राष्ट्रिय क्रिकेट खेलाडी करण केसी गृह जिल्लामा सम्मानित

राष्ट्रिय क्रिकेट खेलाडी करण केसी गृह जिल्लामा सम्मानित

बागलुङ, ९ फागुन ।  राष्ट्रिय क्रिकेट खेलाडी करण केसीलाई गृह जिल्ला बागलुङमा आज स्वागत तथा सम्मान गरिएको छ । बागलुङ नगरपालिका र जिल्ला खेलकुद विकास समितिद्वारा आयोजित समारोहमा केसी नगद रु ५० हजारसहित सम्मानित हुनुभएको हो । बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठक, बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल र जिल्ला खेलकुद विकास समिति बागलुङका अध्यक्ष धनबहादुर परियारले संयुक्त रुप...
नेपालबाट ४० जनाले विश्वकप फुटबल हेर्न पाउने

नेपालबाट ४० जनाले विश्वकप फुटबल हेर्न पाउने

काठमाडौँ, ८ फागुन । कोकाकोला नेपालले आफ्ना उपभोक्तामध्ये ४० भाग्यमानी विजेतालाई रसियामा आयोजना हुने विश्वकप फुटबल प्रत्यक्ष अवलोकन गर्न लैजाने भएको छ । कोकाकोला नेपालद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा ‘कोक खाम रसिया जाम’ भन्ने अफरअन्तर्गत भाग्यशाली उपभोक्तालाई सम्पूर्र्ण खर्चसहित विश्वकप हेर्न लैजाने आयोजक राष्ट्रका देशीय निर्देशक अम्बुज सिंहले बताउनुभयो । उहाँले फिफासँग विगत ४० वर्षदेख...
प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

प्रथम मेयर कप क्रिकेट प्रतियोगिता शुरु

जितपुर, कपिलवस्तु, ८ फागुन । कपिलवस्तु नगरपालिकाको आयोजनामा प्रथम मेयर कप नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता सोमबारदेखि शुरु भएको छ । फागुन ११ गतेसम्म चल्ने प्रतियोगिताकाका विजेतालाई नगद रु २५ हजार र उपविजेता टोलीलाई नगद रु २० हजार र कप प्रदान गरिने प्रतियोगिताका संयोजक तथा कपिलवस्तु नगरपालिका–३ का वडाध्यक्ष प्रकाश गैरेले जानकारी दिनुभयो । प्रतियोगितामा नगरका आठ टोलीबीच प्रतिष्पर्धा हुने ...
पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व

पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व

पोखरा, ७ फागुन ।  भूतपूर्व खेलाडी मञ्च नेपालद्वारा यहाँ आयोजित १२ औँ सफल अन्तर्राष्ट्रिय पोखरा म्याराथनमा विभागीय धावकको वर्चश्व रहेको छ । प्रतियोगितामा नेपाल प्रहरीका भूमिराज राईले ४२.१९५ किमीको दूरी दुई घण्टा ३६ मिनेट ४२.२ सेकेण्डमा पूरा गरेर प्रथम भई रु ७० हजार प्राप्त गरे । यसैगरी नेपाली सेनाका हरिकुमार रिमालले दुई घण्टा ३८ मिनेट ४६.१ सेकेण्डमा दूरी पार गर्दै दोस्रो स्थान हासिल गरी रु ४५ हज...
नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने

नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही तीन लाख दिने

काठमाडौं, ७ फागुन ।  विश्वकप छनोट खेलमा पुगेको नेपाली क्रिकेट टोलीका सदस्यलाई सरकारले जनही ३ लाख दिने भएको छ। क्रिकेट टोलीको सम्मानमा सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले खेलाडी र प्रशिक्षकलाई ३/३ लाख दिने घोषणा गरे। यस्तै खेलाडीहरुलाई मदन भण्डारी स्पोर्टस् एकेडेमीले पनि १/१ लाख रुयैयाँ दिने भएको छ। नामिवियामा भर्खरै सम्पन्न विश्व क्रिकेट लिग ...
विश्वकप क्रिकेट छनोट खेल: नेपाली क्रिकेट टोलीको घोषणा

