शनिबारदेखि सुरु हुने एसियाडको तयारी पूरा

शनिबारदेखि सुरु हुने एसियाडको तयारी पूरा

जकार्ता, १ भदौ । आकारको दृष्टिमा एसियाली खेलकूद असाधारण छ । यस प्रतियोगितामा करिब ११,५०० एथ्लेटिक्स खेलाडी सहभागी हुनेछन् । यो संख्या गृष्मकालीन ओलम्पिकमा सहभागी हुनेभन्दा १,००० भन्दा बढी हो । विविधताको दृष्टिमा, ओलम्पिकमा नदेखिएका धेरै किसिमका खेलहरु यहाँ समेटिएका छन् र यी एसियाका खास खेल हुन् । भारतको लोकप्रिय खेल कबड्डी, उज्वेकिस्तानको परम्परागत मार्सल आर्ट वा इन्डोनेसियाली मार्सल आर्टलाई के...
सन्त नेता वाजपेयीको अपरान्ह् ४ बजे अन्त्येष्टि

सन्त नेता वाजपेयीको अपरान्ह् ४ बजे अन्त्येष्टि

नयाँ दिल्ली, १ भदौ । तीन पटक भारतको प्रधानमन्त्री बन्न सफल हुनुभएका अटल विहारी वाजपेयीलाई भारतीय नागरिकले राजनीतिक दलको नेता या भारतका पूर्वप्रधानमन्त्रीका रुपमा मात्र नभएर एकजना सन्त नेताका रुपमा पनि हेर्ने गर्छन् । अविवाहित रहेका र एकजना कविको पनि पहिचान बनाएका यस्ता नेता वाजपेयीको बिहीबार साँझ ५ बजे निधन भएको छ । अल इन्डिया मेडिकल इन्स्टिच्युट् अफ मेडिकल साईन्स (एम्स) ले बिहीबार साँझ उहाँको ...
अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे

अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको सिस्टम “ह्याक” गरे

सिड्नी, १ भदौ । एप्पल कम्प्युटरमा काम गर्ने “सपना” बुनेका एक अस्ट्रेलियाली स्कुले छात्रले एप्पलको कम्प्युटर प्रणाली ह्याक गरेको अस्ट्रेलियाली सञ्चार माध्यमहरुले जनाएका छन् । एप्पल कम्पनीले जारी गरेको विज्ञप्तिमा ग्राहकका कुनै पनि विवरणलाई दुरुपयोग नगरिएको स्पष्ट गरेको छ । अस्ट्रेलियाली अखबार द एजका अनुसार, भिक्टोरियास्थित बाल अदालत समक्ष दिइएको बयानमा ती छात्रले मेलबोर्नको घरबाटै एप्पलको मेनफ्र...
निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार: अर्थमन्त्री

निरपेक्ष गरिबी अन्त्य गर्ने अभियानमा सरकार: अर्थमन्त्री

काठमाडौँ, १ भदौ । अर्थमन्त्री डा. युवराज खतिवडाले तीन/चार वर्षभित्रमा निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको छ । लघुवित्त संघ नेपालले यहाँ आज आयोजना गरेको ‘लघुवित्त कार्यशाला गोष्ठी’को उद्घाटन गर्दै उहाँले सरकारले गरिबीलाई उत्पादनसँग जोडेर निरपेक्ष गरिबी अन्त्य गर्ने अभियान सञ्चालन गर्ने बताउनुभएको हो । “कर्जाको आकार बढाएर गरिबीलाई उत्पादन र सीपलाई जोड्न गइरहेका छौँ”, उहाँ...
चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध

चीनमा गुगलः एकहजार बढी कामदारले गरे विरोध

सानफ्रान्सिस्को, १ भदौ । चिनीया सेन्सरसीप अनुकूल गोप्य रुपमा खोजी इन्जिन (सर्च इन्जिन) निर्माण गर्न लागेको भन्दै गुगलमै कार्यरत एक हजारभन्दा बढी कामदारले विरोध गरेका छन् । बिरोध स्वरुप तयार पारिएको पत्रमा हस्ताक्षर गरेका उनीहरुले कम्पनीको पारदर्शिता र आचारसंहिता नियमलाई पालना गर्न प्रमुख कार्यकारी समक्ष आग्रह गरिएको छ । गुगलका एक जना कामदारले पत्रमा समेटिएको विषयका बारेमा भने केही बताउन चाहेनन...
ढल्केबर सवस्टेसन सञ्चालनमा

