धनकुटा, ३० असार । धनकुटामा करेन्ट लागेर गंभीर घाईते भएका एक युवकको उपचारका क्रममा गएराति मृत्यु भएको छ ।
धनकुटा–७ बसपार्क स्थित दिपेन्द्र पराजुलीको निर्माणाधिन घरमा आल्मुनियम सिसा लगाउँने क्रममा करेन्ट लागेर घाईते भएका दैलेखका २५ बर्षीय गणेश रावतको उपचारका क्रममा मृत्यु भएको हो ।
गत सोमबार काम गर्ने क्रममा घर छेउमा रहेको मेन लाइनको नाङ्गो तारले भेटेर रावतलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । गंभीर घाइते उनलाई तत्काल धनकुटा जिल्ला अस्पताल ल्याईएको थियो ।
जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि धरान स्थित वीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगियो ।
प्रतिष्ठानमासमेत उपचार हुन नसकेपछि बिराटनगर स्थित नोबेल शिक्षण अस्पतालमा पुर्याएर उनको उपचार भईरहेको थियो । चिन्ताजनक अवस्थामा उपचार भईरहेका रावतको नोबेलमा निधन भएको प्रहरीले जनाएको छ ।