विश्वकप क्रिकेट छनोट खेल: नेपाली क्रिकेट टोलीको घोषणा

काठमाडौँ, ७ फागुन ।  जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो । घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप नाथ, दीपेन्द्रसिंह ऐरी, शरद भेषवाकर, आरिफ शेख, रोहितकुमार पौडेल, वसन्त रेग्मी, सोमपाल का...
अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा

अन्तर्राष्ट्रिय कराते प्रतियोगिता वैशाखमा

खोटाङ, ७ फागुन । वैशाख तेस्रो साता खोटाङमा खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको दोस्रो संस्करण सञ्चालन हुने भएको छ । नेपाल सितोरियो कराते संघ खोटाङको आयोजनामा २०७३ साल जेठ २० देखि २२ गतेसम्म सञ्चालन गरिएको प्रथम खोटाङ–हलेसी खुला अन्तर्राष्ट्रिय कराते प्रतियोगिताकै निरन्तरता स्वरुप आगामी वैशाख २०, २१ र २२ गते दिक्तेलमा जिल्लाको हालसम्मकै ठूलो धनराशिको दोस्रो खोटाङ–हलेसी खुला अन्त...
नेपाली क्रिकेट टोली उपविजेता बन्दै स्वदेश फर्कियो

नेपाली क्रिकेट टोली उपविजेता बन्दै स्वदेश फर्कियो

काठमाडौँ, ५ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईको उपविजेता बन्दै एक दिवसीय विश्वकप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपाली टोली आज साँझ स्वदेश फर्किएको छ । नेपाली राष्ट्रिय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्व खेलकुदमन्त्री दलजित श्रीपाइली एवं नेपाल क्रिकेट संघका पदाधिकारीले स्वागत गर्नुभएको थियो । विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टो...
विश्वकप छनोट प्रतियोगिता: नेपालको पहिलो खेल जिम्बावेसँग

विश्वकप छनोट प्रतियोगिता: नेपालको पहिलो खेल जिम्बावेसँग

काठमाडौं, ४ फागुन ।  एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका छन् । आइसिसिले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले जिम्बावेसँग मार्च ४ मा, स्कटल्यान्डसँग ८ मा, फगानिस्तानसँग १० र हङक...
नेपाल डिभिजन–२ को उपविजेतामा सीमित

नेपाल डिभिजन–२ को उपविजेतामा सीमित

काठमाडौँ, ३ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन २ मा नेपाल संयुक्त अरब इमिरेट्स (युएइ) सँग पराजित हुँदा उपविजेतामा सीमित बनेको छ । नामिवियास्थित विन्डहोकस्थित वन्डर्रस क्रिकेट मैदानमा भएको खेलमा नेपाल युएइसँग सात रनले पराजित भएको थियो । दुई सय ७८ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभर पूरै खेल्दै आठ विकेट क्षतिमा २७० रनमा समेटिएको थियो । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट पारी गर्दै शत...
उपाधिका लागि नेपाललाई युएईले दियो २७८ रनको लक्ष्य

उपाधिका लागि नेपाललाई युएईले दियो २७८ रनको लक्ष्य

काठमाडौं, ३ फागुन । आईसीसी विश्व लिग क्रिकेट लिग डिभिजन टू को उपाधिका लागि नेपाललाई युएईले २ सय ७८ रनको लक्ष्य दिएको छ । नेपालले डिभिजन टू को चालु प्रतियोगितामा पाएको यो सबैभन्दा धेरै स्कोरको लक्ष्य हो । निर्धारित ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर १७७ रन बनाएको हो। उसका लागि अस्फाक अहमदले सतकीय पारी खेले। १२३ बलमा उनले १० चौका र ३ छक्कासहित ११४ रन बनाए। यस्तै अर्का ओपनर रोहन मुस्ताफाले ५१ र...
प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल फागुन ६ गतेदेखि

