पत्रपत्रिका खबर

काठमाडौं । राजधानी काठमाडौंलगायत देशका विभिन्न स्थानमा एकाएक चिसो बढेसँगै फ्लु, इन्फ्लुएन्जा, एचवान एन वानलगायतका विभिन्न भाइरस सक्रिय हुन थालेपछि कोभिड–१९ को संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन् । यससँगै आउन सक्ने कोभिडको नयाँ भेरियन्ट (तेस्रो लहर) अझै घातक हुन सक्ने र आवश्यक सर्तकता अपनाउन नसकिए तेस्रो लहरबाट थप क्षति बेहोर्नुपर्ने अवस्था आउने कोभिड–१९ को ’boutमा अन्तर्राष्ट्रिय अध्ययन गरिररहेका डा. रमेशकुमार आचार्यले जानकारी दिए ।

Advertisement

उनले विभिन्न युरोपियन मुलुकमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिएसँगै नेपालमा नयाँ भेरियन्ट देखापर्न सक्ने बताउँदै त्यसका लागि सरकारले पूर्वतयारीस्वरूप पर्याप्त मात्रामा आइसोलेसन वार्ड र हस्पिटल बेडको व्यवस्थापन गर्नुपर्ने आवश्यकता आंैल्याए । डा. आचार्यले पुनः संक्रमण बढ्दै जान सक्ने र अस्पतालमा शय्या, आईसीयू, भेन्टिलेटर र अक्सिजन कमी हुन सक्ने भएकाले स्वास्थ्य मन्त्रालयले समयमा नै उचित व्यवस्थापनमा ध्यान पु-याउनुपर्ने सुझाव दिए ।

युरोपमा डेल्टा भेरियन्ट तीव्र गतिमा बढेसँगै नेपालमा पनि जोखिम

डा. आचार्यका अनुसार आगामी पुस, माघ र फागुनमा डेल्टा र साउथ अफ्रिकन सिवान भेरियन्ट डेल्टाभन्दा संक्रामक नयाँ भेरियन्ट फैलन सक्ने र ब्रेक थ्रु इन्फेक्सन भएर भ्याक्सिनलाई छल्न सक्ने सम्भावनासमेत रहेको छ । नेपालमा हाल ८० लाखभन्दा बढी नागरिकले भ्याक्सिन लगाउनु सकारात्मक भएको र त्यसले एन्टिबडी विकास भई कोभिडसँग लड्न सक्ने क्षमताको विकास भएको डा. आचार्यको भनाइ छ ।

अन्तर्राष्ट्रिय रूपमा नै कोभिडको अध्ययन गरिररहेका डा. आचार्यका अनुसार हाल युरोपको स्पेन, नर्वे, इटली, जर्मनी, लंगजेनवर्गमा डेल्टा भेरियन्ट तीव्र गतिमा फैलिरहेकाले त्यसको असर नेपालमा पनि पर्न सक्ने देखिएको छ । यसैगरी साउथ अफ्रिकामा तेस्रो लहरको सी वान टु र सी वान भाइरस तीव्र गतिमा फैलिरहेकाले कोभिडको जोखिम यथावत् रहेको आचार्यले बताए ।

डा. आचार्यका अनुसार वैज्ञानिकहरूको टप जर्नलमा प्रकाशित विभिन्न अध्ययनले अल्फा, बिटा, गामालगायतका भेरियन्टमा फाइजर, जोन्सन एन्ड जोन्सन, भेरोसिल, कोभिसिल्डजस्ता भ्याक्सिन प्रभावकारी भए पनि डेल्टा र सी वान भेरियन्टमा ती भ्याक्सिन कम प्रभावकारी हुन सक्ने भएकाले पूर्ण खोप लगाएका व्यक्तिमा कोभिड सर्न सक्ने देखिएको छ । डा. आचार्यका अनुसार विभिन्न दीर्घ रोगीहरूले थप सतर्कता अपनाउनुपर्ने देखिएको छ । जसअनुसार कोलेस्ट्रोल, प्रेसर, सुगर र युरिक एसिड र क्यान्सरका बिरामीले रातो मासु, खसीको मासु, धुम्रपान नगर्ने र मासु खानै परे उमालेर खानुपर्नेछ ।

हाल नेपालमा औसतमा १७ देखि १९ प्रतिशतभन्दा तल संक्रमण दर नघटेको दाबी डा. आचार्यको छ । उनका अनुसार अहिले पीसीआर परीक्षणको क्रम घटेकाले कोभिड घटेको जस्तो देखिएको हो तर पीसीआर परीक्षण बढाउने हो भने कोभिड संक्रमितको संख्या बढ्ने उनले बताए । जाडोमा कमन कोल्ड, इन्फ्लुन्जा र अन्य संक्रमण रोग बढ्ने हुँदा त्यसबाट विद्यालय जाने बालबालिका तथा विश्व विद्यालयका विद्यार्थी बढी प्रभावित हुन सक्ने डा. आचार्यको भनाइ छ ।

बालबालिकामा बढी प्रभाव

कोभिड विज्ञ डा. आचार्यका अनुसार नेपालमा तेस्रो लहरमा सबैभन्दा बढी प्रभावित प्रावि, निमावि, र मावि स्कुलका ५ वर्षमाथि र १६ वर्षमुनिका बालबालिका हुनेछन् । सन् २०२० मा बालबालिकालाई डीपीटी, पोलियो, एचवी, पीसीयू, जापानिज इन्सेफलाइटिसको खोप नलगाइएको र कोभिडको भ्याक्सिन कुनै पनि बालबालिकालाई नलगाइएकाले उनीहरू सबैभन्दा बढी जोखिममा पर्ने डा. आचार्यको भनाइ छ । हाल विद्यालयले स्वास्थ्य मापदण्डसमेत पालना नगरी विद्यालय खोलेकाले बालबालिकामा समस्या अझै बढ्न सक्ने उनले दाबी गरे ।  – आजको राजधानी दैनिकमा यो खबर छापिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!