दुईदिने पूर्वाञ्चलस्तरीय टेबलटेनिस सम्पन्न
गाईघाट, उदयपुर, १३ वैशाख । सोमबारदेखि उदयपुरको सदरमुकाम गाईघाट बोक्सेस्थित कभर्डहलमा सञ्चालन भएको दुईदिने क्षेत्रीय पूर्वाञ्चलस्तरीय टेबलटेनिस खेल बुधबार सम्पन्न भएको छ ।
आयोजक पूर्वाञ्चल खेलकुद् विकास समितिका अनुसार खेलमा डबल इभेन्ट र सिंगल इभेन्टतर्फ दुवै खेलमा सुनसरीका खेलाडीहरु प्रथम भएका छन् ।
यस्तै, द्वितीयमा डबल इभेन्टतर्फ मोरङ, सिंगल इभेन्टतर्फ पनि सुनसरी नै प्रथम भएको पूर्वाञ्चल खेलक...



























