एशियाड: पौडीमा नेपालकी गौरिका सिंह २७ औँ स्थानमा रहँदै बाहिरिइन्
काठमाडौँ, ६ भदौ । इण्डोनेशियाको जकार्तामा जारी १८ औँ एशियाडअन्तर्गत आज भएको २०० मिटर फ्रिस्टायल पौडीतर्फ गौरिका सिंह हिट चरणबाट बाहिरिएकी छन् ।
हिट १ मा उनी सातौँ स्थानमा रहिन् । उनी हिट एकमा पहिलो भएको जापानकी इगारासी चिहिरोभन्दा १२.३२ सेकेण्डले पछि परिन् । यसअघि गौरिका १०० मिटर फ्रिस्टायलको पनि हिट चरणबाटै बाहिरिएकी हुन् ।
अब उनले शुुक्रबार महिला ५० मिटर फ्रिस्टायलमा प्रतिस्पर्धा गर्नेछिन् ।...





























