आत्मघाती गोलले थाइ क्लवसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

आत्मघाती गोलले थाइ क्लवसँगको मैत्रीपूर्ण खेलमा नेपाल पराजित

काठमाडौँ, २३ साउन । थाइल्यान्डमा जारी एशियाली खेलकूदको तयारी गरिरहेको नेपाली यू–२३ फुटबल टोली मैत्रीपूर्ण खेलमा पराजित भएको छ । मंगलबार साँझ थाइल्यान्डको राजधानी बैंककस्थित बुन्याचिन्दा रंगशालामा त्यहाँको पुलिस टेरो एफसी क्लबसँग नेपाल १–० गोल अन्तरले पराजित भएको हो । नेपालका आदित्य चौधरीले खेलको ३९औँ मिनेटमा आत्मघाती गोल गरेका थिए । चौधरीले बल क्लियर गर्न खोज्दा गोल भएको थियो । नेपाली फुटबल ट...
एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान

एशियाड प्याराग्लाइडिङ टोली इण्डोनेशिया प्रस्थान

पोखरा, २२ साउन । इण्डोनेशियामा हुने १८औँ एशियाली खेलकूदमा सहभागी हुन नेपाली प्याराग्लाइडिङ टोली आज पोखराबाट त्यसतर्फ प्रस्थान गरेको छ । टोलीलाई नेपाल प्याराग्लाइडिङ तथा ह्याङग्लाइडिङ संघका केन्द्रीय महासचिव शैलेन्द्र राउत, नेपाल खेलकूद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशब पाठकलगायतले बिदाइ गरे । प्रथम पटक एशियाली खेलमा समावेश गरिएको प्याराग्लाइडिङ खेलमा सहभागिता जनाउनेमा नेपालबाट पाँच पुरुष र ती...
नेपालले आज एसियन गेम्सको तयारीस्वरुप पहिलो मैत्रीपूर्ण खेल खेल्दै

नेपालले आज एसियन गेम्सको तयारीस्वरुप पहिलो मैत्रीपूर्ण खेल खेल्दै

काठमाडौँ, २२ साउन । एसियन गेम्सको तयारीस्वरुप थाइल्यान्डमा प्रशिक्षण गरिरहेको नेपाली युवा फुटबल टोलीले आज पहिलो अभ्यास खेल खेल्दैछ । थाइल्यान्डको स्थानीय पुलिस टेरो क्लबसँग आज साँझ ५ बजे नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको अखिल नेपाल फूटबल संघ (एन्फा)ले जनाएको छ । नेपालले दोस्रो मैत्रीपूर्ण खेल यही साउन २५ गते थाइल्यान्डको यू–२३ टोलीसँग खेल्नेछ । थाइल्याण्डको १० दिने प्रशिक्षणपछि नेपाली टोली ...
साफ यू–१५ महिला फूटबल टोली भुटान प्रस्थान

साफ यू–१५ महिला फूटबल टोली भुटान प्रस्थान

काठमाडौँ, २२ साउन । भुटानमा हुने दोस्रो यू–१५ साफ च्याम्पियनसीप महिला फूटबलमा सहभागी हुन ३२ सदस्यीय नेपाली टोली आज त्यसतर्फ प्रस्थान ग¥यो । टोलीमा २३ खेलाडी, तीन प्रशिक्षक, पाँच अफिसियल र एक खेल पत्रकार छन् । भुटानको थिम्पुमा यही साउन २४ देखि भदौ २ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘बी’ मा परेको छ । नेपालसँगै यो समूहमा अघिल्लो विजेता बंगलादेश र पाकिस्तान छन् । प्रतियोगिताको यो दोस्रो संस्कर...
एकदिवसीयमा एेतिहासिक जितपछि भारत र पाकिस्तानसँग खेल्ने सपना