ढल्केबर सवस्टेसन सञ्चालनमा

काठमाडौँ, १ भदौ ।  मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ । नेपालकै हालसम्मको ठूलो स्वचालित २२०/१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज गरी विद्युत सञ्चालनमा ल्याइएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो । औपचारिक रूपमा बिहीबार रातिदेखि सो सवस्टेशन सञ्चालनमा...
नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

नयाँ मुलुकी ऐनको विरोधमा सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन

काठमाडौं, १ भदौ  । नयाँ मुलुकी ऐनको विरोधमा एक युवाले सिंहदरवार अगाडि नग्न भएर प्रदर्शन गरेका छन् । नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् । उनको ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छापेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ...
झापामा आगलागीबाट दुई करोडको क्षति

झापामा आगलागीबाट दुई करोडको क्षति

दमक, १ भदौ । विद्युत् चुहिएर झापाको शिवसताक्षी–११ स्थित सङ्ग्रौला ब्रर्दशमा आगलागी हुँदा करीब दुई करोड मूल्यबराबरको क्षति भएको छ । बिहीबार राति ८ बजेतिर अचानक आगलागी हुँदा पसलमा रहेको विद्युतीय सामग्री टेलिभिजन, फ्रिज, भ्याकुमक्लिनर, वासिङमेशिन पूर्णरूपमा नष्ट भएको छ । कोठाको दुबै सटरमा एक्कासी धुँवाधुलो निस्किएपछि मात्रै आगो लागेको थाहा भएको थियो । तत्कालै आगो नियन्त्रण गर्न नसक्दा पसलको सबै ...
ओरल सेक्सका ७ भ्रम र सत्य

ओरल सेक्सका ७ भ्रम र सत्य

काठमाडौँ। मुख मैथुनलाई लिएर समाजमा भ्रम रहेको छ । यसै कारणले कतिपय जोडीले खुलेर यौन जीवनको मज्जा लिन पाइरहेका हुँदैनन् । आउनुहोस् यसबारेमा यानी कि मुख मैथुनसँग जोडिएका सातवटा ठूलो भ्रमका बारेमा आज हामी वास्तविकता बताउँछौं । कुमारीत्व लुटिने डर भ्रमः मुख मैथुन गर्नाले कुमारीत्व गुम्न सक्छ । सत्यः कुमारीत्व केबल फिजिकल पेनेट्रेशनको (यौनसम्पर्क) को स्थितिमा मा नास हुन्छ । वा हुन सक्छ । मानिसहरुल...
मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ऐन आजबाट कार्यान्वयनमा

मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका ऐन आजबाट कार्यान्वयनमा

काठमाडौँ, १ भदौ । मुलुकी अपराध संहिता र मुलुकी देवानी संहिता लगायतका ऐन आजबाट कार्यान्वयनमा आएको छ । गत वर्ष नै राष्ट्रपतिबाट प्रमाणिकरण भएको मुलुकी ऐन प्रतिस्थापन गर्न बनेका केही ऐन भदौ एक गतेबाट लागु हुने उल्लेख गरिएको थियो । मुलुकी अपराध संहिता, मुलुकी देवानी संहिता, मुलुकी देवानी कार्यविधि, मुलुकी फौजदारी कार्यविधि र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन आजबाट कार्यान्वयनमा आएको ह...
चोरीको गाडी हवल्दारको निवासमा

चोरीको गाडी हवल्दारको निवासमा

नवलपरासी, १ भदौ । एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा१५च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम नवलपरासी नं २६ गण बेलासपुरमा कार्यरत वरिष्ठ हवल्दार ठाकुरप्रसाद चौधरीको निवास पश्चिम नवलपरासी बर्दघाट नगरपालिका–५ पालडाँडामा फेला परेको हो । गाडी चोरीको आरोपमा प्रहरीले हवल्दार चौधरीसहित रुपन्देही सैनामैना नगरपालिका–३ ...
चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा मृत फेला

चितवन राष्ट्रिय निकुञ्जमा दुर्लभ एकसिङ्गे गैंडा मृत फेला

रत्ननगर, १ भदौ । चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रस्थित लामो ताल नजिकैको घोलमा दुर्लभ एकसिङ्गे गैंडा मरेको अवस्थामा फेला परेको छ । बिहीबार निकुञ्जको गस्ती टोलीले घोलमा अन्दाजी ३०÷३५ वर्षको गैंडा मरेको अवस्थामा भेटिएको र त्यसको दाह्रासमेत खिइएकाले बुढो भएर मरेको अनुमान पोष्टमार्टममा सहभागी पशु चिकित्सकले गरेका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिनुभयो । यो आर्थिक वर्षमा प्राकृतिक रू...
२०७५ भदौ १ गते शुक्रबार/आजको राशिफल

