाँ त्यसतर्फ प्रस्थान गर्नुभएको हो । असार ६ गते शुरु हुने उक्त सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीको रोकथाममा सदस्य रा...
error: Content is protected !!