छाउगोठको तथ्याङ्क सङ्कलन गरिँदै
बाजुरा बडीमालिका, ६ माघ । जिल्लाका नौवटै स्थानीय तहमा रहेका ६९ वडामा छाउ गोठको तथ्याङ्क सङ्कलन कार्य शुरु गरेको छ । सामाजिक कुरीति र कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथालाई अन्त्य गर्नका लागि प्रहरीले तथ्याङ्क सङ्कलन कार्यलाई तीव्रता दिएको प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले जानकारी दिनुभएको छ ।
अघिल्लो साता बूढीनन्दा नगरपालिका–९ अगाउँपानीमा छाउगोठमा आमासहित दुई छोराको मृत्यु भएपछि प्रहरीले स्...






























