भोक्राहा नरसिंह र कोशीको बजेट सार्वजनिक

भोक्राहा नरसिंह र कोशीको बजेट सार्वजनिक

इनरुवा, १२ असार । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाले रु ३१ करोड १० लाख ४३ हजार बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७५/०७६ का लागि अनुमानित बजेट, नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष महेन्द्रप्रसाद यादवले सार्वजनिक गर्नुभएको हो । दोस्रो गाउँसभामा विभिन्न शीर्षकमा बजेट, योजना तथा कार्यक्रमलाई कार्यान्वयन गर्ने गरी रु ३१ करोड १० लाख ४३ हजार बजेट सार्वजनिक गरेको भोक्राहा नरसिंह गाउँपालिकाका...
रोल्पामा आपराधिक घटना बढ्दैः आठ महिनामा छ जनाको हत्या

रोल्पामा आपराधिक घटना बढ्दैः आठ महिनामा छ जनाको हत्या

रोल्पा, १२ असार । रोल्पामा आपराधिक घटना बढ्दै गएका छन् । जिल्लामा बञ्चरो प्रहारबाट मात्र आठ महिनामा छ जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाको तथ्यांकअनुसार छुट्टाछुट्टै स्थानमा भएको घटनामा तीनजनाको बञ्चरो प्रहारबाट छ जनाको ज्यान गएको हो । २०७४ चैत २९ गते गंगादेव गाउँपालिका–४, सालेकुञ्जका ३१ वर्षीय दीपेन्द्र बस्नेतले आफ्नै ससुरा बुबाको बञ्चरो प्रहार गरी हत्या गरे । यसरी आफ्नै ज्वाइँ...
मेसीलाई प्रमाणित गर्ने अर्को अवसर

मेसीलाई प्रमाणित गर्ने अर्को अवसर

काठमाडौँ, १२ असार । लियोनल मेसीले आफुलाई प्रमाणित गर्ने समय आएको छ । विश्वकपमा गोल गर्दै अर्जेन्टिाको निराशजनक प्रदर्शन भुलाएर टोलीलाई नकआउट चरणमा पुर्याउने र विश्वकै उत्कृष्ट स्ट्राईकर भए पनि सधैँ प्रमुख प्रतियोगितामा स्तरअनुसार प्रदर्शन गर्न नसकेको भन्दै हुने आलोचनालाई गलत साबित गर्ने । आईतबार ३१ औँ जन्मदिन परे पनि मेसीले जन्मदिन मनाएनन् । उनी मंगलबार नाईजेरियाविरुद्धको खेलमा जित हात पार्दै ...
संसद अवरोधको तयारीमा कांग्रेस

संसद अवरोधको तयारीमा कांग्रेस

काठमाडौँ, १२ असार ।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक फरक दलको हुने व्यवस्था कार्यान्वयन नभएको भन्दै संसद अवरुद्ध गर्ने तयारी गरेको छ । कांग्रेसलेसरकारले संवैधानिक व्यवस्थालाई कुल्चिएको भन्दै संसदमा फरक पार्टीको सभामुख र उपसभामुख हुने व्यवस्था तत्काल कार्यान्वयन नगरे संसद चल्न नदिने तयारी गरेको हो । कांग्रेस बाहेकका अन्य दलले समेत संसदमा यो विषय उठान ...
संसदमा प्रधानमन्त्रीको सम्बोधन, चीन भ्रमणबारे जानकारी गराउने

संसदमा प्रधानमन्त्रीको सम्बोधन, चीन भ्रमणबारे जानकारी गराउने

काठमाडौं,  १२ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे संसदलाई जानकारी गराउँदैछन् । बिहान ११ बजेपछि बस्ने प्रतिनिधिसभा बैठकमा ओलीले चीन भ्रमणबारे जानकारी लगाउन लागेका हुन् । ओलीले सोमबार नै संसदमा सम्बोधन गर्ने तयारी गरिए पनि कार्यव्यस्तताको कारण देखाउँदै मंगलबारलाई सारिएको थियो । सरकार प्रमुखले विदेश भ्रमण अघि र पछि संसदलाई जानकारी गराउने परम्परा छ । ओली ६ दिने चीन भ्रमण पूरा...
२०७५ असार १२ गते मंगलबार/आजको राशिफल

