मलेसियामा कामदार चढेकाे बस दुर्घटना, कम्तीमा ३६ नेपाली घाइते
काठमाडौँ, ११ असार । मलेसियाको पेनाङस्थित पया टेर्वोङमा कामदार बाेकेको बस सोमबार बिहान दुर्घटना हुदाँ कम्तीमा ३६ जना नेपाली कामदार घाइते भएका छन् । बसमा ६० जना कामदार सवार थिए ।
प्लेकसस् कम्पनीको ‘सी’ साइडमा काम गर्न जानेक्रममा ती कामदार चढेको बस सडकमा पल्टिएको हो । स्थानीय समय अनुसार बिहान ५:३० बजे दुर्घटना भएको हो ।
उनीहरुकाे पालुवा पेनाङ अस्पतालमा उपचार भइरहेको छ । ‘मेरो टाउकोमा सामान्य ...































