सरकारले हरेक नेपालीलाई शेयर दिने गरी महत्वपूर्ण आयोजना छनोट गर्ने

सरकारले हरेक नेपालीलाई शेयर दिने गरी महत्वपूर्ण आयोजना छनोट गर्ने

काठमाडौँ, २६ असार । सरकारले हरेक नेपाली नागरिकलाई शेयर दिने गरी केही महत्वपूर्ण आयोजना छनोट गर्ने भएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आज भएको छलफलमा जनताले शेयर लगानी गर्न सक्ने गरी आयोजनाको क्षमता निर्धारण गरेको हो । जनताको शेयर लगानी रहने गरी ७२५ मेगावाटको माथिल्लो अरुण, ४०० मेगावाटको तल्लो अरुण, १०० मेगावाटको तामाकोसी पाँचौँ, ४८ मेगावाटको भेरी–बबई डाइभर्सन, २१० मेगावाटको सेती चैनपु...
नेपाल र जापानबीच सम्बन्ध अझ प्रगाढ बनाइने

नेपाल र जापानबीच सम्बन्ध अझ प्रगाढ बनाइने

काठमाडौं, २६ असार । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना र नेपालका लागि जापानका राजदूत मासाचिमी सिगोबीच शिष्टाचार भेटघाट भएको छ । सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा आज उनीहरुबीच भेटघाट भएको तिमिल्सिनाका प्रेस संयोजक अशोक पौडेलले जानकारी दिए । भेटमा उनीहरुबीच नेपाल र जापानबीच कुटनीतिक सम्बन्धबारे छलफल भएको थियो । अध्यक्ष तिमिल्सिनाले नेपाल लामो संक्रमणपछि शान्ति र विकासतर्फ अगाडि...
गुफामा थुनिएका सबैजनाको उद्धार

गुफामा थुनिएका सबैजनाको उद्धार

थाइल्याण्ड, २६ असार । थाइल्याण्डमा बाढीका कारण विगत दुई हप्तादेखि गुफामा थुनिएका सबै जनाको मङ्गलबारसम्ममा उद्धार गरिएको थाइल्याण्डको नौसैनिक एक एकाईले आफ्नो फेसबुक पेजमा जनाएको छ । फुटबलको तालिमका लागि गएका १२ बालक तथा उनीहरूका खेल प्रशिक्षक अठार दिनदेखि व्यापक वर्षापछि आएको बाढीका कारण गुफामा फसेका थिए । नौसैनिक स्रोतले दिएको जानकारी अनुसार फसेका सबैजनालाई सकुशल उद्धार गरीएको छ । यद्यपि लामो ...
विश्व बैंकसँगको सम्बन्ध थप सुदृढ बनाइने

विश्व बैंकसँगको सम्बन्ध थप सुदृढ बनाइने

काठमाडौँ, २६ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विश्व बैंकसँगको सम्बन्ध थप सुदृढ बनाउने भएको छ । श्रममन्त्री गोकर्णराज विष्टसँग नेपालस्थित विश्व बैंकका प्रबन्धक फिरोज एच। हाडेड जेभोसले मन्त्रालयमा आज गर्नु भएको भेटवार्तामा दुवै पक्षबीच सम्बन्ध थप सुदृढ गरिने मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । सो भेटमा मन्त्री विष्टले देशको बहुपक्षीय विकासका लागि नेपाल र विश्व ...
नयाँ जलस्रोत नीति: भूमिगत पानीको संरक्षणमा विशेष जोड

नयाँ जलस्रोत नीति: भूमिगत पानीको संरक्षणमा विशेष जोड

काठमाडौँ, २६ असार । सरकारले भूमिगत जलभण्डार घट्दै गएकामा चिन्ता व्यक्त गर्दै त्यसलाई पुनःभरणको व्यवस्था गर्न प्रभावकारी एवं बाध्यकारी व्यवस्थासहितको नीतिगत व्यवस्था गर्न लागेको छ । प्रस्तावित जलस्रोत नीतिमा भूमिगत जलभण्डारमा पुनःभरण गर्ने भावर, शहरी तथा अन्य क्षेत्रको रेखाङ्कन गरी त्यस्ता क्षेत्रमा प्रदूषण गर्ने तथा पुनःभरण कार्यमा बाधा पु¥याउने कार्यको नियन्त्रण गर्ने कडा प्रावधान राखेको छ । ...
सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनको माग

सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनको माग

काठमाडौँ, २६ असार । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण व्यवसायीको समस्या स्थायी रुपमा समाधान गर्न यथाशीघ्र सार्वजनिक खरिद ऐन तथा नियमावली संशोधनका लागि पहल गर्न माग गरेको छ । महासंघ प्रतिनिधिमण्डलले आज कानूनमन्त्री शेरबहादुर तामाङलाई भेटी व्यवसायमैत्री ऐन कानून निर्माण हुनुपर्नेमा जोड दिएको हो । महासंघ अध्यक्ष विष्णुभाई श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री तामाङलाई भेटी व्यवसायीले भो...
मोरङका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, दुईको मृत्यु

मोरङका छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटना, दुईको मृत्यु

मोरङ, २६ असार । मोरङका दुई छुट्टाछुट्टै स्थानमा आज भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बूढीगंगा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा आज दिउँसो बसको ठक्करबाट एक साइकलयात्री वृद्धको मृत्यु भएको छ । विराटनगरबाट यात्रु लिएर उदयपुरतर्फ जाँदै गरेको ना. ५ ख. ५००८ नं. को बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका बूढीगंगा–३ का ६५ वर्षीय विर्खबहादुर कार्कीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार...
त्रिशुली जलबिद्युत केन्द्रमा भीषण आगलागी

त्रिशुली जलबिद्युत केन्द्रमा भीषण आगलागी

नुवाकोट, २६ असार । नुवाकोटको त्रिशुली जलविधुत केन्द्रमा भीषण आगलागी भएको छ । केहीबेर अघि सुरु भएको आगो नियन्त्रणबाहिर गएको छ । आगो निभाउनका लागि दमकलको प्रयोग असम्भव भएपछि ग्यासको प्रयोग गरेर नियन्त्रणको प्रयास भैरहेको नुवाकोटका एसपी बसन्त कुँवरले जानकारी दिए । आगलागी हुँदा विद्युत पावर हाउसबाट विद्युत बाहिर पठाउने ४ वटा ब्रेकर जलेर नष्ट भएको नुवाकोटमा प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए...
जापानमा बाढीबाट मृत्यु हुने १५६ पुगे

जापानमा बाढीबाट मृत्यु हुने १५६ पुगे

टोकियो, २६ असार । जापानको पश्चिमी क्षेत्रका केही इलाकामा परेको अविरल वर्षाका कारण मङ्गलबार बिहानसम्ममा १६५ जनाको मृत्यु भएको छ । जापान सरकारका प्रमुख प्रवक्ताले सो हताहतको पुष्टि गर्नुभएको छ । सोमबार बिहानसम्म मृत्यु हुनेको संख्या १०० पुगेको जापानको राष्ट्रिय टेलिभिजन प्रसारण संस्था, एनएचकेले जनाएको थियो । तर मङ्गलबार बिहानसम्ममा थप ५६ ओटा शव प्राप्त भएपछि सो सङ्ख्या बढेर १५६ पुगेको हो । अविर...
महोत्तरीमा बैंकबाट पैसा झिकेर फर्किने क्रममा १७ लाख लुटियो

महोत्तरीमा बैंकबाट पैसा झिकेर फर्किने क्रममा १७ लाख लुटियो

महोत्तरी, २६ असार । महोत्तरीको जलेश्वरमा बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक युवकको १७ लाख २५ हजार रुपैयाँ लुटिएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक कुबेर कडायतका अनुसार मनरासिस्वा नगरपालिका–७ सरपल्लो बजारमा प्रभु मनि ट्रान्सफर सञ्चालन गर्दै आएका सञ्जित साहले जिल्ला सदरमुकाम जलेश्वरस्थित लक्ष्मी बैंक र प्रभु बैंकबाट लैजाँदै गरेको रु १७ लाख २५ हजार दुईवटा मोटरसाइकलमा आएका अज...
गँजडी र मगन्तेरहित पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै

गँजडी र मगन्तेरहित पशुपति क्षेत्र योग र ध्यान साधना केन्द्रमा परिणत हुँदै

काठमाडौँ, २६ असार । गाँजा तान्ने अखडा र माग्नेको लामलाई मुक्त गरी पशुपति क्षेत्रलाई ध्यान तथा योग साधना स्थलका रुपमा योजनाबद्ध विकास गर्ने अभियान शुरु भएको छ । गाँजा खाने एवं किनबेच गर्नेको अखडाका रुपमा रहेको वाग्मती किनारको सूर्यघाट क्षेत्रका १० वटा गुफा खाली गरी रंगरोगन शुरु गरिएको छ । सूर्यघाट क्षेत्रलाई ध्यान केन्द्रका रुपमा विकास गर्न पशुपति क्षेत्र विकास कोषले आगामी आर्थिक वर्ष २०७५/७६ क...
दैनिक २० हजारको मौसमी बेलुन उडाइँदै

दैनिक २० हजारको मौसमी बेलुन उडाइँदै

काठमाडौँ, २६ असार । मुलुकको मौसमी सूचना प्रणालीलाई व्यवस्थित र प्रभावकारी बनाउन जल तथा मौसम विज्ञान विभागले दैनिक रु २० हजारको मौसमी बेलुन उडाउँदै आएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जल तथा मौसम विज्ञान विभाग र त्रिभुवन विश्वविद्यालय, जल तथा मौसम विज्ञान केन्द्रीय विभागको सहकार्यमा यही असार ६ गतेदेखि बेलुन उडाउन शुरु गरिएको हो । प्रत्येक दिन कीर्तिपुरबाट बिहान ५ः३० बजे बेलुन...
डा. केसीको अनशनबारे राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

डा. केसीको अनशनबारे राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौँ, २६ असार । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक, २०७५ तत्काल सदनसमक्ष प्रस्तुत गरियोस् भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरेको छ । जनताको प्रत्यक्ष सरोकार भएको स्वास्थ्य शिक्षा र सेवालाई सर्वसुलभ र गुणस्तरीय बनाउन जारी भएको अध्यादेशअनुरुप सो विधेयक प्रस्तुत गर्न र अनशनरत डा गोविन्द केसीको स्वास्थ्य उपचारको उचित ...
विश्वकप सेमिफाइनलका खेल आजदेखि सुरु हुँदै, बेल्जियम र फ्रान्स भिडने

विश्वकप सेमिफाइनलका खेल आजदेखि सुरु हुँदै, बेल्जियम र फ्रान्स भिडने

काठमाडौँ, २६ असार । विश्वकपको सेमिफाइनलका खेल आजदेखि सुरु हुँदैछन । पहिलो सेमिफाइनलमा आज बेल्जियम र फ्रान्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेल विश्वकप फाइनल अघिको फाइनलका रुपमा पनि हेरिएको छ । रसियाको क्रिस्तोभस्की रंगशालामा हुने दुई बलिया टिमको खेल राति पौने १२ बजेट सुरु हुनेछ । यो खेललाई स्टार खेलाडी विरुद्धको खेलका रुपमा पनि हेरिएको छ । गोल्डेन जेनेरेसनबाट गुज्रिरहेको बेल्जियमले फ्रान्स विरुद्ध ...
१२ लाख क्युसेक पानी नियन्त्रण गर्ने कोशीब्यारेजको क्षमता आधा घट्यो

१२ लाख क्युसेक पानी नियन्त्रण गर्ने कोशीब्यारेजको क्षमता आधा घट्यो

सुनसरी, २६ असार । पहाडी जिल्लाहरुमा बर्षात शुरु भएपछि कोशी नदीमा पानीको बहाव घट्ने बढ्ने क्रम शुरु भएको छ । तर बहाव बढेपछि मापन गर्ने सयंन्त्र चुस्त दुरुस्त नहुँदा समस्या हुने गरेको छ । कति पानी हुँदा कोशीमा खतरा बढ्ने र खतरा मुक्त हुने भन्ने बिषयको मापन ब्यारेजलाई मात्र आधार मान्दा गतल हुने विज्ञहरुको निष्कर्ष छ । कोशी ब्यारेज भन्दा पनि महत्वपूर्ण बराहक्षेत्रको मापनले मात्र कोशी नदीमा कतिको खत...
अझै २२ लाख नागरिक भूमिहीन