२०७५ असार १२ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल असार १२ गते। मंगलबार। इश्वी सन् २०१८ जुन २६ तारिख। नेपाल संवत् ११३८ तछलाथ्व। ज्येष्ठ शुक्लपक्ष। तिथि– त्रयोदशी, ६:४९ बजेउप्रान्त चतुर्दशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) सामान्य काममा धन र श्रम खर्चनुपर्ला। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्न...
सगरमाथा कप भलिवलको उपाधिका लागि ओखलढुंगा र सुनसरी भिड्ने

सगरमाथा कप भलिवलको उपाधिका लागि ओखलढुंगा र सुनसरी भिड्ने

धनकुटा, ११ असार । धनकुटाको राजारानीमा जारी प्रदेश स्तरीय प्रथम सगरमाथा कप भलिवल प्रतियोगिताको उपाधिका लागि सुनसरी र ओखलढुंगाबीच प्रतिष्पर्धा हुने भएको छ । सोमवार भएको सेमिफाइनलमा सुनसरीले ताप्लेजुङलाई र ओखलढुंगाले भोजपुरलाई पराजित गर्दै दुवै टिमले फाईनलको यात्रा सुरक्षित गरेका हुन् । अव सुनसरी र ओखलढुंगा उपाधिका लागि मंगलवार फाईनलमा भिड्नेछन् । सेमिफाइनलमा ताप्लेजुङलाई २५–१२, २५–२२ र २५–१५ को ...
धनकुटासहित पूर्वका ९ जिल्लामा आप्रावासन सुचना केन्द्र स्थापना गरिने

धनकुटासहित पूर्वका ९ जिल्लामा आप्रावासन सुचना केन्द्र स्थापना गरिने

धनकुटा, ११ असार । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले वैदेशिक रोजगारीमा जानेका लागि पूर्वका ९ जिल्लामा आप्रावासन सुचना केन्द्र स्थापना गर्ने भएको छ । वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेहरुकालागि धनकुटा, सुनसरी, मोरङ, तेह्रथुम, भोजपुर, उदयपुर, खोटाङ, सप्तरी र सिरहामा सूचना केन्द्र स्थापना गर्न लागिएको हो । नौ वटै जिल्लामा भएका जिल्ला प्रशासन कार्यालयमा सुचना केन्द्र स्थापन...
आयोजक रसियालाई हराउँदै उरुग्वे बन्यो समूह विजेता

आयोजक रसियालाई हराउँदै उरुग्वे बन्यो समूह विजेता

काठमाडौँ, ११ असार । विश्वकप फुटबलमा आयोजक रसियालाई हराउँदै उरुग्वे समूह विजेता बनेको छ । सोमबार भएको खेलमा रसियालाई ३-० ले हराउँदै उरुग्वे समूह एको विजेता बनेको हो । दुवै टोली यसअघि नै नकआउट चरणका लागि छनौट भइसकेको अवस्थामा आजको खेलले समूह विजेताको मात्र निर्धारण गर्ने थियो । दुवै टोलीले यसअघिका खेलहरुमा जीत हासिल गरेको थियो । प्रतियोगितामा फिफा बरियताको आधारमा सबैभन्दा कमजोर टोली भए पनि शुरु...
एसइइको परीक्षाफलमा देखिएको त्रुटि छानबिनका लागि समिति गठन

एसइइको परीक्षाफलमा देखिएको त्रुटि छानबिनका लागि समिति गठन

काठमाडौँ, ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) कक्षा १० को परीक्षाफलमा देखिएका प्राविधिक त्रुटिबारे छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख डा तुलसीप्रसाद थपलियाको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयको आजको निर्णयअनुसार गठित समितिमा मन्त्रालयको कानून तथा फैसला कार्यान्वयन शाखाका उपसचिव शम्भूराज रेग्मी र इभेन्ट परियोजना...
गृहमन्त्री ट्राफिक जाममा ! संसदभित्र हाँसो

