धरान उपमहानर प्रमुख तारा सुब्बाको दाहसंस्कार शनिबार
इटहरी, ४ साउन । सुनसरी जिल्लाको धरान उपमहानगरपालिकाका प्रमुख स्व. तारा सुब्बाको भोलि शनिबार शवयात्रापछि मात्र अन्तिम श्रद्धाञ्जलि अर्पणसहित दाहसंस्कार गरिने कार्यक्रम तय भएको उपमहानगरपालिकाले जानकारी दिएको छ ।
काठमाडौको ग्राण्डी अस्पतालमा गत साउन १ गते निधन भएको प्रमुख सुब्बाको पार्थिव शरीर बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मर्चरी विभागमा राखिएको छ ।
उहाँको पार्थिव शरीर भोलि ११.३० बज...




