अझै २२ लाख नागरिक भूमिहीन

काठमाडौँ, २६ असार । नेपालमा अझै २२ लाख नागरिक भूमि अधिकारबाट वञ्चित रहेको पाइएको छ । भूमि नीति बनेको ५४ वर्ष बितिसक्दा पनि ती भूमिहीनले भूमि पाउन सकेका छैनन् । राष्ट्रिय भूमि अधिकार अञ्चका अनुसार साढे ४ लाख सुकुम्बासी, ६० हजार हलिया, ५ लाख बेदर्तावाल मोही, सुकुम्बासी, कमैया, कमलरी, गुठी, बिर्ता, रैकरलगायत २५ प्रकृतिका भूमिहीनले यो अधिकार पाएका छैनन् । २०२१ सालमा भूमि ऐन आए पनि भूनीति बन्न नसक्...
९० बर्षिया अपांग बृद्धालाई पनि बलात्कार !

९० बर्षिया अपांग बृद्धालाई पनि बलात्कार !

काठमाडौँ, २६ असार । मदिराको नशामा ९० बर्षीया अपांग बृद्धालाई बलात्कार गरेको अभियोग लागेको २० बर्षीय युवकलाई ११ बर्ष जेल सजाय सुनाईएको छ । पर्वतको मोदी गाउँपालिका १ का २० बर्षीया शंकर परियारलाई पर्वत जिल्ला अदालतले ११ बर्ष कैद हुने फैसला सुनाएको हो । पर्वत जिल्ला अदालतका न्यायाधीश धुव्रसाद सापकोटाको ईजलासले परियारलाई पुर्वपक्षका ११ बर्ष कैद र ३० हजार क्षतिपुर्ति तिराउने फैसला गरेको स्रेस्तेदार ...
चितवन राष्ट्रिय निकुञ्जबाट २६ गैँडा उपहार

चितवन राष्ट्रिय निकुञ्जबाट २६ गैँडा उपहार

चितवन, २६ असार । चितवन राष्ट्रिय निकुञ्जबाट बिभिन्न देशमा हालसम्म २६ गैँडा उपहारस्वरुप पठाइएको छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदप्रसाद ढकालका अनुसार अमेरिकामा छ र भारतमा चार तथा बंगलादेश, पाकिस्तान, थाइल्याण्ड, म्यान्मा, जापान, जर्मनी, बेलायत र अष्ट्रियामा दुई दुई गैँडा पठाइएको छ । निकुञ्ज तथ्यांकअनुसार पहिलो पटक सन् १९८५ मा भारतको दुधुवामा चार गैँडा पठाइएको थियो । पछिल्लो पटक सन् २००६ म...
अब सेनाले पनि इन्धन ढुवानी गर्ने

अब सेनाले पनि इन्धन ढुवानी गर्ने

काठमाडौँ, २६ असार ।  शान्ति सुरक्षाको जिम्मेवारी पाएको नेपाली सेनालाई सरकारले इन्धन ढुवानी गर्न दिने भएको छ । निजी क्षेत्रले पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन ढुवानी गर्दै आएकोमा अब ढुवानीको जिम्मा सेनालाई पनि दिन लागिएको हो । सेनाको कल्याणकारी कोषलाई पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर सञ्चालन अनुमति दिने प्रक्रिया अघि बढाउने निर्णय भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।...
कांग्रेस छोड्ने गच्छदारको धम्की

कांग्रेस छोड्ने गच्छदारको धम्की

काठमाडौँ, २६ असार । सरकारको पछिल्लो क्रियाकलाप प्रति प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस आक्रोशित भएको छ । डा. गोविन्दा केसीको अनसन, पूर्ववर्ती सरकारले गरेका राजनीतिक नियुक्ति खारेज र माइतीघर मण्डला लगाएतका क्षेत्रमा निषेधित क्षेत्र घोषणा गरेको भन्दै कांग्रेस आक्रोशित भएको छ । सरकार प्रति आक्रोशित बन्दै गएको नेपाली काँग्रेसले सडक देखि संसद सम्म आवाज उठाउने प्रयास गरेको छ । प्रतिपक्षको भुमिका क...
संसदीय सुनुवाई समिति गठन