गृहमन्त्री ट्राफिक जाममा ! संसदभित्र हाँसो

काठमाडौं, ११ असार । नयाँ बानेश्वरस्थित संघीय संसदभित्र सोमबार रोचक दृश्य देखियो । विपक्षी दलका सांसदहरुले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ खोई भनेर प्रश्न तेर्स्याए । जवाफमा सभामुख कृष्णबहादुर महराले भने- आउँदै हुनुहुन्छ, मन्त्रालयबाट हिँडिसक्नु भएको छ । त्यसपछि एक जना सांसदले भने- सायद ट्राफिक जाममा पर्नुभयो होला । यो सुनेर संसद हलमा हाँसोको फोहोरा फुट्यो । काठमाडौंमा आम मानिसहरुको थेगोजस्तै ब...
धनकुटामा चलचित्र ‘गोल’ को छायांकन जारी (फोटो फिचरसहित)

धनकुटामा चलचित्र ‘गोल’ को छायांकन जारी (फोटो फिचरसहित)

धनकुटा, ११ असार । अन्तरजातिय विवाहको कथाबस्तुमा आधारित चलचित्र ‘गोल’ को छायांकन धनकुटामा भईरहेको छ । किशोर बुढाथोकी र सविना कार्कीले चलचित्रको मुख्य भूमिकामा अभिनय गरिरहेका छन् । दलित समुदाय र छुवाछुतलाई चलचित्रमा प्राथमिकताका साथ समेटिएको निर्माण टिमले जनाएको छ । चलचित्रको ८० प्रतिशत छायांकन धनकुटामा हुने कलाकार जोगमाया लुम्बाले जानकारी दिईन् । उनका अनुसार धरान, इटहरी लगायत स्थानमा वाँकी छायां...
टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन: टेलिकम

टेलिफोन वार्ताको आवाज अभिलेख राख्ने प्रविधि छैन: टेलिकम

  काठमाडौँ, ११ असार । ल्याण्डलाइन टेलिफोन र मोबाइलमा भएको कुराकानीको आवाज अभिलेख राख्ने (रेकर्ड गर्ने) प्रविधि नरहेको नेपाल टेलिकमले जनाएको छ । टेलिकमका सहप्रवक्ता शोभन अधिकारीले ग्राहकले कुन नम्बरमा फोन गरेर कति मिनेट कुराकानी गरे भन्ने अभिलेख (कल डिटेल) रहने तर मानिसले फोनमा बोलेको आवाज रेकर्ड नहुने रासससँग बताउनुभयो । “प्रहरीमा उजुरी परेर अदालतले आवाजको अभिलेख राख भने मात्र यस्तो प्...
प्रधानमन्त्रीले चीन भ्रमणबारे भोलि संसद्लाई जानकारी गराउनुहुने

प्रधानमन्त्रीले चीन भ्रमणबारे भोलि संसद्लाई जानकारी गराउनुहुने

काठमाडौँ, ११ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउनुहुने भएको छ । उहाँ चीनको छदिने राजकीय भ्रमण पूरा गरी यही असार १० गते स्वदेश फर्कनुभएको हो । प्रधानमन्त्री ओलीले आफ्नो चीन भ्रमणबारे प्रतिनिधिसभाको भोलिको बैठकमा जानकारी गराउनुहुने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले भ्रमणबारे आज प्रतिनिधिसभा बै...
परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

परीक्षाफलमा देखिएको त्रुटिमाथि छानबिन हुने

काठमाडौँ, ११ असार । माध्यमिक शिक्षा परीक्षा (एसइइ) को परीक्षाफलमा देखिएको प्राविधिक त्रुटिका विषयमा छानबिन हुने भएको छ । शनिबार सार्वजनिक कक्षा १० को परीक्षाफलमा प्राविधिक गडबडी भएको पाइएपछि केही विद्यार्थीको नतिजामा आइतबार ग्रेड वृद्धि भएको थियो । राष्ट्रिय परीक्षा बोर्ड मातहतको परीक्षा नियन्त्रण कार्यालयका नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले प्राविधिक त्रुटि सुधार गरी विद्यार्थीलाई वास्तविक ग्र...
सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

