बिबिसी

काठमाडौँ, ३० साउन । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले उनको देशले सन् २०२० वा त्योभन्दा अगाडि नै मानवसहितको अन्तरिक्ष अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

Advertisement

भारतको ७२ औँ स्वतन्त्रता दिवसको उपलक्ष्यमा दिल्लीस्थित लालकिलाबाट परम्परागत सम्बोधन गर्ने क्रममा उनले महिला वा पुरुष अन्तरिक्षयात्रीले भारतको राष्ट्रिय झन्डा सो अभियानमा साथै लैजाने बताए।

यदि उक्त अभियान सफल भए अमेरिका, रुस र चीनपछि मानवसहितको अन्तरिक्ष यात्रा सञ्चालन गर्ने भारत चौथो देश हुनेछ।

भारतको अन्तरिक्ष निकायले चन्द्रमा तथा मङ्गल ग्रहको कक्षमा अन्तरिक्षयान पठाइसकेको छ।उसले नियमित रूपमा भू-उपग्रहहरूको प्रक्षेपण समेत गर्दै आएको छ।

सो निकायले अन्तरिक्षको जानकारी लिने मात्र होइन त्यसका लागि विकास गरिएका प्रविधिलाई राष्ट्रिय विकासमा पनि प्रयोग गर्न लक्ष्य राखेको छ।

चार वर्षअगाडि भारतीय अन्तरिक्ष निकाय इसरोले मङ्गलयान नामक अन्तरिक्षयानलाई उक्त ग्रहको कक्षमा सफलतापूर्वक प्रवेश गराएको थियो।

उक्त अभियानका निम्ति भारतले करिब सवा सात अर्ब रुपैयाँ खर्च गरेको थियो।अन्य देशले त्यस्तै अभियानका निम्ति खर्च गरेको रकमको तुलनामा उक्त परिमाण निकै किफायती मानिएको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!