काठमाडौँ, ८ भदौ । साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले पहिलोपटक आज ‘जिपिएस ट्रयाकर’ प्रणाली प्रयोग गरेर अभ्यास शुरु गरेको छ ।

Advertisement

यही भदौ १९ गतेदेखि बङ्गलादेशमा हुने साफ च्याम्पियनसिप प्रतियोगितालाई ध्यानमा राखेर ‘जिपिएस ट्रयाकर’ प्रयोग गरेर प्रशिक्षण गरिएको हो ।

अन्यत्र धेरै अगाडिबाट यसको प्रयोग गरिएपनि नेपाली फुटबलमा यो पहिलो पटक प्रयोग गरिएको हो । यो प्रविधिले साफको मात्र नभइ नेपाली फुटबलको विकासमा सघाउ पुग्ने नेपाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बताए ।

यो प्रविधिको प्रयोगले खेलाडीको सम्पूर्ण अभिलेख राख्छ, अभ्यासमा खेलाडीको प्रतिक्रिया, गति र सीपबारे जानकारी दिन्छ । थाइल्याण्डमा १० दिने प्रशिक्षण र एशियन गेम्सबाट फर्किएपछि नेपाली टोलीले बिहीबारदेखि अभ्यास शुरु गरेको छ । साफको लागि २९ खेलाडी बन्द प्रशिक्षणमा छन् ।

साफ च्याम्पियनसीपको समूह ‘ए’ मा रहेको नेपालले यही भदौ १९ गते पाकिस्तानविरुद्ध खेलेर साफको शुरुआत गर्नेछ । नेपालले दोस्रो खेलमा भुटानसँग भदौ २१ र बङ्गलादेशसँग २३ मा खेल्नेछ । समूह ‘बी’ मा भारत, श्रीलङ्का र माल्दिभ्स छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!