सुन काण्डका ठूला अपराधीलाई समात्न सांसदहरुको माग

काठमाडौँ, ११ असार । प्रतिनिधिसभाको बैठकमा आज विनियोजन विधेयक २०७५ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, परराष्ट्र मन्त्रालय र गृह मन्त्रालय शीर्षकमाथिको छलफल टुँगिएको छ । छलफलमा सहभागी सांसदहरुले ३३ किलो सुन काण्डका ठूला अपराधीलाई समात्न र शहीद तथा बेपत्ता परिवारका समस्यामाथि ध्यान दिन गृहमन्त्रीको ध्यानाकर्षण गर्नुभयो । डोल्पामा सडक बनाउन, कञ्चनपुरमा सिँचाइ र तटबन्धका कार्यक्रम सञ्चाल...
नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

नाइजेरियामा अज्ञात समूहको आक्रमणबाट कम्तीमा ८६ जनाको मृत्यु

अबुजा, ११ असार । नाइजेरियाको मध्य प्रदेश प्लाटेउमा भएको आक्रमणमा परी कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विभिन्न ठाँउमा भएका घटनाहरमा परी उनीहरूको मृत्यु भएको प्रहरी अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । शंकास्पद बन्दुकधारीहरूले शनिबार राती अवेर आक्रमण गरेका हुन् । आक्रमणमा परी अरु छ जना सख्त घाइते भएका छन् भने ५० घरमा क्षति पुगेको छ । त्यसैगरी दुई कार र १५ मोटरसाईकल पनि पूर्ण रुपमा क्षतिग्रस्त...
छात्रा परीक्षार्थी बढी भए पनि नतिजामा छात्र अगाडि

छात्रा परीक्षार्थी बढी भए पनि नतिजामा छात्र अगाडि

काठमाडौँ, ११ असार । माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) मा छात्रभन्दा छात्रा बढी परीक्षार्थी भए पनि नतिजामा तुलनात्मकरुपमा छात्र बढी देखिएका छन् । परीक्षामा नियमिततर्फ कूल चार लाख ५१ हजार ५३२ विद्यार्थीमध्ये दुई लाख २७ हजार ९३१ जना छात्रा र दुई लाख २३ हजार ६०१ जना छात्र रहेकामा ग्रेड पोइन्ट एभरेज (जिपिए) ३ दशमलव ६५ देखि ४ दशमलव शून्यसम्म ल्याउने छात्राको प्रतिशत २ दशमलव ७ मात्र देखिएको छ भन...
सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी

सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी

काठमाडौँ, ११ असार । नेपाल दुरसञ्चार प्राधिकरणले सबै स्थानीय तहमा अप्टिकल फाइबर बिछ्याउने तयारी गरेको छ । प्राधिकरणका वरिष्ठ निर्देशक आनन्दराज खनालले सबै स्थानीय तहमा अप्टिकल फाईबर बिछ्याउने तयारी भईरहेको जानकारी दिएका हुन् । सोमबार काठमाडौंमा आयोजित सूचना प्रविधिसम्बन्धि एक कार्यशाला गोष्ठीमा बोल्दै उहाँले प्राधिकरणले सबै जिल्ला सदरमुकामसहित महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरुमा दूरसञ्...
वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ: नेता नेपाल

वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्छ: नेता नेपाल

चितवन, ११ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेपालमा समाजवाद स्थापनाका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति मिलेर अघि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको अर्धकदको शालिकको आज यहाँ अनावरण गर्नुहुँदै उहाँले निरंकुशतावादी शक्तिको पराजयका लागि वामपन्थी र प्रजातन्त्रवादी शक्ति एकजुट भएर लडेको स्मरण गर्नुभयो । प...
करीब एक हजार ७०० कर्मचारी कारवाहीका लागि सिफारिस

करीब एक हजार ७०० कर्मचारी कारवाहीका लागि सिफारिस

काठमाडौँ, ११ असार । राष्ट्रिय सतर्कता केन्द्रले समयमा कार्यालय नआउने र पोशाक नलगाउने करीब एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरेकोे छ । केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा ८१९ कार्यालयको अनुगमन गर्दा समय पालना नगर्ने र पोशाक नलगाउने एक हजार ६६८ कर्मचारीलाई कारवाहीका लागि सिफारिस गरिएको केन्द्रका सहायक प्रवक्ता डोलनाथ अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार कारवाहीको सिफारिसमा परेकामध...
लगातारको पहिरोले मुग्लिनमा यात्रुलाई सास्ती

