धनगढी, २७ चैत।  दुई बलमा छ रनको आवश्यकता परेको अवस्थामा पहिलो बल सामना गरेका संसाद शेखले छक्का प्रहार गर्दै टीम चौराहा धनगढीलाई फाइलनमा पुर्‍याएका छन् ।

Advertisement

मंगलबार भएको पहिलो क्यालिफायरमा काठमाडौं गोल्डेन्सलाई १ विकेटले पराजित गर्दै धनगढीले फाइनलमा स्थान पक्का गरेको हो । १२८ रनको झिनो लक्ष्य धनगढीले १९ ओभर ५ बलमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।धनगढीको जीतमा रोहन मुस्ताफाले ३३, शंकर रानाले २८, सोनु तामाङले १४ तथा सुनिल धमलाले १३ रन जोडे ।

काठमाडौंका लागि रसिद खान, सन्नी पटेल र शाहब आलमले समान २ तथा ललित राजवंशी र सुवोध भाटीले १-१ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२७ रन जोडेको थियो । उसका लागि कप्तान ज्ञानेन्द्र मल्लले ३८, अमित श्रेष्ठले ३६, पुष्प थापाले १६ तथा भूपाल थापाले १० रनको योगदान गरे ।

धनगढीका सोमपाल कामी र ललित भण्डारीले समान २ तथा सुनिल धमला, संसाद शेख र रोहन मुस्ताफाले १-१ विकेट लिए । यो जीतले धनगढीलाई सिधै फाइनलमा पुर्‍याएको छ भने काठमाडौंले अब सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीचको एलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नुपर्ने हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!