धनकुटामा स्थलगत चित्रकला कार्यशाला सुरु
धनकुटा । धनकुटामा शुक्रबारबाट स्थलगत चित्रकला कार्यशाला सुरु भएको छ । धनकुटा नगरपालिकाको सहयोगमा हाम्रो बहुमुखी पाठशालाले दुई दिने कार्यशाला आयोजना गरेको हो ।
धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले चित्र पेपरमा पेन्ट गरेर कार्यशाला उद्घाटन गरेका छन् । कार्यक्रममा नगर प्रमुख तामाङले विभिन्न विधाका कला मध्ये चित्रकला एक उत्कृष्ट कला भएको बताए । उनले कार्यशालामा कोरिएका जिल्लाका पर्यटकीय स्थलका ...


