लगातारको पहिरोले मुग्लिनमा यात्रुलाई सास्ती

चितवन, ११ असार । पटकपटक पहिरो खस्दा आज बिहानैदेखि चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ । राति २ः३५ बजे पहिरो खसेर अवरुद्ध भएको उक्त सडकमा अहिले १२ बजेभित्र चार पटक पहिरो खसिसकेको छ जसका कारण बिहानैदेखि रोकिएका सवारी गन्तव्यमा जान पाएका छैनन् । पहिरो खस्ने, प्रहरीले सडक खोल्ने, अनि फेरि पहिरो खस्ने क्रम देखिएकाले थप सास्ती बेहोर्नुपरेको चितवनका प्रहरी नायब उपरीक्षक शिव शर्मा आचार्य ...
‘नेपालमा पुरुष नर्स पनि आवश्यक’

‘नेपालमा पुरुष नर्स पनि आवश्यक’

काठमाडौँ, ११ असार । पुरुष नर्स रत्न गुरागाईंलाई पुनः पुरुषलाई पनि नर्सको रुपमा समावेश गर्ने विषयले खुशी बनाएको छ । ‘देशलाई पुरुष नर्स पनि आवश्यक छ नि’ उहाँले भन्नुभयो । विसं २०४३ मा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम) मा नेपालमा पहिलो ब्याचका रुपमा पुरुषले नर्सिङ पढेका थिए । सोही ब्याजका नर्स हुनुहुन्छ गुरागार्इं । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो, ‘‘यो बन्द गर्नै हुँदैन्थ्यो, फेरि...
एसईईमा कुन ग्रेड आएकाले कुन विषय पढ्ने ? यसरी छान्नुहोस् बिषय

एसईईमा कुन ग्रेड आएकाले कुन विषय पढ्ने ? यसरी छान्नुहोस् बिषय

काठमाडौँ, ११ असार । सरकारले कक्षा १० को एसइई परीक्षाको नतिजामा लागू गरेको अक्षरांकन प्रणाली (ग्रेडिङ सिस्टम) प्रति अझै पनि विद्यार्थी, अभिभावक, शिक्षक अन्यौलमा पर्ने गरेका छन् । अक्षरांकन प्रणालीमा नतिजा प्रकाशन हुन थालेको दुई शैक्षिक सत्र बितिसक्दा पनि विद्यार्थी र शिक्षकमा अन्योलता यथावत छ । परिक्षा नियन्त्रण कार्यालय भक्तपुर ठिमीले बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा प्रकाशन गरेको...
धरानमा बिमानस्थल बन्ने अनिश्चित, बिराटनगर बिमानस्थललाई अन्तर्राष्ट्रीय स्तरको बनाईने

धरानमा बिमानस्थल बन्ने अनिश्चित, बिराटनगर बिमानस्थललाई अन्तर्राष्ट्रीय स्तरको बनाईने

 इटहरी, ११ असार । नेपाल नागरिक उड्डयन प्राधिकरणले विराटनगर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरको विमानस्थल बनाउने कार्यमा विशेष ध्यान दिँदै त्यसको क्षमता स्तरोन्नतिका लागि काम अघि बढाएको छ । विराटनगरसहित देशका प्रमुख केन्द्रहरु पोखरा, भैरहवा, धनगढी र नेपालगञ्ज विमानस्थलको स्तरोन्तिका लागि ठोस योजनासहित कार्य अघि बढाएको प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठले रासससँगको कुराकानीमा बताउनुभयो । न...
स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान हुने

स्थानीय निकायमा असारभित्र कर्मचारी समस्या समाधान हुने

विराटनगर, ११ असार । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले असार मसान्तभित्र सबै स्थानीय निकायमा कर्मचारी समस्या समाधान हुने बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले स्थानीय तहमा अपुग रहेका पाँच प्रतिशत कर्मचारी असार मसान्तसम्ममा पुगी जनताको सेवा गर्नेछन् भन्नुभयो । मन्त्री पण्डितले दरबन्दीअनुसार स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत शतप्रत...
भाडा माझ्न जाँदा बालिका बलात्कृत

