मंगलबारे, इलाम, २५ फागुन।  सञ्चारकर्मीमाथि हातपात गर्ने तीन जनालाई इलाम प्रहरीले पक्राउ गरेको छ ।

इलामको चियाबारी एफएममा कार्यरत दुई सञ्चारकर्मीमाथि कुटपिट र लुटपाट गर्ने तीनजनालाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

Advertisement

पक्राउ पर्नेमा इलाम नगरपालिका–९ का १९ वर्षीय रवीन मगर, इलाम नगरपालिका–६ का २२ वर्षीय मनोज मगर र एकतप्पा घर भएका १८ वर्षीय किशोर लिम्बू रहेका छन् । उनीहरुलाई प्रहरीले इलाम नगरपालिका–९ को जंगलमा भाग्दै गर्दा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक रमेश बस्नेतले जानकारी दिनुभयो ।

घटनामा संलग्न एकजना भाग्न सफल भएको प्रहरीले जनाएको छ । चियाबारी एफएमका बजार व्यवस्थापक कृष्ण पाठक र प्राविधिक प्रकाश न्यौपानेलाई बुधबार राति रेडियोबाट घर फर्कने क्रममा गोलबस्तीको पोखरी स्कूल छेउमा उनीहरुले कुटपिट गरेका थिए ।

कुटपिट गर्दै उक्त समूहले व्यवस्थापक पाठकसँग रहेको नगद रु ४५ हजार, र एक थान मोबाइल लुटेको रेडियोका स्टेशन मेनेजर प्रेम अधिकारीले जानकारी दिनुभयो ।

आक्रमण भएपछि न्यौपाने भाग्न सफल भएपनि पाठकलाई मरणासन्न हुने गरी कुटपिट गरेका थिए । कुटपिटबाट पाठकको दाहिने हात, टाउको र खुट्टामा गम्भीर चोट लागेको छ । पाठकको झापाको बिर्तासीटी अस्पतालमा उपचार भइरहेको छ । घटनाको पत्रकार निकट संघसंस्थाले विज्ञप्ति जारी गर्दै विरोध गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!