एकदिवसीयमा एेतिहासिक जितपछि भारत र पाकिस्तानसँग खेल्ने सपना

काठमाडौँ, २२ साउन । २२ वर्षपछि नेपाली क्रिकेट टिमले सपनाको यात्रा तय गरेको छ । चार वर्षका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता अनि डेब्यु एक दिवसीय सिरिजमा नेदरल्यान्ड्ससँग १–१ को बराबरीको नतिजा निकालेकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई सोमबार नेपालमा भव्य स्वागत गरिएको छ । नेपालले एक दिवसीय क्रिकेटमा पहिलाेपटक जितको इतिहास रचेर टाेली स्वदेश फर्केकाे हाे । यस सफलतालगत्तै अब टाेलीले भारत र प...
तुलसीपुरलाई ‘स्पोर्टस् सिटी’का रुपमा विकास गरिने

तुलसीपुरलाई ‘स्पोर्टस् सिटी’का रुपमा विकास गरिने

काठमाडौँ, २१ साउन । प्रदेश नंं ५ मा रहेको दाङको तुलसीपुर उपमहानगरपालिकालाई मुलुककै पहिलो स्पोर्टस् सिटी (खेलकूद नगरी)का रुपमा विकास गरिने भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)द्वारा गठित कार्यदलले सार्वजनिक गरेको प्रारम्भिक प्रतिवेदनअनुसार तुल्सीपुर स्पोर्टस् सिटीका लागि उपयुक्त हुने देखिएको छ । गत पुसमा राखेप सञ्चालक समितिका सदस्य विनोद मैनालीको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन कार्यदलल...
राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ, २१ साउन । नेदरल्याण्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेदरल्याण्ड्ससितको एकदिवसीय खेलमा नेपालको प्रदर्शन राम्रो रहेको बताए । पहिलो खेल कमजोर ब्याटिङ्का कारण गुमाए पनि दोस्रोमा उत्कृष्ट खेल प्रदर्शन गर...
‘खेलाडीका लागि छुट्टै अस्पताल हुनुपर्छ’

‘खेलाडीका लागि छुट्टै अस्पताल हुनुपर्छ’

काठमाडौँ, २० साउन । नेपाल पछिल्लो समय अन्तर्राष्ट्रिय जगत्मा खेल र खेलाडीकै कारण चर्चामा रहने गरेको छ, चाहे त्यो फुटबल होस् वा क्रिकेट । देशका लागि ज्यानको बाजी राखेर खेल्ने खेलाडीहरू घाइते हुँदा उपचार गर्ने कहाँ छ त ? अहिले यस्तो प्रश्न सबैतिरबाट उठाउन थालिएको छ । खेलाडीहरुका लागि छुट्टै अस्पताल बन्न नसक्दा उनीहरु निरुत्साहित बनेका मात्र हैन खेलकूद क्षेत्रबाटै पलायन पनि भइरहेका छन् । यसो त खे...
नेपाली बास्केटबल टोली श्रीलंका प्रस्थान

नेपाली बास्केटबल टोली श्रीलंका प्रस्थान

काठमाडौँ, १९ साउन । थ्री अन थ्री एशिया क्वेस्ट स्टोप–साबा क्वालिफायरमा सहभागी हुन नेपाली बास्केटबल टोली आज श्रीलंकाको राजधानी कोलोम्बो प्रस्थान गरेको छ । प्रस्थान गर्ने पुरुष टोलीमा मविन्द्र भण्डारी (कप्तान), अजय कुशवाहा, निश्चल महर्जन र अनिश बस्नेत छन् । त्यस्तै अनुषा मल्लको कप्तानीमा रहेको महिला टोलीमा भावना लामा, श्रेया खड्का र एलिना गुरुङ छिन् । अफिसियलमा विकास शाही र सदिना श्रेष्ठ छन् । ट...
टोकियो ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

टोकियो ओलम्पिकका लागि महिला फूटबल छनोट तालिका सार्वजनिक

काठमाडौँ, १९ साउन । सन् २०२० मा जापानको टोकियोमा हुने ओलम्पिक खेलकूदअन्तर्गत महिला फूटबलको छनोट तालिका आज सार्वजनिक गरिएको छ । पहिलोपटक एसियाली टोलीको छनोट तालिका सार्वजनिक भएको हो । पहिलो चरणको छनोटमा नेपाल समूह ‘सी’ मा परेको छ । नेपालसँगै भारत, बंगलादेश र म्यानमार पनि समूह ‘सी’ मा रहेका छन् । नेपालले पहिलो खेल भारतसँग आगामी ८ नोभेम्बरमा खेल्नेछ । यस्तै ११ नोभेम्बरमा म्यानमार र १३ नोभेम्बरमा ब...
घरेलु फूटबलको माहोल सिर्जना गर्न रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिग

घरेलु फूटबलको माहोल सिर्जना गर्न रेलिगेसनबिनाको ‘ए’ डिभिजन लिग

काठमाडौँ, १९ साउन । अखिल नेपाल फूटबल संघ (एन्फा) ले चार वर्षदेखि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन राष्ट्रिय लिग फूटबल प्रतियोगिता आगामी असोजदेखि गर्ने भएको छ । पूर्वराष्ट्रिय खेलाडी तथा पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माको नेतृत्वमा रहेको लिग कमिटिले ‘ए’ डिभिजन लिगको मिति तय गरेको हो । गत वैशाख २२ गते एन्फा निर्वाचनबाट कर्माछिरिङ शेर्पा प्यानल नै विजयी भएपछि उक्त समूहले राष्ट्रिय ...
प्रधानमन्त्रीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

प्रधानमन्त्रीद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

काठमाडौँ, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित हात पार्न सफल नेपाल राष्ट्रिय टोलीलाई बधाई दिएका छन् । शुक्रबार राति भएको नेदरल्याण्ड्सविरुद्धको खेलमा एक रनको रोमाञ्चक जित हात पारेकामा आफूलाई खुशी लागेको बताउँदै प्रधानमन्त्री ओलीले आगामी यात्राका लागि पनि सफलताको शुभकामना दिए । प्रधानमन्त्री ओलीले आज ट्वीटरमार्फत कप्तान पारस खड्का र ...
एकदिवसीय क्रिकेट: तीस वर्षको प्रयासपछि नेपाललाई ऐतिहासिक सफलता

एकदिवसीय क्रिकेट: तीस वर्षको प्रयासपछि नेपाललाई ऐतिहासिक सफलता

काठमाडौँ, १९ साउन । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को सदस्यता पाएको ३० वर्षपछि नेपालले एक दिवसीय क्रिकेटको दोस्रो अन्तर्राष्ट्रिय प्रतियोगितामा ऐतिहासिक जित दर्ता गरेको छ । दोस्रो अन्तर्राष्ट्रिय एक दिवसीय खेल खेलेको नेपालले नेदरल्यान्ड्सलाई उसकै घरेलु मैदानमा एक रनले पराजित गर्दै इतिहास रच्न सफल भएको हो । २१७ रनको विजयी लक्ष्यका साथ मैदान उत्रिएको नेदरल्यान्ड्सले पुरै ओभर खेल्दै २१५ ...
नेपालद्वारा नेदरल्याड्न्सलाई २१७ रनको चुनौती

नेपालद्वारा नेदरल्याड्न्सलाई २१७ रनको चुनौती

काठमाडौँ, १८ साउन । दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट खेलमा नेपालले नेदरल्यान्ड्सलाई २१७ रनको चुनौती दिएको छ । नेदरल्यान्ड्सस्थित एमस्टलभिन मैदानमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४८ दशमलव ५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल बनायो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ रन बनाए । उत्कृष्ट ब्याटिङ गरेका उनले ४६ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै ६१ रन जोडेका हुन्...
नेपाल-नेदरल्याण्ड्स दोश्रो एकदिवसीय क्रिकेट सुरु, नेपाल टस जितेर ब्याटिङ गर्दै

नेपाल-नेदरल्याण्ड्स दोश्रो एकदिवसीय क्रिकेट सुरु, नेपाल टस जितेर ब्याटिङ गर्दै

काठमाडौँ, १८ साउन । नेदरल्यान्ड्सविरुद्धको दोस्रो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेट खेलमा नेपाल टस जितेर अहिले ब्याटिङ गरिरहेको छ । नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा उक्त खेल भइरहेको छ । दुई खेलको शृंखलामा नेपाल यसअघि बुधबार पहिलो खेलमा नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । नेपाली टोलीमा पारस खड्का (कप्तान), अनिलकुमार साह, वसन्त रेग्मी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललितसिंह...
नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय आज, पहिलो हारलाई उल्टाउने दाउमा नेपाल

नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय आज, पहिलो हारलाई उल्टाउने दाउमा नेपाल

काठमाडौँ, १८ साउन । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले आज नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । पहिलो खेलमा ह...
नेपाली जुडो टोली थाइल्यान्ड प्रस्थान

नेपाली जुडो टोली थाइल्यान्ड प्रस्थान

काठमाडौँ, १७ साउन । थाइल्यान्ड इन्टरनेसनल जुडो नर्थ बैंकक युनिभर्सिटी च्याम्पियनसिपमा सहभागी हुन १४ सदस्यीय नेपाली जुडो टोली आज थाइल्यान्डको बैंकक प्रस्थान गरेको छ । इन्डोनेसियामा हुने १८ औँ एसियाली खेलकूदको तयारीलाई मध्यनजर गरी बैंकक गएको टोलीमा एसियाडका लागि छनोट भएका सात खेलाडीसहित १० खेलाडीले यही साउन १९ र २० गते हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा पुरुषको ६६ केजीमुनि ...
नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय शुक्रबार

नेपाल–नेदरल्याण्ड्स दोस्रो एक दिवसीय शुक्रबार

काठमाडौँ, १७ साउन । दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपालले शुक्रबार नेदरल्याण्ड्ससँग उसकै घरेलु मैदानमा प्रतिष्पर्धा गर्दैछ । नेपाली समयानुसार शुक्रबार दिउँसो २ः४५ बजे नेदरल्याण्ड्सस्थित भिआरए मैदानमा नेपाल र नेदरल्याण्ड्सबीच खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । यसअघि बुधबार भएको पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयमा नेपाल आयोजक नेदरल्याण्ड्ससँग ५५ रनले पराजित भएको थियो । टस जिते...
सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता हुने

सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता हुने

काठमाडौँ, १७ साउन। नेपाल भलिबल संघले पहिलो पटक सर्वाधिक पुरस्कार राशिको महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । संघले भारतीय गैरसरकारी संस्था आधीआवाधी फाउण्डेसनसँग सहकार्य गरेर महिला भलिबल लिग प्रतियोगिता संयुक्तरुपमा आगामी असोजको दोस्रो साता गर्न लागेको आज यहाँ आयोजित कार्यक्रममा जानकारी दिइयो । सो अवसरमा नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्मा र आधीआवाधी फाउण्डेसनका प्रमुख कार्यकार...
ब्याटिङ नचल्दा नेपालको हार, सोमपाल र ज्ञानेन्द्रले बनाए नयाँ रेकर्ड

ब्याटिङ नचल्दा नेपालको हार, सोमपाल र ज्ञानेन्द्रले बनाए नयाँ रेकर्ड

काठमाडौँ, १६ साउन । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा नेपाल आयोजक नेदरल्याण्डसँग ५५ रनले रनले पराजित भएको छ । नेदरल्याण्डको घरेलु मैदान भिआरए मैदानमा टस जितेर पहिलो ब्याटिङ गरेको नेदरल्याण्डले ४७.४ ओभरमा पूरै विकेट गुमाउँदै १८९ रन बनाएको थियो । जीतका लागि १९० रनको सामान्य लक्ष्य पच्छ्याउने क्रममा नेपालले ४१.५ मा सबै विकेट गुमाउँदै १३४ मा समेटियो । ज्ञानेन्द्र मल्ल र अनिलकुमार साहले पहिलो वि...
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: नेपाललार्इ ठूलाे झट्का, पारस र ज्ञानेन्द्र दुवै अाउट

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट: नेपाललार्इ ठूलाे झट्का, पारस र ज्ञानेन्द्र दुवै अाउट

काठमाडौँ, १६ साउन । पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेदरल्याण्ड्सले दिएको १९० रनको लक्ष्य पछ्याएर जवाफी ब्याटिङमा उत्रिएको नेपालले अाफ्ना दुइ महत्वपूर्ण विकेट गुमाएको छ । कप्तान पारस खड्का व्यक्तिगत १२ र  ज्ञानेन्द्र मल्ल ५१ रन बनाउँदै अाउट भएका छन् । नेदरल्याण्ड्सका फ्रेड क्लासेनले नेपालका ओपनिङ ब्याट्सम्यान अनिलकुमार साहलाई २१ रनमै पेभेलियन फर्काइदिएका थिए । अनिलले ३२ बलमा ३ चौकासहि...
पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा

पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय विकेट सोमपालका नाममा

काठमाडौँ, १६ साउन ।  नेपालका बलर सोपाल कामी अन्तर्राष्ट्रिय एक दिवसीयमा क्रिकेट प्रतियोगितामा पहिलो विकेट लिने नेपाली खेलाडी बनेका छन् । नेदरल्यान्ड्सस्थित भिआरए मैदान भर्खरै शुरु भएको अन्तर्राष्ट्रिय एक दिवसीय खेलमा सोमपालले तेस्रो ओभरको तेस्रो बलमा नेदरल्यान्ड्सका ओपनर ब्याट्सम्यान ड्यानियल टेर ब्राकलाई बोल्ड आउट गरेका हुन् । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्...
नेपाल र नेदरल्यान्डबीचको पहिलो एक दिवसीय खेल शुरु

नेपाल र नेदरल्यान्डबीचको पहिलो एक दिवसीय खेल शुरु

काठमाडौँ, १६ साउन । नेपाल र नेदरल्यान्डबीचको पहिलो एक दिवसीय खेल भर्खरै शुरु भएको छ । नेदरल्यान्डस्थित भि आर ए मैदानमा भर्खरै शुरु भएको खेलमा टस जितेर नेदरल्यान्डले ब्याटिङ रोजेको छ । गत चैतमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टु को उपविजेता बन्दै नेपालले एक दिवसीय मान्यता पाएको थियो । तीन ओभरको खेल सकिदासम्म एक वीकेटको क्षतिमा नेदरल्याण्डले दश रन बनाएको छ । नेदरल्यान्डको निमन्त्रणामा त्...
नेपाली क्रिकेटको तीन दशक: एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

नेपाली क्रिकेटको तीन दशक: एक दिवसीय खेल्दासमेत पूर्वाधार निर्माणमा ढिलाइ

काठमाडौँ, १६ साउन । नेपालले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता प्राप्त पहिलो एकदिवसीय क्रिकेट खेल खेल्दै गर्दा क्रिकेट खेलकै संरचना निर्माणमा सन्तोषजनक प्रगति हुन सकेको छैन । नेपाली क्रिकेटले जति सफलता प्राप्त ग¥यो, यसैअनुरूप पदाधिकारीको विवाद अन्त्य र भौतिक संरचना पनि बन्न सकेको भए नेपाली क्रिकेटले अझै फड्को मार्ने क्रिकेट संघकै पदाधिकारीहरू स्वीकार गर्छन् । राष्ट्रिय खेलकूद पर...
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजिनामा दिए

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले राजिनामा दिए

काठमाडौँ, १६ साउन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पदबाट राजिनामा दिएका छन । नेकपाको सचिवालय सदस्य समेत रहेका श्रेष्ठले बैठकमै राजिनामा बुझाएको बुझिएको छ । चिकित्सक गोविन्द केसीको अनसनको समयमा श्रेष्ठ र उनका मुख्य समर्थक शिक्षमन्त्री गिरिराजमणि पोखरेल दोहोरो भूमिकामा देखिएका थिए । सचिवालय बैठकमा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले श्रेष्ठको भू...
नेपाली क्रिकेटको ऐतिहासिक यात्राः आज पहिलो अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेल्दै

नेपाली क्रिकेटको ऐतिहासिक यात्राः आज पहिलो अन्तर्राष्ट्रिय एकदिवशीय क्रिकेट खेल्दै

काठमाडौँ, १६ साउन । नेपालले अाज ऐतिहासिक एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यु’ गर्दैछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) को तालिका अनुसार नेदरल्यान्डविरुद्ध तय भएको २ खेलको एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गतको पहिलो खेल खेल्दैछ । खेल एमस्टेलभिनस्थित भिरा क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउसो २ः४० बजेपछि शुरु हुनेछ । अाज हुने नेपाल र नेदरल्यान्डबीचको अन्तर्राष्ट्रिय एक...
उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफलाई

उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि एपिएफलाई

काठमाडौँ, १५ साउन । उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेका छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा)को खेल मैदानमा आज भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । जीतसँगै एपिएफले १२ अंक बटुल्यो । प्रतियोगितामा एपिएफ अपराजित टोली हो । एपिएफले यसअघि नेपाल पुलिस क्ल...
नेपाली क्रिकेटको ऐतिहासिक क्षण: नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

नेपाली क्रिकेटको ऐतिहासिक क्षण: नेदरल्याण्डसँग पहिलो एक दिवसीय खेल खेल्दै

काठमाडौँ, १५ साउन । गत चैतमा जिम्बावेमा सम्पन्न आइसिसी विश्व क्रिकेट लिग डिभिजन टुको उपविजेता बन्दै एक दिवसीय मान्यता पाएको नेपालले एक दिवसीय खेलमा बुधबार पहिलो खेल खेल्दैछ । नेपाली समयानुसार बुधबार दिउँसो २ः४५ बजे नेदरल्याण्डस्थित भिआरए मैदान, आम्स्टरडममा नेपाल र नेदरल्याण्डबीच एक दिवसीय खेल हुने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । सन् १९८८ मा आइसिसीको सदस्य बनेको नेपालले सन् १९९६ मा एसोसि...
एसियाड तयारीका लागि गल्फ खेलाडी थाइल्याण्डतर्फ

एसियाड तयारीका लागि गल्फ खेलाडी थाइल्याण्डतर्फ

काठमाडौँ, १४ साउन । इण्डोनेसियामा आयोजना हुने १८ औँ एसियाली खेलकूद एसियाड को थप तयारीका लागि नेपाल गल्फ टोली आज थाइल्याण्ड प्रस्थान गरेको छ । आगामी भदौ २ गतेदेखि हुने उक्त प्रतियोगिताको तयारीका लागि गल्फ संघका अध्यक्ष टासी घलेसहित चार खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान गरेका हुन् । नेपाली गल्फ टोलीले एसियाडमा पुरुषतर्फ टिम इभेन्टस र एकलमा प्रतिस्पर्धा गर्नेछन् । नेपाल ओलम्पिक ...
इटहरीमा नेपाल सितेरियो कराते खेलको तालीम भवन उद्घाटन

इटहरीमा नेपाल सितेरियो कराते खेलको तालीम भवन उद्घाटन

इटहरी, १४ साउन । राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट र इटहरी उपमहानगरपालिकाका मेयर द्वारिकलाल चौधरीले आज इटहरी रङ्गशाला परिसरमा निर्माण सम्पन्न भएको नेपाल सितेरियो कराते खेलको तालीम भवनको संयुक्त रुपमा उद्घाटन गरे । इटहरीलाई प्रदेश एककै खेलकूद शहरका रुपमा विकास गर्ने राष्ट्रिय खेलकूद परिषद्को योजनाअनुसार झण्डै रु ५० लाखको लागतमा निर्माण भएको उक्त प्रशिक्षण भवनमा राष्ट्रिय र अन्...
राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी

राष्ट्रिय खेलकूद नीति–२०६७ मा परिमार्जनको तयारी

काठमाडौँ, १४ साउन । युवा तथा खेलकूद मन्त्रालयले राष्ट्रिय खेलकूद नीति– २०६७ परिमार्जनको तयारी थालेको छ । मन्त्रालयले गत जेठमा सहसचिव अणप्रसाद न्यौपाने संयोजक, त्रिभुवन विश्वविद्यालय विद्यार्थी कल्याण निर्देशनालयका निर्देशक गंगाबहादुर थापा, अधिवक्ता ताराबहादुर सिटौला र राष्ट्रिय खेलकूद परिषद्का प्रेस सल्लाहकार रोहित दाहाल सदस्य तथा मन्त्रालयका खेलकूद विकास शाखाका उपसचिव लक्ष्मीप्रसाद भण्डारी सदस...
error: Content is protected !!