
आगलागी हुँदा विद्युत पावर हाउसबाट विद्युत बाहिर पठाउने ४ वटा ब्रेकर जलेर नष्ट भएको नुवाकोटमा प्रहरी प्रमुख एसपी बसन्त कुँवरले जानकारी दिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ । ‘मुसा भित्र छिरेर विद्युत सर्ट भएको अनुमान गरिएको छ’ उनले भने ।
घटनास्थलमा भएका एसपी कुवँरका अनुसार आगो नियन्त्रणका लागि आग्नि नियन्त्रक, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ । जलविद्युत केन्द्रको ब्रेकरमा आगलागी भएको जनाइएको छ । आगो नियन्त्रणको प्रयास जारी रहेको छ ।