२०७५ भदौ १ गते शुक्रबार/आजको राशिफल

वि.सं. २०७५ साल भदौ १ गते। शुक्रबार। इश्वी सन् २०१८ अगस्ट १७ तारिख। नेपाल संवत् ११३८ गुँलाथ्व। श्रावण शुक्लपक्ष। तिथि– सप्तमी, २९:०६ बजेउप्रान्त अष्टमी। मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। सोखले खर्च बढाए पनि अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। साथ...
वाजपेयीको निधनप्रति शोक व्यक्त

वाजपेयीको निधनप्रति शोक व्यक्त

नयाँ दिल्ली, भारत, ३१ साउन । भारतीय राष्ट्रपति रामनाथ कोविन्द, उप राष्ट्रपति भेन्काय नाइडु, प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री राजनाथ सिंहलगायतका नेताहरूले पूर्व प्रधानमन्त्री अटल बिहारी वाजपेयीको निधनप्रति शोक व्यक्त गर्नुभएको छ । भारतीय पूर्व प्रधानमन्त्री वाजपेयीको ९३ बर्षको उमेरमा नयाँ दिल्लीमा बिहीबार भएको निधनबाट यो संसारले एक ‘शालीन नेता’लाई गुमाएको छ । उहाँले मधुमेह,मृगौलालगायतका स...
वाजपेयीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

वाजपेयीको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई आज एक शोक सन्देश पठाउँदै प्रधानमन्त्री ओलीले स्वर्गीय बाजपेयी निष्ठावान, दूरदृष्टियुक्त र देशप्रति समर्पित राजनेता हुनुहुन्थ्यो भन्नुभएको छ । सन्देशमा प्रधानमन्त्री ओली...
मुलुकी देवानी र अपराध संहिता लगायत ऐनकाे स्वागत गर्न दीपावलीको तयारी

मुलुकी देवानी र अपराध संहिता लगायत ऐनकाे स्वागत गर्न दीपावलीको तयारी

काठमाडौँ, ३१ साउन । महान्यायाधिवक्ता कार्यालयले मुलुकी देवानी र अपराध संहितालगायत पाँच कानून लागू हुन लागेको खुशियालीमा शुक्रबार देशैभर दीपावली गर्ने तयारी गरेको छ । महान्यायाधिवक्ता कार्यालयले आज जारी गरेको प्रेस विज्ञप्तिमा मुलुकी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधिधि (संहिता) ऐन, २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ समेतका कानून भदौ १ गतेदेखि लागू हुन ला...
नेपाल भियतनामसँग २–० ले पराजित

नेपाल भियतनामसँग २–० ले पराजित

काठमाडौँ, ३१ साउन । इण्डोनेसियामा जारी १८औँ एसियन गेम्सअन्तर्गत आज भएको खेलमा नेपाल भियतनामसँग २–० ले पराजित भएको छ । स्थानीय विभाहा मुक्ति रङ्गशालामा आज साँझ सम्पन्न खेलमा भियतनामका लागि एन न्युजेमले खेलको ३०औँ मिनटेमा गोल गर्दै अग्रता दिलाएका थिए । त्यस्तै ६२औँ मिनेटमा भान डक फानले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा दुवैतर्फबाट गोल भएन र खेल भियतनामले जत्यो । पहिलो खेलमा नेपाल गत म...
नेपाल–भारत सम्बन्ध नयाँ उचाइतिर

नेपाल–भारत सम्बन्ध नयाँ उचाइतिर

काठमाडौँ, ३१ साउन । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले समानता, सम्मान एवं आपसीहित र विश्वासका सिद्धान्तमा आधारित नेपाल–भारत सम्बन्धलाई दुवै देश नयाँ उचाइमा पु¥याउन प्रतिबद्ध रहेका बताउनुभएको छ । भारतको ७२ औँ स्वतन्त्रता दिवसका अवसरमा नेपाल–भारत मैत्री समाजले आज राजधानीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले आर्थिक–सामाजिकलगायत विविध क्षेत्रमा निरन्तर सहयोग जारी रहेको बताउनुभय...
अनूचीत ढङ्गबाट उठाउँदै आएको करलाई रद्द गर्नेतर्फ प्रदेश सरकार क्रियाशील

