देवानी र अपराध संहिता विषयमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह
काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले भने, “मुलुकी देवानी र मुलुकी अपराध संहिता लागू गर्ने कुरामा निकै भ्रमपूर्ण हल्ला चलाइएको छ, तर यो त पोहोर साल नै व्यापक छलफल गरेर...






























