विराटनगर, २३ फागुन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकारले गर्ने विकास निर्माण तथा सेवा कार्यको अनुभूति जनताले छिट्टै गर्न पाउने बताउनुभएको छ ।

Advertisement

नेपाल नगरपालिका संघको प्रदेश नं १ प्रादेशिक भेलालाई आज सम्बोधन गर्दै उहाँले प्रदेश सरकारले छिट्टै ऐन कानुन निर्माण गरेर विकास निर्माण तथा जनतालाई दिने सेवालाई प्रभावकारी ढंगले गर्ने उल्लेख गर्नुभयो ।

अबको एजेन्डा भनेको मुलुकको विकास र आर्थिक समृद्धि भएकाले सोहीअनुसार स्थानीय निकायले जनताको जीवनस्तर उकास्ने तथा रोजगारमूलक योजनाहरू बनाउनुपर्नेमा जोड दिनुभयो ।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले जनताको आर्थिक उन्नति र विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारबीच समन्वय आवश्यक रहेको बताउनुभयो ।

एक दिने भेलामा प्रदेश नं १ का एक महानगरपालिकासहित उपमहानगर, नगरपालिकाका प्रमुख र उपप्रमखहरूको सहभागिता रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!