संगालोखबर सम्वाददाता

धनकुटा, ४ साउन । धनकुटा नगरपालिकाको फोहोर संकलन केन्द्र (ल्याण्डफिल्ड साईड) अवलोकन गर्न आउँने संघसस्थाका प्रतिनिधिले पाँच हजार शुल्क तिर्नुपर्ने भएको छ ।

Advertisement

फोहोरको थुप्रोमाथी बनाईएको आकर्षक फुलवारीसहितको उदाहरणीय ल्याण्डफिल्ड साईड हेर्न आउँने संघसस्थाका लागि धनकुटा नगर कार्यपालिकाले उक्त शुल्क निर्धारण गरेको हो ।

धनकुटा नगरपालिका–६ मा आठबर्ष अघि बनाईएको ल्याण्डफिल्ड साईड हेर्न देशका बिभिन्न स्थानबाट मानिसहरु आउँने गरेका छन् । विभिन्न जिल्लाका स्थानीय तहका प्रतिनिधिहरु पनि प्रसस्त्र आउँने गर्छन् ।

अवलोकन शुल्क तिरेपछि धनकुटा नगरपालिकाले कम्तिमा एक घण्टा स्यानिटरी ल्याण्डफिल्डसंगै स्थानीय कुवा धारा संरक्षण, खानेपानी तथा ढलनिकास व्यवस्थापन, साप्ताहिक हाटबजार र बसपार्क, स्नानघरसहित सार्वजनिक शौचालय, सामुदायिक स्वास्थ्य केन्द्र र सुख्खा क्षेत्रमा प्लाष्टिक पोखरी लगायत क्षेत्रकोसमेत जानकारी दिने ब्यवस्था मिलाएको छ ।

नगरक्षेत्रका घरमा कुहिने फोहोरमा गड्यौला पालेर मल उत्पादन गरी गरिएको कौशीखेती र करेशाबारीसमेत देखाउने प्रचलन छ । त्यस्तै हरीयाली विकास र शहरी प्रर्बद्धनमा सार्वजनिक स्थल र सडक वरपर बृक्षारोपण र फुल रोप्ने कार्य, कुहिने र नकुहिने फोहोर संकलनका छुट्याउने तरीका र टोलमा राखिएका प्लाष्टिक टोकरी पनि देखाईन्छ ।

नगरक्षेत्रका मठमन्दिर गुम्बा क्षेत्रको सरसफाई एवं फोहोर संकलन, छाडापशु नियन्त्रण र व्यवस्थीत पशु बधशाला, वायु तथा ध्वनी प्रदुषण योजना, प्लाष्टिकजन्य बस्तु जथाभावी जलाउन नदिने कार्यसमेत जानकारी दिने गरिएको नगरपालिकाका वातावरण शाखा प्रमुख उपेन्द्र खनालले जानकारी दिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!