अनूचीत ढङ्गबाट उठाउँदै आएको करलाई रद्द गर्नेतर्फ प्रदेश सरकार क्रियाशील

  हेटौँडा, ३१ साउन । प्रदेश नं ३ का आन्तिरक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मरकटेलले बाढीपहिरोले क्षति पु¥याएका परिवारलाई तत्कालै उद्धार गर्न र विस्थापित परिवारलाई पुनर्वासको व्यवस्था गर्न सम्बन्धित जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताउनुभएको छ । प्रदेशसभाको आज बसेको बैठकमा उहाँले हालै आएको बाढीपहिरोले क्षति पु¥याएका परिवारलाई तत्कालै उद्धार र विस्थापित परिवारलाई पुनर्वासको व्यवस...
जलवायु परिवर्तनको असरविरुद्ध नेपालले क्षतिपूर्ति दाबी गर्ने

जलवायु परिवर्तनको असरविरुद्ध नेपालले क्षतिपूर्ति दाबी गर्ने

काठमाडौँ, ३१ साउन । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले नेपालले त्यसको क्षतिपूर्ति दाबी गर्ने बताउनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज मन्त्री बस्नेतसँग नेपालका लागि संयुक्त अधिराज्य बेलायतका राजदूत रिचर्ड मोरिसले गर्नुभएको शिष्टचार भेटमा उहाँले जलवायु परिवर्तनमा नेपालको कुल योगदान ०.०२७ प्रतिशत भए पनि प्रभावित मुलुकको अ...
साफ यू–१५ महिला फूटबलः सेमिफाइलमा नेपाल पराजित

साफ यू–१५ महिला फूटबलः सेमिफाइलमा नेपाल पराजित

काठमाडौँ, ३१ साउन । भुटानमा जारी दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा नेपाल सेमिफाइलनमा भारतसँग पराजित भएको छ । भर्खरै थिम्पुको चाम्लिङथाङ रङ्गशालामा सम्पन्न सेमिफाइलनमा भारतसँग २–१ गोलअन्तरले पराजित भएको हो । भारतका लागि लेन्डा कोमले ३०औँ मिनेटमा गोल गर्दै शुरुआती अग्रता लिए पनि ३७औँ मिनेटमा नेपालकी रजनी थोकरले गोल फर्काउँदै खेल बराबरीमा ल्याइन् । पहिलो हाफ बराबरीमा सकिए पनि ७५औँ मिने...
वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको विकास

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अनलाइन प्रणालीको विकास

काठमाडौँ, ३१ साउन । वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणालीको शुरुवात गर्ने भएको छ । वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सम्पूर्ण निकाय तथा सरोकारवालालाई एउटै अनलाइन प्रणालीमा जोड्न लागिएको मन्त्रालयका प्रवक्ता प्रकाश दाहालले जानकारी दिनुभयो । “यसका लागि वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड, वैदेशिक रोजगार विभाग, श्रम कार्यालय र व्यवसायीसँग मन्त्...
चिया मजदुरको पारिश्रमिक १० हजार आठ सय

चिया मजदुरको पारिश्रमिक १० हजार आठ सय

काठमाडौँ, ३१ साउन । सरकारले चिया बगानमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक तोकेको छ । चिया बगानमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक रु छ हजार ४६९ र महङ्गी भत्ता रु चार हजार ३१२ गरी मासिक रु १० हजार ७८१ पारिश्रमिक तोकेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ । त्यस्तै दैनिकरुपमा काम गर्ने श्रमिकका लागि आधारभूत पारिश्रमिक रु २३१ र महङ्गी भत्ता १...
भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधन

भारतीय पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको निधन

काठमाडौँ, ३१ साउन ।  भारतीय  पूर्वप्रधानमन्त्री अटलबिहारी बाजपेयीको ९३ वर्षको निधन भएको छ । बाजपेयीको निधन दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा भएको हो । किड्नीमा संक्रमण र अन्य स्वास्थ्यसम्बन्धी समस्याका कारण उनी अस्पताल भर्ना भएका थिए । भारत रत्नबाट सम्मानित वाजपेयी तीन पटक भारतका प्रधानमन्त्री भए । सन् १९९६ मा १३ दिन, १९९८-१९९९ र अन्तिम पटक १९९९ देखि २००४ सम्म प्रधानमन्त्री रहे ।...
मुलुकी फौजदारी संहिता: छ अपराधमा आजीवन कारावास

मुलुकी फौजदारी संहिता: छ अपराधमा आजीवन कारावास

काठमाडौँ, ३० साउन । मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशो...
राष्ट्रिय शहीद स्मारकले गति लिँदै