काठमाडौँ, ३ फागुन ।  प्रधानसेनापति राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, २०७४ यही फागुन ६ देखि १२ गतेसम्म सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्र लगनखेलमा हुने भएको छ । नेपाली सेनाद्वारा आयोजित सो तेस्रो संस्करणको प्रतियोगितामा तीन विभागीय टोली (त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल) सहित पाँच विकास क्षेत्रका आठ टोलीले प्रतिष्पर्धा गर्नेछन् । सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मे...
डिभिजन टू को उपाधि होड, नेपाल र युएई भिड्दै

डिभिजन टू को उपाधि होड, नेपाल र युएई भिड्दै

काठमाडाैँ, ३ फागुन । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को फाइनल खेलमा नेपालले युएईसँग टस हारेर पहिले बलिङ गर्ने निर्णय गरेको छ। नामिवियाको एन्डरर्स मैदानमा युएईले टस जितेर नेपाललाई पहिलो बलिङको निम्तो दिएको हो। यसअघि समूह चरणको अन्तिम खेलमा क्यानडामाथि १ विकेटको रोमाञ्चक जित निकालेको नेपाल लिगको शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो। समूह चरणमा भएका ५ मध्ये नेपालले ४ खेलमा जित निकालेको छ भने ...
नेपालको क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित, विश्वकप खेल्न पाउने

नेपालको क्यानडामाथि एक विकेटको सनसनीपूर्ण जित, विश्वकप खेल्न पाउने

काठमाडौँ, २ फागुन । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा क्यानडामाथि एक विकेटको सनसनी जित निकाल्दै नेपालले सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकपको छनोट खेल्न पाउने भएको छ । नामिबियास्थित वान्डरर्स स्टेडियममा भर्खरै सम्पन्न खेलमा खराब सुरुवात गरे पनि आठौँ नम्बरमा क्रिजमा आएका करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै नेपालले अन्तिम बलमा जित निकाल्न सफल बन्यो । करणले ४ ...
क्यानडाले नेपाललाई दियो १९५ रनको चुनौती

क्यानडाले नेपाललाई दियो १९५ रनको चुनौती

काठमाडौँ, २ फागुन । नामिबियामा भइरहेको आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुई को अन्तिम लिग खेलमा क्यानडाले नेपाललाई १९५ रनको चुनौती दिएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले ५० ओभर पूरै खेल्दै ८ विकेटको क्षतिमा १९४ रनको योगफल बनायो । क्यानडाको लागि सुरुवाती व्याट्सम्यान श्रीमन्था विजेयरत्नेले सतकीय प्रहार गरे । १५२ बल प्रहार गरेका उनले ८ चौकाको मद्वतमा अजिजित १०३ रन जोडेका हु...
नेपालकोे अग्नी परिक्षा सुरु: टस जितेर नेपाल क्यानडा विरुद्ध बलिङ गर्दै

नेपालकोे अग्नी परिक्षा सुरु: टस जितेर नेपाल क्यानडा विरुद्ध बलिङ गर्दै

काठमाडौं, २ फागुन । नामिबियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले क्यानडा विरुद्ध टस जितेर फिल्डिङ  रोजेको छ । नामिबियाको वन्डरर्स क्रिकेट मैदानमा दिउँसो सवा १ बजे सुरु हुने खेलमा क्यानडाले पहिले ब्याटिङ गर्नेछ। आजै युएई र नामिबिया तथा ओमान र केन्याबीच प्रतिस्पर्धा हुनेछ। नेपाल र क्यानडा तथा युएई र नामिबियाको विजेताले शीर्ष २ टिमको टुंगो लाग्नेछ। शी...
विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब

विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौँ, २ फागुन ।  सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाल र क्यानाडाबीच आज दिउँसो प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार दिउँसो १ः१५ बजे नामिबियास्थित वान्डरर्स स्टेडियममा शुरु हुनेछ । पहिलो खेलमा नामिबियामाथि रोमाञ्चक जित...
विश्वकप छनोट खेल्न बुधबारको खेल जित्नै पर्ने दबाबमा नेपाल