संसदीय सुनुवाई समिति गठन

काठमाडौँ, २६ असार । प्रतिनिधिसभाको सोमबारको बैठकले संसदीय सुनुवाई समिति गठन गरेको छ । सभामुख कृष्णबहादुर महराले समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्तुत गर्नुभएको प्रस्तावलाई सदनले सहमती दिएको थियो । समितिमा अमृता थापा (नेकपा), निरुदेवी पाल (नेकपा), पार्वत गुरुङ (नेकपा), पूर्णाकुमारी सुवेदी (नेकपा), योगेशकुमार भट्टराई (नेकपा), शिवकुमार मण्डल केवट (नेकपा), सुरेन्द्रप्रसाद पाण्डे (नेकप...
२०७५ असार २६ गते मंगलबार/आजको राशिफल

२०७५ असार २६ गते मंगलबार/आजको राशिफल

वि.सं. २०७५ साल असार २६ गते। मंगलबार। इश्वी सन् २०१८ जुलाई १० तारिख। नेपाल संवत् ११३८ तछलागा। आषाढ कृष्णपक्ष। तिथि– द्वादशी, १५:३८ बजेउप्रान्त त्रयोदशी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) आत्मविश्वासको कमीले काममा पछि परिनेछ। अर्थ अभावले पनि अलि सताउन सक्छ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। प्रयत्न गर्दा बोलीको प्रभावले काम बनाउन सकिनेछ। बुद्धिको उपयोगले विद्या त...
युवतीलाई ललाइफकाई केरुङ पु¥याएको आरोपमा दुई जना पक्राउ

युवतीलाई ललाइफकाई केरुङ पु¥याएको आरोपमा दुई जना पक्राउ

रसुवा, २५ असार । ललाइफकाई एक युवतीलाई नक्कली नागरिकतासमेत खडा गरी केरुङ पु¥याएको आरोपमा दुई युवालाई रसुवा प्रहरीले आज पक्राउ गरी अनुसन्धान शुरु गरेको छ । जिल्ला प्रहरी प्रमुख सन्तोष तामाङका अनुसार पक्राउ पर्नेमा कास्की जिल्ला, पोखरा लेखनाथ नगरपालिका–२६ बस्ने २४ वर्षीय सुरज दर्जी र कास्की जिल्ला पोखरा महानगरपालिका–६ धादिङ गाउँ बस्ने २४ वर्षीय समर परियार छन् । उनीहरुलाई चिनियाँ प्रहरीको समन्वयमा...
धनकुटामा करेन्ट लागेर गंभीर घाईते

धनकुटामा करेन्ट लागेर गंभीर घाईते

धनकुटा, २५ असार । धनकुटामा आज दिउँसो करेन्ट लागेर एक युवक गंभीर घाइते भएका छन् । धनकुटा–७ बसपार्क स्थित दिपेन्द्र पराजुलीको निर्माणाधिन घरमा आल्मुनियम सिसा लगाउँने क्रममा करेन्ट लाग्दा दैलेखका २५ बर्षीय गणेश रावत गंभीर घाइते भएका हुन् । काम गर्ने क्रममा घर छेउमा रहेको मेन लाइनको नाङ्गो तारले भेटेर रावतलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । गंभीर घाइते उनलाई तत्काल धनकुटा...
एउटा बिरुवा रोपे २० दिइने

एउटा बिरुवा रोपे २० दिइने

सल्यान, २५ असार । शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने भएको छ । नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा रु २० का दरले उपलब्ध गराइने घोषणा गरे । नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प्रमुख अधिकारीले बिरुवा लिएर हुर्काउने सबैलाई अर्को वर्ष अनुगमनपछि रकम भुक्तानी गरिने जानकारी दिए । नगरपालिकाले नग...
पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

पाकिस्तानसँग व्यापार, पर्यटन, लगानी र क्रिकेटमा सहकार्य गर्न आग्रह

काठमाडौँ, २५ असार । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदसँग आज भएको शिष्टाचार भेटघाटमा आगामी दिनमा दुई देशबीच व्यापार, पर्यटन, लगानी र क्रिकेटजस्ता खेलकूदमा सहकार्य गर्दै जानुपर्ने बताएका छन । अध्यक्ष तिमिल्सिनाले सिंहदरबारस्थित राष्ट्रियसभा अध्यक्षको कार्यकक्षमा भएको भेटघाटमा पाकिस्तानले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कमा खेलेको भूमिका र...
छोरी जन्मे वार्षिक १० हजार भत्ता