राष्ट्रिय शहीद स्मारकले गति लिँदै

काठमाडौँ, ३१ साउन । राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको गोकर्णको राष्ट्रिय शहीद तथा शान्ति स्मारक शहरी विकास मन्त्रालयअन्तर्गत रहने भएको छ । सरकारले कार्यविभाजन नियमावली संशोधन गरी गत असार २० गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस्तो जानकारी गराएको हो । स्मारक यसअघि शान्ति तथा पुनःनिर्माण मन्त्रालयअन्तर्गत थियो । मन्त्रालयको सङ्गठन पुनःसंरचनासँगै शान्ति मन्त्रालय खारेजीमा परे...
प्रधानमन्त्रीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने

प्रधानमन्त्रीले २ नं प्रदेशसभालाई शनिबार सम्बोधन गर्ने

महेन्द्रनगर, धनुषा, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं २ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा आज पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आउनु हुने जानकारीसमेत दिइयो । धनुषाका शहीद रामवृक्ष यादवको २४ औँ स्मृतिसभामा सहभागी हुन उहाँहरु दुवै जना धन...
हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

हवाई यात्रुको बीमामा ६ गुणा वृद्धि

काठमाडौँ, ३१ साउन । नेपालबाट अन्तर्राष्ट्रिय उडान गर्ने हवाई यात्रुको बीमा रकममा करीब छ गुणाले वृद्धि हुने भएको छ । प्रतिनिधिसभाको बुधबारको बैठकले अन्तर्राष्ट्रिय हवाई परिवहन विषयक नियम एकीकरण गर्ने सम्बन्धमा व्यवस्था भएको महासन्धि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । संसद्ले निकट भविश्यमा उक्त महासन्धि अनुमोदन गर्ने छ । महासन्धि अनुमोदन भएपछि हवाई यात्रुको बीमा रकममा उल्लेख्य वृद्धि ह...
सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण ल्याइने

सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण ल्याइने

काठमाडौँ, ३१ साउन । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सडकको गुणस्तर मापन गर्न आधुनिक उपकरण प्रयोगमा ल्याउने भएको छ । कालोपत्र भएको सडक छोटो समयमा नै उप्कन थालेपछि मन्त्रालयले चालू आर्थिक वर्षको अन्त्यसम्म गुणस्तर मापन गर्न उपकरण खरीद गरी प्रयोगमा ल्याउन लागेको हो । “कस्तो किसिमको उपकरण कहाँबाट ल्याउन लागेको हो” यसका बारेका मन्त्रालयले आफ्नो भनाइ सार्वजनिक गरेन । सडक विभागअन्तर्गत हाल १४ ह...
निर्दयी आमा ! जसले आफ्नै दुई छोरीको शौचालयमा डुबाएर हत्या गरिन्

निर्दयी आमा ! जसले आफ्नै दुई छोरीको शौचालयमा डुबाएर हत्या गरिन्

ताप्लेजुङ, ३१ साउन । पछिल्लो समय हाम्रो समाजमा विभिन्न अपराधिक घटनाहरुले तीब्रता लिएको छ ।  केही साता अघि मात्रै आफ्नै बुबा, हजुरआमा र सौतेनी आमा मिलेर छोरीलाई मट्टितेल खन्याएर जलाएको समाचार आएको थियो । साथै एक युवतीलाई बलात्कार गरि हत्या गरिएको समाचार पनि आएको थियो । त्यसका साथै केही दिन अघि मात्रै पनि ११ वर्षीय निशान खड्काको अपहरण पछि हत्या र ती हत्यारालाई प्रहरीले गरेको इन्काउन्टरको समाचार र...
इन्डोनेसिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

इन्डोनेसिया भूकम्प: मृत्यु हुनेको सङ्ख्या ४६० पुग्यो

जाकार्ता, ३१ साउन । मध्य इन्डोनेसियाको लोम्बोक द्वीपमा गत अगष्ट ५ मा गएको शक्तिशाली भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या ४६० पुगेको प्रकोप नियन्त्रण निकायका एक अधिकारीले बिहीबार जानकारी दिएका छन् । यस भूकम्पमा परी ७ हजार ७७३ व्यक्ति घाइते भएका छन् । साथै ७१ हजार ९६२ आवासीय भवन, ६७१ शिक्षालय, एक अस्पतालसहित ५२ स्वास्थ्य शिविर, ११ वटा स्वास्थ्य क्लिनिक, २० वटा सरकारी कार्यालय ६ वटा पुल क्षतिग्रस...
error: Content is protected !!