काठमाडौँ, ४ असोज । नेपाली सेपाकताक्रो टोली ३३ औँ किङ्स कप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुन शुक्रबार थाइल्याण्डको खोराट जाने भएको छ ।

Advertisement

सेप्टेम्बर २३ देखि ३० तारिखसम्म हुने प्रतियोगितामा नेपाली पुरुष/महिला खेलाडी टोलीले रेगु, डबल्स र क्वाड स्पर्धामा सहभागिता जनाउनेछन् । पुरुषमा रुपेशसुनार (कप्तान), रोशन तामाङ, सुजन डङ्गोल, सञ्जीव धिमाल, रबिन भट्टराई तथा विजय महतो रहेका छन् । महिलामा सोममाया थापा मगर (कप्तान), चन्द्रा चौधरी, भूमि थिङ लामा, स्वस्तिका श्रेष्ठ र सुमित्रा डङ्गोल छन् ।

टिम व्यवस्थापकमा नेपाल सेपाकताक्रो सङ्घका अध्यक्ष नेत्रबहादुर गुरुङ र गङ्गाबहादुर गुरुङ छन् । प्रतियोगितामा ३५ राष्ट्रको सहभागिता रहने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । निर्णायकको भूमिकामा अर्जुनबहादुर ठकुल्ला र सलिना थापा पनि टोलीसँगै थाइल्याण्ड जाँदैछन् ।

किङ्स कपमा नेपालले २९औँ संस्करणदेखि भाग लिन शुरु गरेको थियो । त्यसयता एक संस्करणमा बाहेक नेपालले सबैमा भाग लिँदै आएको छ ।

२०७२ को भूकम्पका कारण नेपालले ३१औँ संस्करणमा सहभागिता जनाएन । सहभागी तीन संस्करणमा हालसम्म नेपालले चार कास्य जितेको छ । २९ औँ संस्करणमा नेपालले पुरुष रेगु, ३० औँमा पुरुष रेगु र डबल्स तथा ३२ औँमा महिला रेगुमा कास्य पदक जितेको थियो ।

सेपाकताक्रो सङ्घका वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका राष्ट्रिय खेलकूद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले टोलीलाई आज बिदाइ गनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!