भाडा माझ्न जाँदा बालिका बलात्कृत

गौशाला, ११ असार । महोत्तरी जिल्लाको औरही नगरपालिका–२ फुलबरिया गाउँकी एक बालिका घर नजिकै रहेको खोलामा भाँडा धुन गएका बेला बलात्कृत भएकी छिन् । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक भोला भट्टका अनुसार आइतबार साँझ स्थानीयवासी एक १३ वर्षीया बालिका घर नजिकै भएर बग्ने जंघा खोलामा भाँडा धुन गएका बेला दुईजना युवकले सामूहिक बलात्कार गरेको आरोप लगाइएको छ । प्रहरी निरीक्षक भट्टका अनुसार स्थानीय ...
महोत्तरीका सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार, २०० मा कडा कुपोषण

महोत्तरीका सात हजार भन्दा बढी बालबालिका कुपोषणको शिकार, २०० मा कडा कुपोषण

गौशाला, ११ असार । महोत्तरी जिल्लामा छ महिनादेखि ५९ महिनासम्मका सात हजार बढी बालबालिका कुपोषणको शिकार भएका छन् । जिल्ला अस्पताल महोत्तरीका चिकित्सक गिरेन्द्र झाले जिल्लाको दुई हजार २०० बालबालिकामा कडा कुपोषण र पाँच हजार दुई बालबालिकामा मध्यमखालका कुपोषण फेला परेको बताए । चिकित्सक झाका अनुसार जिल्लाको ग्रामीण भेगमा बसोबास गर्ने बालबालिका गरिबीका कारण चाहिए जति खाना खान नपाएर कुपोषणका शिकार भएका ...
धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत सवार गाडी दुर्घटना

धनकुटा नगरपालिकाका कार्यकारी अधिकृत सवार गाडी दुर्घटना

धनकुटा, ११ असार । धनकुटा नगरपालिका कार्यालयको गाडी आज बिहान दुर्घटना भएको छ । साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक बिहान करिव साँढे ९ बजे नगरपालिकाको को.१ झ ५०४ नम्बरको गाडी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । बिराटनगरबाट कार्यकारी अधिकृत टिकादत्त राईलाई लिएर धनकुटा फर्कने क्रममा गाडी दुर्घटनामा परेको नगरपालिकाका मेयर चिन्तन तामाङले संगालोखबरलाई बताए । उनका अनुसार गाडी...
चितवन प्रहरीद्वारा ११२ किलो गाँजा जलाएर नष्ट, फरार अभियुक्त पक्राउ

चितवन प्रहरीद्वारा ११२ किलो गाँजा जलाएर नष्ट, फरार अभियुक्त पक्राउ

चितवन, ११ असार ।  इलाका प्रहरी कार्यालय खैरहनी चितवनले ठूलो परिमाणको प्रतिबन्धित लागूऔषध गाँजा नष्ट गरेको छ । एक घरमा लुकाई राखिएको अवस्थामा बरामद गरिएको ११२ किलो गाँजा प्रहरीले नष्ट गरेको हो । खैरहनीका वडाध्यक्ष, जिल्ला अदालतका प्रतिनिधि, जिल्ला प्रसासन कार्यालय र पत्रकारको रोहवरमा आइतबार गाँजा जलाएर नष्ट गरिएको प्रहरीले जनाएको छ । राप्ती नगरपालिका–११ स्थित ठूलीमाया तामाङको घरमा भण्डारण गरी र...
बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

बेचबिखनमा लैजान लागेका १० महिलाको उद्धार

काठमाडौँ, ११ असार । महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले वैदेशिक रोजगारीका बहानामा चेलीबेटी बेचबिखन गर्न लैजाँदै गर्दा १० महिलालाई उद्धार गरेको छ । प्रभागले नयाँ बसपार्कबाट बसमा राखेर बुटवल हुँदै विदेश पठाउन लागेको गोप्य सूचनाका आधारमा नयाँ बसपार्क, स्वयम्भू र कलंकीबाट शनिबार र आइतबार उद्धार गरेको हो । प्रभागका प्रमुख मोहनविक्रम केसीले विदेशमा लगेर जागिर लगाइदिने प्रलोभनमा भिसासमेत नलगाइकन उन...
error: Content is protected !!