नाइजेरियामा आत्मघाती बम विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु
नाइजेरिया, ४ असार । शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई आइतबार बताएका छन् ।
बु्रनो राज्यको डोम्बोवा शहरमा इद उल–फित्र मनाएर फर्किरहेका नागरिकलाई लक्षित गरी दुई आत्मघाती विष्फोट गराइँदा शनिबार साँझ उनीहरूको मृत्यु भएको हो । बोकोहराम समूहको पहिरनमा देखिएका आक्रमण...






























