- दिबेश खड्का/संगालोखबर

सिधुवा, ३० चैत । धनकुटाको सिधुवा बजारमा नयाँ बर्ष २०७५ लाई स्वागत गर्दै आज बिहान प्रभातफेरी निकालिएको छ । छजोर बैंक तथा बित्तिय सस्था कर्मचारी समुहको आयोजनामा प्रभातफेरी निकालिएको हो ।

Advertisement

बैंक तथा बित्तिय सस्थाका कर्मचारीहरुको उपस्थितीमा स्थानीय हिलटपबाट सुरु भएको प्रभातफेरीले बजारक्षेत्रको परिक्रमा गरेको थियो ।

नयाँ बर्षको शुभकामना साटासाट गरी बैंक तथा बित्तिय सस्थाहरुवीच आपसी समझदारी बिकास गर्ने उद्धेश्यले प्रभातफेरी गरिएको आयोजक सस्थाका संयोजक एवं एनवी बैंकका मेनेजर टंक लिम्बुले संगालोखबरलाई जानकारी दिए ।

सिधुवामा नयाँ बर्ष २०७५ लाई स्वागत गर्दै पहिलो पटक औपचारिक कार्यक्रम गरिएको हो । सिधुवा बजारक्षेत्रमा हाल करिव एक दर्जन बैंक तथा बित्तिय सस्था छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!