एशियाडको उनन्तीस खेलमा नेपालको प्रतिस्पर्धा
काठमाडौँ, ३० साउन । एशियाली खेलकूद (एशियाड) को १८ औँ संस्करणमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गर्दैछ ।
आगामी भदौ २ देखि १७ गतेसम्म इण्डोनेशियामा हुने उक्त खेलकूदमा नेपालले २९ खेलमा सहभागिता जनाउने राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
सो अवसरमा राखेपका सदस्यसचिव केशवकुमार विष्टले उक्त खेलकूदमा १८५ खेलाडी (पुरुष १२९ र महिला ५६), प्रशिक्षक ४८, व्यव...



























