अनलाइनखबर

काठमाडौं,  ४ असार । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको अन्त्येष्टि मंगलबार गरिने भएको छ ।

Advertisement

सोमबार साँझ ५ बजेर ३५ मिनेटमा निधन भएका देवकोटाको भोलि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने र ७ दिनमा काजकिरिया सक्ने  बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) ले  विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

देवकोटाको पार्थिक शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार विहान ८ देखि दिउँसो १ बजेसम्म अस्पताल परिसरमा नै राखिनेछ । त्यसपछि नारायणगोपाल चोक, चक्रपथ हुँदै पशुपति आर्यघाटमा दाहसंस्कार गरिने अस्पतालले जनाएको छ । उनको विद्युतीय माध्यमबाट शवदाह गरिनेछ ।

डा. देवकोटाको काजकिरिया उनकी पत्नी डा. मधु दीक्षित देवकोटा, तीन छोरीहरु मेधा, वसुधा र मञ्जरीले गर्ने विज्ञप्तिमा जनाइएको छ । काजकिरिया सात दिनमा सम्पन्न गरिने पनि अस्पतालले जनाएको छ ।

पित्तथैलीको क्यान्सरको बेलायतमा उपचार गराएका डा. देवकोटा स्वदेशमा नै देहत्याग गर्ने इच्छा बमोजिम फर्किएका थिए । स्वदेश फर्किएदेखि उनी आफैले स्थापना गरेको न्युरो अस्पतालमा उपचाररत थिए ।

यो पनि पढनुहोस्…

वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको निधन

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!