१८ औँ एशियाली खेलकूदमा स्वर्ण पदकको आशा: १८१ खेलाडी बन्द प्रशिक्षणमा
काठमाडौँ, १० सउन । आगामी भदौ २ देखि १६ गतेसम्म इन्डोनेशियामा हुने १८औँ एशियाली खेलकूद प्रतियोगितामा सहभागी हुने १८१ खेलाडी अहिले बन्द प्रशिक्षणमा व्यस्त छन् ।
प्रतियोगिता शुरु हुन केही साता मात्र बाँकी रहँदा प्रतियोगिताका २८ खेलमा सहभागिता जनाउन लागेको नेपालका तर्फबाट १२५ पुरुष र ५६ महिला खेलाडी अहिले राजधानी र मोफसलका विभिन्न शहर तथा विदेशमा प्रशिक्षण लिइरहेका छन् । राष्ट्रिय खेलकूद परिषद्(राख...






