विश्वकप छनोट खेल्न बुधबारको खेल जित्नै पर्ने दबाबमा नेपाल

काठमाडौँ, १ फागुन । विश्वकप छनोट खेल्न नेपाललाई बुधबार क्यानडालाई हराउनै पर्ने दबाब परेको छ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत आज भएको खेलमा नामिबियाले केन्यामाथि आठ विकेटको जित हात पारेसँगै रनरेटको आधारमा नेपाललाई पछि पार्दै नामिबिया अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । अन्तिम चरणको खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६ अंक छ । तर रनरेटमा पछि रहेको नेपाल तेस्रो ...
विश्व क्रिकेट लिग: केन्याविरूद्ध नेपाल ३ विकेटले विजयी, युवा खेलाडी बने नायक

विश्व क्रिकेट लिग: केन्याविरूद्ध नेपाल ३ विकेटले विजयी, युवा खेलाडी बने नायक

काठमाडौं, २९ माघ । नामिबियामा जारी आर्इसिसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत केन्याविरूद्ध नेपालले ३ विकेटको रोमाञ्चक जित दर्ता गरेको छ। बलिङमा सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शन तथा ब्याटिङमा आरिफ शेख, रोहित कुमार पौडेल र पारस खड्काले उत्कृष्ट प्रदर्शन गरेपछि नेपालले डिभिजन टू को चौथों खेलमा नामिबियालाई हराउँदै दोस्रो स्थानमा यथावत रहेको हो। १७८ रनको लक्ष्य पछ्याएको नेपालले खराब सुरुवात ग...
केन्याद्वारा नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत, सन्दिपको उत्कृष्ट बलिङ

केन्याद्वारा नेपाललाई १७८ रनको लक्ष्य प्रस्तुत, सन्दिपको उत्कृष्ट बलिङ

काठमाडौं, २९ माघ । सन्दिप लामिछानेको उत्कृष्ट बलिङमा आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू मा नेपालले केन्याविरुद्ध १७८ रनको लक्ष्य पाएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको केन्याले निर्धारित ५० ओभरमा  ८ विकेट गुमाउँदै १७७ रन बनाउन सक्यो। केन्यालाई सस्तैमा समेट्ने क्रममा नेपाली युवा बलर लामिछानेले १० ओभर बलिङमा ५ मेडन राख्दै ५ विकेट लिएर २० रन मात्र दिए पछि केन्या धर्मराएको हो। सुरूवात राम...
टस जितेर नेपाल केन्याविरुद्ध फिल्डिङ गर्दै

टस जितेर नेपाल केन्याविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू को  चौथो खेलमा नेपालले केन्याविरुद्ध  फिल्डिङ  गर्दैछ । नामिबियाको विन्डहकमा हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्न लागेको हो । नेपालले यसअघि भएका तीन खेलमा दुईवटामा जीत र एउटामा हार ब्यहोरेको छ । नेपालले नामिबिया र युएईलाई पराजित गर्‍यो भने ओमानसँगको खेलमा हार बेर्होयो। नेपाल र केन्याबीच यसअघि विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर...
विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज नेपाल र केन्या भिड्दै

विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज नेपाल र केन्या भिड्दै

काठमाडौं, २९ माघ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टू अन्तरगत नेपालले आज आफ्नो चौथो खेल आज केन्याविरुद्ध खेल्दैछ । पाँच पटक एक दिवसीय विश्वकप खेलेर सेमिफाइनलसम्म पुगिसकेको केन्याविरूद्ध आज नेपाली टोलीले दिउँसो सवा १ बजे नामिबियाको वन्डरर्स मैदानमा खेल्दैछ। विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेपालसँगै रेलिगेट भएर केन्या डिभिजन–२ मा पुगेको हो। डिभिजन–२ मा यसअघि खेलेका दुबै खेल गुमँएइसकेको केन्या ...
एड्सबारे जनचेतना जगाउन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने

एड्सबारे जनचेतना जगाउन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने

नगरकोट, २९ माघ । अन्तर्राष्ट्रिय कण्डम दिवसको अवसर पारेर फागुन १ गते अर्थात् फेब्रुअरी १३ तारिखका दिन विश्वका ४० देशमा म्युजिक कन्सर्ट हुने भएको छ । एड्स हेल्थकेयर फाउण्डेशनको आर्थिक सहयोगमा विश्वका ४० देशमा एकै दिन हुने म्युजिक कन्सर्टमध्ये नेपालमा ‘सुरुवात’ नामक संस्थाले भक्तपुरमा सो कन्सर्ट गर्न लागेको हो । उक्त कन्सर्ट भक्तपुर दरबार क्षेत्रस्थित पद्म माध्यमिकविद्यालय परिसरमा हुने संस्थाले ज...
नेपालद्वारा युएई चार विकेटले पराजित, पारसको अर्धशतक

नेपालद्वारा युएई चार विकेटले पराजित, पारसको अर्धशतक

काठमाडौँ, २८ माघ ।  आईसीसी विश्व क्रिकेट लिग डिभिजन दुईमा नेपालले युएईलाई चार विकेटले पराजित गरेको छ । जितका लागि पाएको ११५ रनको लक्ष्य नेपालले २८ दशमलव पाँच ओभरमा ६ विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि कप्तान पारस खड्काले ५१ रन बनाए । यस क्रममा उनले पाँच छक्का र दुई चौका हाने । आरिफ शेखले १६ तथा रोहितकुमार पौडेल र सोमपाल कामीले अविजित रहँदै क्रमशः १२ र १० रन बनाए । नामिबियाको युनाइटेड ग्राउ...
विश्व क्रिकेट लिग: युएईले दियो ११५ रनको लक्ष्य

विश्व क्रिकेट लिग: युएईले दियो ११५ रनको लक्ष्य

काठमाडौं, २८ माघ । नामिबियामा जारी आईसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालसामू युएईले ११५ रनको लक्ष्य प्रस्तुत गरेको छ। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर फिल्डिङ रोजेको नेपालले युएइलाई ३१ ओभरमा ११४ रनमा समेट्दै अलआउट गरेको हो। वर्षाले प्रभावित भएपछि ३४ ओभरमा छोट्याइएको खेलमा सोमपाल कामीले अहम्मत राजालाई ३१ ओभरमा आउट गरेसँगै युएइ ११४ रनमा समेटियो। खेलको १७ ओभरमा ...
नेपाल र युएइको खेल सुरु, टस जितेर नेपाल फिल्डिङमा

नेपाल र युएइको खेल सुरु, टस जितेर नेपाल फिल्डिङमा

काठमाडौं, २८ माघ  । आईसीसी वर्ल्ड क्रिकेट लिग डिजिन टू मा आइतबार हुने नेपाल र यूएईबीचको खेल ३४ ओभरमा घटाइएको छ । मैदान ओसिलो भएपछि ढिला गरी सञ्चालन हुन लागेको खेलमा ओभर घटाइएको हो । खेलमा टस जितेर  नेपालले  फिल्डिङ रोजेको छ । नेपाली समय अनुसार ४ : १० मा सुरु हुने नेपाली क्रिकेट टोलीका टेक्निकल म्यानेजर रमण शिवाकोटीले जानकारी दिए । नेपालले आज यूएईसँग खेल्ने खेल डिभिजन टू मा  तेस्रो हो । यसअघि ने...
वर्षाका कारण नेपाल र युएईको खेल समयमा शुरु भएन

