काठमाडौँ, ३ भदौ । अठारौँ एसियाली खेलकूद (एशियाड) को पुरुष फुटबलमा नेपाल लगातार तेस्रो हार बेहार्दै समूह चरणबाटै बाहिरिएको छ ।

Advertisement

समूह ‘डी’ मा रहेको नेपाल आज समूह चरणको अन्तिम खेलमा पाकिस्तानसँग २–१ गोलले पराजित हुँदै समूह चरणबाटै बाहिरिएको हो ।

नेपालले खेलको एघारौँ मिनेटमा आत्मघाती गोलमार्फत अग्रता लिएको थियो । पाकिस्तानका युनास सहाबाजले आफ्नै पोष्टमा गोल गरेपछि नेपालले अग्रता लिन सफल भएको थियो ।

पहिलो हाफमा १–० को अग्रता बनाएको नेपालले ५५ मिनेटमा गोल खान पुग्यो । पाकिस्तानका युसाफ अहमेदले बराबरी गोल गरेका थिए । ७१ औँ मिनेटमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पाकिस्तानका कप्तान श्रद्दाम हुसेनले पाकिस्तानको अग्रता दोब्बर बनाए । त्यसपछि खेलमा कुनै गोल हुन सकेन र खेल पाकिस्तानले जित्यो ।

योसँगै नेपालले समूहका सबै खेल गुमायो । पहिलो खेलमा नेपाल साउन २९ गते जापानसँग १–० ले पराजित भएको थियो भने साउन ३१ गते भियतनामसँग २–० गोलले पराजित भएका थिए ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!