काठमाडौँ , ४ भदौ । इण्डोनेसियाको राजधानी जकार्तामा जारी १८ औं एशियन खेलकूद प्रतियोगिता एसियाड मा सहभागी हुन जाने टेबुलटेनिस खेलाडीको टोलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’सँग बिदाइ भेट गरेको छ ।

Advertisement

टोलीसँग भेट गर्दै अध्यक्ष दाहालले टेबुलटेनिस खेलबाट एशियामा देशको नाम राख्न शुभकामना दिए।

आफूलाई पनि टेबुलटेनिस खेल मनपर्ने बताउनुहुँदै उनले भने, “राम्रो खेल प्रदर्शन गर्नुहोस्, मेरो तर्फबाट जीतको शुभकामना छ ।” सो अवसरमा अध्यक्षले टेबुलटेनिस खेल सबै उमेर समूहका लागि उपयुक्त खेल भएको बताए।

राष्ट्रिय खेलकूद परिषद्का सदस्य तथा टोली व्यवस्थापक सुदिल शाहीले अध्यक्ष दाहालसँगको भेट पश्चात् खेलाडीमा थप ऊर्जा र हौसला बढेको बताए ।

अध्यक्ष दाहालले आफू पनि टेबुलटेनिस खेलाडी भएकाले सो प्रतियोगितामा सहभागी हुने खेलाडीलाई राम्रो खेल प्रदर्शन गर्न प्रोत्साहन गर्नुभएको मेनेजर शाहीले बताए ।

सो खेलमा अनिल घिमिरे र सञ्जीव ढुङ्गेल प्रशिक्षकद्वयका साथ खेलाडी नविना श्रेष्ठ, स्वेच्छा नेम्वाङ, रविना महर्जन, स्यान्टु श्रेष्ठ, अमरलाल मल्ल, दीप सावन सहभागी हुँदैछन् । शनिबारदेखि शुरु भएको एशियाली खेलकूदमा नेपालसहित ४५ राष्ट्रले भाग लिइरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!