एजेन्सी

काठमाडौँ, ४ असार । भारतको मध्य प्रदेशको जबलपुरमा जून १२ तारिखमा भएको स्टेट हेल्थ डिपार्टमेन्टका उप–निर्देशक डा. शफतुल्ला खानको हत्याबारे नयाँ खुलासा भएको छ ।

Advertisement

एसपी शशिकान्त शुक्लाका अनुसार डाक्टरको हत्याको षड्यन्त्र उनकी श्रीमती आयशाले चार व्यक्तिसँग मिलेर रचेकी थिइन् । यद्यपी, आयशाले आफ्नो बचाउ गर्दै श्रीमानको हत्या योजना नबुनेको बताएकी छिन् ।

श्रीमतीका अनुसार श्रीमानको अनेकौं महिलासँग सम्बन्ध भएको थाहा पाएपछि श्रीमानको यौनाङ्ग मात्र काट्न चाहन्थिन् । तर यसका लागि जुन मानिस र व्यवसायिक अपराधीको उनले मद्दत लिइन्, उनीहरुले डाक्टरको हत्या गरिदिएको जानकारी पुलिसलाई दिइन् ।

पाँच लाख भारु दिने बचनसमेत

पुलिसका अनुसार आयशाले यसका लागि आफ्नी भतिजी नन्दिनी विश्वकर्मालाई व्यवसायिक अपराधीहरुको मद्दत लिन आग्रह गरिन् । यसका लागि आयशाले नन्दिनीलाई पाँच लाख भारु दिने वचनसमेत दिइन् । आयशा, नन्दिनी र राजेन्द्रलाई पक्राउ गरिएको छ भने पवन र धिरजको खाजी कार्य जारी रहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!