काठमाडौँ, १० असोज । भारतमा जारी ४६औँ एसियन यु–१८ स्कुल च्याम्पियनसिपमा नेपालले अफगानिस्तानलाई भारी गोल अन्तरले पराजित गरेको छ ।

Advertisement

भारतको आग्रामा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १३–१ गोल अन्तरले पराजित गरेको हो । नेपालको जितमा दिनेश हेन्जनले चार गोल गरे ।

बुद्ध तामाङले ह्याट्रिक गरेको खेलमा रितिक खड्काले दुई, नितिन थापा, जय गुरुङ, अशिम गुरुङ र अनिल महर्जनले एक एक गोल गरे । अफगानिस्तानका सियावासी हुसेनीले पेनाल्टीमार्फत एक गोल फर्काए ।

समूह चरणको अन्तिम खेलमा अफगानिस्तानलाई फराकिलो अन्तरले पराजित गरे पनि नेपाल सेमिफाइनल पुग्न सकेन । समूह चरणको दुई खेलमा पराजित भएको नेपालले अब पाँचौँ स्थानका लागि बिहीबार श्रीलङ्कासँग प्रतिस्पर्धा गर्ने नेपाली टोलीका व्यवस्थापक रुपेश अधिकारीले जानकारी दिए ।

समूह ‘ए’मा रहेको नेपालले मङ्गलबार चीनलाई ३–१ ले हराएको थियो । यसअघि असोज ६ गतेको खेलमा थाइल्याण्डसँग २–० र ९ गते इण्डोनेसियासँग २–१ ले पराजित भएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!