काठमाडौँ, २६ असार । प्रतिनिधिसभाको सोमबारको बैठकले संसदीय सुनुवाई समिति गठन गरेको छ । सभामुख कृष्णबहादुर महराले समितिमा रहनुहुने सदस्यको नाम मनोनयनका लागि प्रस्तुत गर्नुभएको प्रस्तावलाई सदनले सहमती दिएको थियो ।

Advertisement

समितिमा अमृता थापा (नेकपा), निरुदेवी पाल (नेकपा), पार्वत गुरुङ (नेकपा), पूर्णाकुमारी सुवेदी (नेकपा), योगेशकुमार भट्टराई (नेकपा), शिवकुमार मण्डल केवट (नेकपा), सुरेन्द्रप्रसाद पाण्डे (नेकपा), पुष्पा भुषाल गौतम (नेका), ज्ञानेन्द्रबहादुर कार्की (नेका), भिमसेनदास प्रधान (नेका) लक्ष्मणलाल कर्ण (राजपा) तथा राजेन्द्र प्रसाद श्रेष्ठ (संघीय समाजवादी फोरम) रहेका छन् । राष्ट्रिय सभाले सांसद् सुमनराज प्याकुरेल (नेकपा), नन्दा चपाइँ (नेकपा) र जितेन्द्र नारायण देव (नेका) लाई समितिमा पठाएको छ ।

संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली समितिको प्रतिवेदन, २०७५ को परिच्छेद ५ मा समितिसम्वन्धी व्यवस्था गरेको छ । संविधानको धारा २९२ मा संसदीय सुनुवाई सम्वन्धी व्यवस्था छ । संविधानमा नै १५ सदस्यीय समिति रहने उल्लेख छ ।

आजको नेपाल समाचारपत्रमा यो खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!