काठमाडौँ, ४ असार । वैदेशिक रोजगारीमा जानेका लागि लक्ष्य गरी ‘शुभयात्रा’ मोबाइल एप्स निर्माण गरिएको छ ।

Advertisement

सुरक्षित, व्यवस्थित र मर्यादित वैदेशिक रोजगार बनाउनका लागि युकेएड, आइएलओ, द एशिया फाउन्डेशन र पिएनसिसिआई नामक गैरसरकारी संस्थाको संयोजनमा उक्त एप्स बनाइएको हो ।

वैदेशिक रोजगारीमा भएको बढ्दो समस्या न्यूनीकरण गर्न उक्त एप्स बनाइएको पिएनसिसिआईका अध्यक्ष कुलप्रसाद कार्कीले बताउनुभयो । मोबाइल एप्सलाई समयसापेक्ष परिमार्जन गर्दै लगिने बताइएको छ ।

एप्समा वैदेशिक रोजगारीका सिलसिलामा जान लागेका नेपाली कामदार, विदेशमा भएका नेपाली कामदार र स्वदेश फर्किएकाका लागि उपयोगी सामग्री समावेश गरिएको छ ।

वैदेशिक रोजगारीका लागि पु¥याउनुपर्ने प्रक्रिया, आवश्यक कागजात, स्वास्थ्य र सुरक्षासम्बन्धी जानकारी, वित्तीय क्षेत्रलगायत अन्य महत्वपूर्ण जानकारीलाई समाचार, लेख, अन्तर्वार्ता, प्रश्नोत्तर, अडियो र भिडियोको माध्यमबाट उपलब्ध गराइएको छ ।

उक्त एप्स एन्ड्रोइड मोबाइल प्रयोगकर्ताले निःशुल्क डाउनलोड गर्न सक्छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!