- ईश्वर थापा/संगालोखबर

धनकुटा, ११ असार । धनकुटाको राजारानीमा जारी प्रदेश स्तरीय प्रथम सगरमाथा कप भलिवल प्रतियोगिताको उपाधिका लागि सुनसरी र ओखलढुंगाबीच प्रतिष्पर्धा हुने भएको छ ।

Advertisement

सोमवार भएको सेमिफाइनलमा सुनसरीले ताप्लेजुङलाई र ओखलढुंगाले भोजपुरलाई पराजित गर्दै दुवै टिमले फाईनलको यात्रा सुरक्षित गरेका हुन् । अव सुनसरी र ओखलढुंगा उपाधिका लागि मंगलवार फाईनलमा भिड्नेछन् ।

सेमिफाइनलमा ताप्लेजुङलाई २५–१२, २५–२२ र २५–१५ को सोझो सेटमा पराजित गर्दै सुनसरी फाईनल पुगेको हो ।

यता २५–२०, २५–२०, २५–१९ को सोझो सेटमा भोजपुरलाई पराजित गर्दै ओखलढुंगाले फाईनलको यात्रा तय गरेको हो ।

सेमिफाइनलमा पराजित ताप्लेजुङ र भोजपुरवीच तेस्रो स्थानका लागि मंगलवार नै खेल हुने रेफ्री विनय राईले जानकारी दिए । नकआउट चरणमा भएको प्रतियोगितामा प्रदेश १ का १४ वटै जिल्लाका एक/एक टिमवीच उपाधिका लागि प्रतिष्प्रधा भएको हो ।

प्रतियोगिताको विजेताले ५० हजार नगदसहित ट्रफी, उपविजेताले ३० हजारसहित फष्ट रनरअप ट्रफी र तेस्रो हुनेले २० हजारसहित सेकेण्ड रनरअप ट्रफी पाउने आयोजकले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!