- संगालोखबर सम्वाददाता

धनकुटा, ११ असार । ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले वैदेशिक रोजगारीमा जानेका लागि पूर्वका ९ जिल्लामा आप्रावासन सुचना केन्द्र स्थापना गर्ने भएको छ ।

वैदेशिक रोजगारमा जानका लागि राहदानी बनाउन आउनेहरुकालागि धनकुटा, सुनसरी, मोरङ, तेह्रथुम, भोजपुर, उदयपुर, खोटाङ, सप्तरी र सिरहामा सूचना केन्द्र स्थापना गर्न लागिएको हो ।

Advertisement

नौ वटै जिल्लामा भएका जिल्ला प्रशासन कार्यालयमा सुचना केन्द्र स्थापना गरिने उद्यम सेवा केन्द्र धनकुटाका संयोजक गौरव कार्कीले जानकारी दिए ।

‘वैदेशिक रोजगारीमा जानुअघि धेरै कुराको ज्ञान नहुँदा बिदेशमा पुगेर समस्या भोग्नु परिरहेको हुन्छ ।’ उनले भने ‘अब वैदेशिक रोजगारमा जानुअघि चाहिने विषयमा जानकारी गराउछौ ।’

राहदानी बनाउन आउनेका लागि कसरी विदेश जाने, के सिप सिकेर जाने र को मार्फत जाने भन्ने विषयमा सुचना केन्द्रबाट परामर्श दिईनेछ ।

वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र अत्याधिक लाभदायक बनाउन यो कामको सुरुवात गर्न लागिएको उद्यम सेवा केन्द्र तेह्रथुमका संयोजक बल बहादुर पौडेलले बताए ।

सरोकारवालासँग अन्तरक्रिया

यसैबीच ग्रामिण उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) ले आप्रवासनसँग सम्बन्धित सरोकारवालासँग अन्तरक्रिया गोष्ठि गरेको छ । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख टंक चुवानले विदेश जाने प्रवृत्ति अन्त्य गरेर स्वरोजगार बन्नुपर्ने बताए ।

स्वरोजगार कायम गर्दै देश धनी बनाउन लाग्नुपर्ने बेला आएको भन्दै उनले हरेक नागरिक उद्यमी बन्नुपर्नेमा जोड दिए ।

विदेश जानै परे पनि सिप सिकेर मात्र जान उनको सुझाव छ ।

उद्यम तथा विप्रेषण आयोजना (समृद्धि) का आप्रवासन विज्ञ लेकबहादुर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रममा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष शेरबहादुर लिम्बू, जिल्ला युवा समितिका अध्यक्ष अर्जुन छारा, सहायक प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडा लगायतले पनि बिदेश जानेहरुलाई सिप सिकेर मात्र जान सुझाव दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!