छोरी जन्मे वार्षिक १० हजार भत्ता

कलैया, २५ असार । प्रसौनी गाउँपालिकाले छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए । गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने निर्णय गरेको छ । गाउँपालिकाको आजको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र सुत्केरी महिलालाई भत्ता दिने कार्यक्रम लागु गर्ने तथा गर्भवतीका हकमा दुई पोका नुुन र रु एक हजारका दरले मासिक भत्तासमेत दिने निर्णय ग...
माइतीघर मण्डलामा सरकारविरुद्ध नेविसंघको प्रदर्शन

माइतीघर मण्डलामा सरकारविरुद्ध नेविसंघको प्रदर्शन

काठमाडौँ, २५ असार । सरकारविरुद्ध नेपाली कांग्रेसको भातृसंस्था नेपाल विद्यार्थी संघले माइतीघर मण्डलामा सोमबार दिउँसो प्रदर्शन गरेको छ। सरकारले संविधान प्रदत्त अधिकार खोस्ने गरी निषेधाज्ञा लगाउने तयारी गरेको तथा चिकित्सा क्षेत्र सुधारका लागि आमरण अनसन बसेका डाक्टर गोविन्द केसीका मागहरू पुरा गर्न सरकार जिम्मेवार नभएकोप्रति नेविसंघ सडकमा उत्रिएको हो । सरकारले साउन १ देखि तोकिएका स्थानबाहेक अन्यत्र...
धनकुटाको सहिदभूमी क्षेत्रमा राखियो सडक बत्ति

धनकुटाको सहिदभूमी क्षेत्रमा राखियो सडक बत्ति

धनकुटा, २५ असार । रातको समयमा हुने आपराधिक घटना न्यूनिकरण र आवत जावतमा सहजताका लागि जिल्लाको सहिदभूमि गाउँपालिकाको बजार क्षेत्रमा सडक बत्ति राखिएको छ । स्थानीय सुकेआहाल, थलथले, पिप्ले, पञ्चकन्या, छिन्ताङ देबीथान र साम्मुगाउँमा सडक बत्ति राखिएको हो । २२ लाखको लगानीमा अध्यारोमा बल्ने र उज्यालोमा आफै निभ्ने २० वटा स्वचालित सोलार सडक बत्ति राखिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । ‘स्थानी...
प्रतिपक्षीले कमजोर त्यान्द्रो समाएको छः प्रधानमन्त्री ओली

प्रतिपक्षीले कमजोर त्यान्द्रो समाएको छः प्रधानमन्त्री ओली

काठमाडौँ, २५ असार। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दलले कमजोर त्यान्द्रो समाएर आन्दोलन गर्न खोजेको बताएका छन । नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलको बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारले जनताको पक्षमा गरिरहेको कामलाई आझेलमा पार्न अनेकन प्रयास भएको बताए । “निर्वाचनमा वाम गठबन्धनलाई जनताले बुहमत दिएर पठाए । यो गठबन्धन एउटा पार्टी भइसक्यो”–प्रधानमन्त्री ओलीले भने, “प...
विश्वकपः सेमिफाइनल मंगलबारदेखि

विश्वकपः सेमिफाइनल मंगलबारदेखि

काठमाडौँ, २५ असार । रुसमा जारी २१ औँ संस्करणको फिफा विश्वकप– २०१८ को सेमिफाइनल खेल मंगरबारदेखि शुरु हुुने भएको छ । यस पटकको विश्वकपको सेमिफाइनलमा युरोपका चार टोलीले प्रतिष्पर्धा गर्ने भएका छन् । यसैले विश्वकपको उपाधि पनि युरोपेली देशले नै भित्र्याउने निश्चित छ । सेमिफाइनलमा फ्रान्स(घरेलु मैदानमा ब्राजिललाई हराई १९९८को विजेता), बेल्जियम, बेलायत(घरेलु मैदानमा तत्कालीन प जर्मनीलाई हराई १९६६को विजे...
error: Content is protected !!