- संगालोखबर सम्वाददाता

धनकुटा, ११ असार । धनकुटा नगरपालिका कार्यालयको गाडी आज बिहान दुर्घटना भएको छ ।

साँगुरीगढी गाउँपालिका–६ घण्टे नजिक बिहान करिव साँढे ९ बजे नगरपालिकाको को.१ झ ५०४ नम्बरको गाडी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Advertisement
घण्टेमा दुर्घटना भएको नगरपालिकाको गाडी ।

बिराटनगरबाट कार्यकारी अधिकृत टिकादत्त राईलाई लिएर धनकुटा फर्कने क्रममा गाडी दुर्घटनामा परेको नगरपालिकाका मेयर चिन्तन तामाङले संगालोखबरलाई बताए ।

उनका अनुसार गाडीमा सवार कार्यकारी अधिकृत राई र चालक दुवै सकुशल छन् ।

गाडी अनियन्त्रित भएर सडकमा पल्टिएको धनकुटाका ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!