एन्फाद्वारा ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु
काठमाडौँ, १२ भदौ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले तल्लो तहदेखि नै फुटबलको विकासका लागि ‘ग्रासरुट’ फुटबल कार्यक्रम शुरु गरेको छ ।
उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले आज एन्फा कम्प्लेक्स सातदोबाटोमा आयोजित एक कार्यक्रमबीच उक्त कार्यक्रमको शुभारम्भ गर्नुभयो ।
कार्यक्रमअन्तर्गत जिल्ला तहबाटै फुटबलको विकासका लागि एन्फाले विविध कार्यक्रमसमेत बनाएको छ । कार्यक्रम यही भदौ २७ गतेबाट औपचारिक शुरुव...



























