- संगालोखबर सम्वाददाता

धनकुटा, १ साउन । नेपाल बिद्यार्थी संघले धनकुटा बहुमुखी क्याम्पसमा मंगलवार तालाबन्दी गरेको छ । क्याम्पसको शैक्षिक, प्रशासनिक र भौतिक सुधारका बिषयमा क्याम्पस प्रशासनसँग भएको सहमति कार्यान्वयन नगरिएको भन्दै नेवी संघले क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएको हो ।

नेवी संघ क्याम्पस इकाई समितिले गत बैशाख २१ गते क्याम्पसमा ११ वुँदे मागसहितको ज्ञापन पत्र बुझाएको थियो । बिद्यार्थीका मागका बिषयमा जेठ ६ गते क्याम्पस प्रशासनसँग छलफल भएको थियो ।

सोहि छलफलमा भएको सहमति कार्यान्वयन नगरिएकाले क्याम्पसमा तालबन्दी गरिएको नेवी संघकी करुणा कटुवालले जानकारी दिईन् । तालाबन्दीसँगै नेवी संघले प्रेस बिज्ञप्तीसमेत जारी गरेर क्याम्पस प्रशासनलाई माग संबोधनका लागि ४८ घण्टे अल्टिमेटम पनि दिएको छ ।

क्याम्पस इकाई सभापति सरोज धमलाद्धारा जारी बिज्ञप्तीमा अल्टिमेटमलाई वेवास्ता गरी माग पुरा गर्न चासो नदेखाईए आन्दोलन चर्काउँने चेतावनीसमेत दिईएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!