सल्यान, २५ असार । शारदा नगरपालिकाले एउटा बिरुवा रोप्नेलाई रु २० दिने भएको छ ।

Advertisement

नगरवासीलाई विभिन्न जातका बिरुवा वितरण गर्दै नगर प्रमुख सुरेश अधिकारीले बिरुवा लिएर हुर्काउनेलाई प्रतिबिरुवा रु २० का दरले उपलब्ध गराइने घोषणा गरे ।

नगरपालिकाका १५ वटै वडामा फलफूलका बिरुवा वितरण गर्दै नगर प्रमुख अधिकारीले बिरुवा लिएर हुर्काउने सबैलाई अर्को वर्ष अनुगमनपछि रकम भुक्तानी गरिने जानकारी दिए । नगरपालिकाले नगरमा आँप, लिची, सुन्तला, कागती, ओखर तथा अन्य जडीबुटीका २४ हजार बिरुवा वितरण गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!