वर्षाका कारण नेपाल र युएईको खेल समयमा शुरु भएन

काठमाडौँ, २८ माघ । आइसिसी विश्व क्रिकेट लिग डिभिजन– २ अन्तर्गत आज हुने भनिएको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको खेल वर्षाका कारण निर्धारित समयमा हुन सकेको छैन । नामिबियामा जारी उक्त प्रतियोगिताको खेल नेपाली समयानुसार १ बजेर १५ मिनेटमा शुरु गर्ने भनिएको थियो । दुवै टोलीका लागि आजको खेल निकै महत्वपूर्ण छ । डिभिजन–२ का शीर्ष दुई स्थानमा रहनका लागि दुवै टोलीलाई खेल जित्नै पर्ने दवाव छ । ...
डिभिजन २ क्रिकेट : नेपाल युएईसँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाव

डिभिजन २ क्रिकेट : नेपाल युएईसँग भिड्दै, नेपाललाई जित्नैपर्ने दबाव

काठमाडौं, २८ माघ ।  नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ को तेस्रो खेलमा नेपालले आज युएईको सामना गर्दैछ । खेल नेपाली समयअनुसार दिउसो १ः१५ विन्डहकमा सुरु हुनेछ। अघिल्लो खेलमा  ओमानसँग व्यहोरेको हारले गर्दा नेपाललाई यो खेल जित्नैपर्ने दबाव छ । नामिबियामा जारी प्रतियोगितामा नेपालको ब्याटिङ चल्न सकिरहेको छैन । तीव्र गतिको बलिङलाई सहयोग गर्ने पीचमा नेपालका प्रमुख ब्याट्सम्यानहरुले प्रत...
२० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टार को पोल्टामा

२० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टार को पोल्टामा

सुनसरी, २७ माघ । २० औं रेडबुल बुढासुब्बा गोल्डकपको उपाधि थ्री स्टारले जितेको छ।  शनिबार भएको फाइनलमा थ्रीस्टारले नेपाल पुलिस क्लबलाई १-० ले हराउँदै सिजनमा दोस्रो उपाधि जित्न सफल भएको हो। अजयी मार्टिन्सले पहिलो हाफको अन्तिम समयमा गरेको गोल नै निर्णायक भए पछि थ्रीस्टारले उपाधि जित्नुका साथै एक साताअघि पोखरामा भएको हारको बदला समेत लिएको छ। धनगढीमा भएको सुदूरपश्चिम खप्तड गोल्डकपमार्फत भन्डै डेढ...
डिभिजन–२ क्रिकेटः नेपाल ओमनसँग ६ विकेटले पराजित

डिभिजन–२ क्रिकेटः नेपाल ओमनसँग ६ विकेटले पराजित

काठमाडौँ, २६ माघ । नामिवियामा जारी आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ अन्तर्गत आज भएको खेलमा नेपाल ओमानसँग छ विकेटले पराजित भएको छ । नामिवियाको विन्डहोकस्थित अफिज पार्कमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ओमानलाई १३९ रनको सामान्य लक्ष्य दिएको थियो । जवाफमा ओमनले ३५ दशमलव १ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा ग¥यो । प्रतियोगितामा दुई खेल खेलेको नेपालको यो पहिलो हार हो । बिहीबार भएक...
डिभिजन २: नेपालद्वारा ओमानविरूद्ध १ सय ३९ रनको सामान्य लक्ष्य प्रस्तुत

डिभिजन २: नेपालद्वारा ओमानविरूद्ध १ सय ३९ रनको सामान्य लक्ष्य प्रस्तुत

काठमाडौं, २६ माघ । आइसीसी विश्व क्रिकेट लिग डिभिजन २ अन्तर्गत ओमानलाई नेपालले १३९ रनको सामान्य लक्ष्य दिएको छ। ओमान केहिबेरमा नेपालले दिएको विजयी लक्ष्य सहित ब्याटिङमा उत्रदैछ । नामिवियाको विन्डहकस्थित एफिज पार्क मैदानमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको नेपाली टिमले निर्धारित ५० ओभरको खेलमा ४६ ओभरमा अलआउट हुँदै १३८ रन मात्र बनाउन सक्यो। नामिविया विरुद्धकै जस्तो ब्याटिङ प्रदर्शन गरेको नेप...
error: Content is protected !!