संगालोखबर सम्वाददाता

धनकुटा, ११ असार । अन्तरजातिय विवाहको कथाबस्तुमा आधारित चलचित्र ‘गोल’ को छायांकन धनकुटामा भईरहेको छ । किशोर बुढाथोकी र सविना कार्कीले चलचित्रको मुख्य भूमिकामा अभिनय गरिरहेका छन् ।

Advertisement

दलित समुदाय र छुवाछुतलाई चलचित्रमा प्राथमिकताका साथ समेटिएको निर्माण टिमले जनाएको छ । चलचित्रको ८० प्रतिशत छायांकन धनकुटामा हुने कलाकार जोगमाया लुम्बाले जानकारी दिईन् । उनका अनुसार धरान, इटहरी लगायत स्थानमा वाँकी छायांकन हुने छ ।

आइपी भट्टराईले निर्माण गर्दै गरेको चलचित्रको भीम लामाले निर्देशन  र प्रकास सुब्बाले छायांकन गरिरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!